default_image

9 hours ago

March 17, 2025

इन्टरसँग एटलान्टाको हार

200 views

0 Bookmark

एजेन्सी – इटालियन सिरी ए मा शीर्ष स्थानको इन्टर मिलानले तेस्रो स्थानको एटलान्टालाई हराएको छ ।

जितसँगै इन्टरले लिगमा स्पष्ट ३ अंकको अग्रता लिएको हो । इन्टरले आइतवार एटलान्टामाथि २-० को जित हात पारेको हो । एटलान्टाको मैदानमा इन्टरकस लागि कार्लोस अगस्टो र लउटारो मार्टिनेजले गोल गरे ।

५४औं मिनेटमा इन्टरका अगस्टोले गोल गरे । खेलको ८१औं मिनेटमा एटलान्टाका एडर्सन दोस्रो पहेँलो कार्ड मैदान बाहिर भए ।

८७औं मिनेटमा लउटारोले गोल गर्दै इन्टरको जित सुनिश्चित गरे । खेलको ९०औं इन्टरका एलेसान्द्रो बास्तोनी पनि दोस्रो पहेँलो कार्ड पाएर मैदानबाट बाहिरिए ।

जितसँगै इन्टर २९ खेलबाट ६४ अंकका साथ शीर्ष स्थानमा छ । उसले दोस्रो स्थानमा रहेको नापोलीलाई ३ अंकले पछि पारेको छ । एटलान्टा भने २९ खेलमा ५८ अंक छ ।

अन्य खेलमा नापोली भेनेजासँग गोल रहित बराबरीमा रोकिदा बोलोग्नाले लाजियोमाथि ५-० को जित हात पार्यो । फिरोन्टिनोले युभेन्टसलाई ३-० ले तथा रोमा १-० ले विजयी भयो ।

March 17, 2025

३ नयाँसहित राष्ट्रिय फुटबल टोलीको घोषणा

काठमाडौं (हाम्रो खेलकुद)- एएफसी एसियन कप छनोट र मैत्रीपूर्ण खेलका लागि २३ सदस्यीय राष्ट्रिय फुटबल टोलीको घोषणा भएको छ। अखिल नेपाल फुटबल संघ (एन्फा) का अनुसार टोलीका मुख्य प्रशिक्षक म्याट रोसले सोमवार टोलीको घोषणा गरेका हुन्। गोलरक्षक अञ्जल श्रेष्ठ, डिफेन्डर रक्षक सुमन श्रेष्ठ‌ र स्ट्राइकर सुवास बम ठकुरी पहिलो पटक राष्ट्रिय टोलीमा स्थान बनाउन सफल […]

March 17, 2025

ललितपुरका डिफेन्डर देकिते आइपुगे

काठमाडौं (हाम्रो खेलकुद)- ललितपुर सिटी एफसीबाट नेपाल सुपर लिग (एनएसएल) खेल्न सेनेगलका पापे अब्दुलाह देकिते सोमवार काठमाडौं आइपगेका छन् । ३२ वर्षिय देकितेले फुटबल करियर विभिन्न अन्तर्राष्ट्रिय क्लबबाट खेलिसकेका छन्। उनले अफ्रिका, एसिया, र अन्य महादेशका विभिन्न लिग खेलेका छन्। उनले भियतनामको टप डिभिजन लिग भि वान लिग समेत खेलेका छन् । देकितेले गत वर्ष […]

March 17, 2025

पिएसजीले मार्सेलाई हरायो

एजेन्सी – शीर्ष स्थानको पेरिस सेन्ट–जर्मेन (पिएसजी) फ्रेन्च लिग वानमा दोस्रो स्थानको मार्सेलाई हराएको छ । मार्सेलाई आइतवार ३-१ ले हराउँदै पिएसजी लगातार १३औं फ्रेन्च लिग उपाधि नजिक पुगेको छ । घरेलु मैदानमा पिएसजीको जितमा उस्मान डेम्बेले, नुनो मेन्डेसले गोल गर्दा मार्सेले १ गोल उपहार स्वरुप दियो । मार्सेका लागि अमिन गुइरिले गोल गरे । […]

Success

Thank you for your time.