default_image

13 hours ago

March 16, 2025

महिला फुटबलमा रौतहटसँग पुलिस स्तब्ध

2326 views

0 Bookmark

सुशील पन्त क्षेत्री,चितवन

विभागिय टोली नेपाल पुलिस क्लब चितवनमा‌ जसरी राष्ट्रिय महिला फुटबल प्रतियोगिताको पहिलो खेलमा नै स्तब्ध भएको छ।

रौतहट एफसीले आज पुलिसलाई‌ हराउँदै सेमिफाइनलको यात्रा तय गरेको छ ‌। अनिता राना मगरको एक‌ मात्र गोलमा पुलिस पराजित भएको हो ।अनिताले ३१ औं मिनेटमा गरेको गोल रौतहटको जितका लागि पर्याप्त बन्यो ।

खेलमा पुलिसले रौतहटलाई दबाबमा राखे पनि गोल गर्न सकेन । रौतहटकी गोलकिपर उषा थापाले सानदार प्रदर्शन गरिन् । उषा नै प्लेयर अफ दि म्याच घोषित भइन् र उनले १० हजार रुपैयाँ प्राप्त गरिन् ।

प्रतियोगितामा भोलि त्रिभुवन आर्मी फुटबल क्लब र बागमती युथ क्लब सर्लाही भिड्नेछन् । खेल दिउँसो ४ बजे हुनेछ । चितवन जिल्ला फुटबल संघको आयोजना तथा भरतपुर महानगरपालिकाको प्रवर्द्धनमा जारी प्रतियोगितामा ८ टोली सहभागी छन् ।

प्रतियोगिताको विजेताले ट्रफीसहित ३ लाख र दोस्रो हुने टोलीले १ लाख ५० हजार रुपैयाँ प्राप्त गर्नेछ । यस्तै सर्वोत्कृष्ट खेलाडीले ४० तथा विधागत उत्कृष्टले २० हजार रुपैयाँ प्राप्त गर्नेछन्।

March 17, 2025

पिएसजीले मार्सेलाई हरायो

एजेन्सी – शीर्ष स्थानको पेरिस सेन्ट–जर्मेन (पिएसजी) फ्रेन्च लिग वानमा दोस्रो स्थानको मार्सेलाई हराएको छ । आइतबार मार्सेमाथि ३-१ को जित निकाल्दै पिएसजि लगातार १३औं फ्रेन्च लिग उपाधि नजिक पुगेको छ । घरेलु मैदानमा भएको खेलमा पिएसजीको जितमा उस्मान डेम्बेले, नुनो मेन्डेसले समान १ गोल गर्दा मार्सेलीले १ गोल उपहार स्वरुप पिएसजीलाई दियो । मार्सेका […]

March 17, 2025

मायमीको जितमा मेसीको गोल

एजेन्सी – कप्तान लिओनल मेसीको गोल गरेको खेलमा इन्टर मायमी अमेरिकाको मेजर लिग सकर(एमएलएस) मा विजयी भएको छ । मायमीले आइतवार भएको खेलमा एट्लान्टा युनाइटेलाई २-१ ले हराएको हो । मर्सिडिज–बेन्ज स्टेडियममा भएको खेलमा मायमीको जितमा मेसी र फाफा पिकाउल्टले गोल गरे । एटलान्टाका लागि इमानुएल लाटे लाथले गोल गरे । खेलमा अग्रता एटलान्टाले लिएको […]

March 17, 2025

इन्टरसँग एटलान्टाको हार

एजेन्सी – इटालियन सिरी ए मा शीर्ष स्थानको इन्टर मिलानले तेस्रो स्थानको एटलान्टालाई हराएको छ । जितसँगै इन्टरले लिगमा स्पष्ट ३ अंकको अग्रता लिएको हो । इन्टरले आइतवार एटलान्टामाथि २-० को जित हात पारेको हो । एटलान्टाको मैदानमा इन्टरकस लागि कार्लोस अगस्टो र लउटारो मार्टिनेजले गोल गरे । ५४औं मिनेटमा इन्टरका अगस्टोले गोल गरे । […]

Success

Thank you for your time.