default_image

3 days ago

March 17, 2025

युनाइटेडको सहज जितमा फर्नान्डेजको उच्च प्रदर्शन

286 views

0 Bookmark

एजेन्सी – कप्तान ब्रुनो फर्नान्डेजले उच्च प्रदर्शनलाई निरन्तरता दिँदा म्यानचेस्टर युनाइटेडले आइतवार इंग्लिस प्रिमियर लिगमा सहज जित निकालेको छ।

फर्नान्डेजले एक गोल आफैले गर्दै एवम् रस्मुस होयलुन्ड र आलेहान्द्रो गार्नाचोका लागि असिस्ट गरेपछि युनाइटेडले लेस्टर सिटीलाई ३-० ले हराएको छ।

युनाइटेड लिगका पछिल्ला चार खेलमा अपराजित रह्यो । किंग पावर स्टेडियम मा हारपछि लेस्टरको शीर्ष डिभिजनमा बसिरहने आशालाई थप कमजोर बनायो।

होयलुन्डले डिसेम्बरपछि पहिलो पटक कुनै प्रतियोगितामा गोल गर्दै २८औं मिनेटमा युनाइटेडलाई अघि बढाए।

गार्नाचोले ६७ औं मिनेटमा गोल गरेपछि युनाइटेडले अग्रता दोब्बर बनायो। अन्तिम मिनेटमा फर्नान्डेजले गोल गरेपछि युनाइटेडको जित सहज बन्यो ।

जितसँगै युनाइटेड २९ खेलमा ३७ अंक जोडेर १३औं स्थान उक्लिएको छ । ७० अंकसहित लिभरपुल शीर्ष स्थानमा छ । लेस्टर १७ अंकका साथ पुछारबाट दोस्रोमा छ ।

चेल्सीको हार

आर्सनलले इंग्लिस प्रिमियर लिगमा आइतवार जित निकालेको छ। माइकल मेरिनोको पहिलो हाफमा गरिएको हेडर नै खेलको निर्णायक बन्यो ।

जितले आर्सनललाई  लिगको दोस्रो स्थानमा थप मजबुत बनाएको छ। आर्सनलले चेल्सीलाई १-० ले हरायो । आर्सनलले  तेस्रो स्थानको नटिङ्घम फरेस्टसँग पुन: ४ अंक दूरी बनाएको छ।

यो जितपछि आर्सनल शीर्ष स्थानको लिभरपुलभन्दा १२ अंकले पछि छ ।  चेल्सी चौथो स्थानमा‌ यथावत छ।  पाँचौं स्थानको म्यानचेस्टर सिटीभन्दा चेल्सीको १ अंक बढी छ। अर्को खेलमा फुलहमले टोटनहमलाई २-० ले हराएको छ।

March 19, 2025

एपिएफ राष्ट्रिय महिला फुटबलको फाइनलमा

सुशील पन्त क्षेत्री, चितवन फराकिलो जित निकाल्दै एपिएफ फुटबल क्लब चितवनमा जारी राष्ट्रिय महिला फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । पहिलो सेमिफाइनलमा आज भरतपुर २४ लाई ११-० ले हराउँदै एपिएफ उपाधि नजिक पुगेको हो । भरतपुर ७ कृष्णपुर मैदानमा भएको खेलमा एपिएफको जितमा अनिता केसी र रश्मिकुमारी घिसिङले समान ४ गोल गरे । प्रीति […]

March 19, 2025

बाँसबारीले आरसीटीलाई हरायो

काठमाडौं (हाम्रो खेलकुद) – शहिद स्मारक बी डिभिजन लिगमा बाँसबारी युथ क्लबले रानी पोखरी कर्नर टिम (आरसीटी) लाई रोमाञ्चक खेलमा ४-२ गोल अन्तरले हराएको छ । बाँसबारीको यो पहिलो जित हो भने आरसीटी लगातार दोस्रो हार बेहोर्न पुग्यो । एन्फा कम्प्लेक्समा आज भएको खेलमा बांशबारीले २५ मिनेट भित्र दुई गोल गर्यो । १६ औं मिनेटमा […]

March 19, 2025

ब्वाइज युनियन र टुसालको लगातार बराबरी

काठमाडौं (हाम्रो खेलकुद) – शहिद स्मारक बी डिभिजन लिगमा ब्वाइज युनियन र टुसाल युथ क्लबबीचको खेल गोलरहित बराबरीमा सकिएको छ । दुवैको यो लगातार दोस्रो बराबरी नतिजा हो । एन्फा कम्प्लेक्समा आज भएको खेलमा दुवै टिमले पाएको मौका सदुपयोग गर्न सकेनन् । पहिलो हाफ गोलरहित बराबरीमा सकियो । दोस्रो हाफमा पनि गोल हुन सकेन । […]

Success

Thank you for your time.