default_image

3 days ago

March 17, 2025

बार्सिलोनाको पुनरागमन जित

890 views

0 Bookmark

एजेन्सी – स्पेनिस ला लिगामा तेस्रो स्थानमा रहेको एट्लेटिको मड्रिडमाथि बार्सिलोनाले पुनरागमन जित हासिल गरेको छ ।

बार्सिलोनाले आइतवार एट्लेटिकोलाई ४-२ ले पराजित गरेको हो । २-० ले पछि परेको खेलको अन्तिम २६ मिनेट बार्सिलोनाले ४ गोल गरेको थियो।

यो जितसँगै बार्सिलोना पुनः शीर्ष स्थानमा उक्लिएको छ । एट्लेटिकोले बार्सिलोना र दोस्रो स्रिथानको यल म्याड्रिडसँग अंक दूरी कम गर्ने मौका गुमाएको छ ।

एट्लेटिको मैदानमा बार्सिलोनाको जितमा फेरान टोरेसले २ तथा रोबर्ट लेवान्डोस्की र लामिने यामलले समान १ गोल गरे । एट्लेटिकोका लियन अल्वारेज र अलेक्जेन्डर सोर्लोथले गोल गरे ।

खेलको ४५औं मिनेटमा एट्लेटिकोका अल्वारेजले सुरुवाती अग्रता दिलाए । ७०औं मिनेटमा सोर्लोथले गोल थप्दै एट्लेटिकोको अग्रता दोब्बर बनाए ।

तर, त्यसको २ मिनेटमा नै लेवान्डोस्कीले गोल गर्दै बार्सिलोनालाई खेलमा फर्काए । ७८औं मिनेटमा टोरेसले गोल गर्दै बार्सिलोनालाई बराबरीमा पुर्याए ।

इन्ज्युरी समयमा २ गोल गर्दै बार्सिलोनाले जित निकालेको हो । इन्ज्युरी समयको दोस्रो मिनेटमा यामलले र आठौं मिनेटमा टोरेसले गोल गरे ।

२७ खेलमा बार्सिलोनाको ६० अंक पुगेको छ । १ खेल बढि खेलेको रियल समान अंकमा रहे पनि हेड टु हेडका आधारमा दोस्रो स्थानमा छ । एट्लेटिको २८ खेलमा ५६ अंक छ ।

अन्य खेलमा रियल बेटिसले लेगानेसलाई ३-२ ले, एथलेटिको क्लबले सेभिल्लालाई १-० ले, गेटाफेले ओसासुनालाई २-१ ले पराजित गर्यो। भालोकानो र रियल सोसिडाडले २-२ को बराबरीमा खेले ।

March 19, 2025

एपिएफ राष्ट्रिय महिला फुटबलको फाइनलमा

सुशील पन्त क्षेत्री, चितवन फराकिलो जित निकाल्दै एपिएफ फुटबल क्लब चितवनमा जारी राष्ट्रिय महिला फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । पहिलो सेमिफाइनलमा आज भरतपुर २४ लाई ११-० ले हराउँदै एपिएफ उपाधि नजिक पुगेको हो । भरतपुर ७ कृष्णपुर मैदानमा भएको खेलमा एपिएफको जितमा अनिता केसी र रश्मिकुमारी घिसिङले समान ४ गोल गरे । प्रीति […]

March 19, 2025

बाँसबारीले आरसीटीलाई हरायो

काठमाडौं (हाम्रो खेलकुद) – शहिद स्मारक बी डिभिजन लिगमा बाँसबारी युथ क्लबले रानी पोखरी कर्नर टिम (आरसीटी) लाई रोमाञ्चक खेलमा ४-२ गोल अन्तरले हराएको छ । बाँसबारीको यो पहिलो जित हो भने आरसीटी लगातार दोस्रो हार बेहोर्न पुग्यो । एन्फा कम्प्लेक्समा आज भएको खेलमा बांशबारीले २५ मिनेट भित्र दुई गोल गर्यो । १६ औं मिनेटमा […]

March 19, 2025

ब्वाइज युनियन र टुसालको लगातार बराबरी

काठमाडौं (हाम्रो खेलकुद) – शहिद स्मारक बी डिभिजन लिगमा ब्वाइज युनियन र टुसाल युथ क्लबबीचको खेल गोलरहित बराबरीमा सकिएको छ । दुवैको यो लगातार दोस्रो बराबरी नतिजा हो । एन्फा कम्प्लेक्समा आज भएको खेलमा दुवै टिमले पाएको मौका सदुपयोग गर्न सकेनन् । पहिलो हाफ गोलरहित बराबरीमा सकियो । दोस्रो हाफमा पनि गोल हुन सकेन । […]

Success

Thank you for your time.