default_image

3 hours ago

March 16, 2025

मिलानको पुनरागमन जित

107 views

0 Bookmark

एजेन्सी – एसी मिलानले इटालियन सिरी ‘ए’ मा कोमोविरुद्ध पुनरागमन जित निकालेको छ ।

मिलानले शनिवार कोमोलाई २-१ ले हरायो। मिलानले घरेलु मैदानमा कामोविरुद्ध १-० ले पछि परेको स्थितिबाट २ गोल गर्दै पुनरागमन जित हासिल गरेको हो ।

मिलानको जितमा क्रिस्टियन पुलिसिच र टिज्जानी रेइन्डर्सले गोल गरे । पाहुना टोलीका लागि लुकास कुञ्हा ले गोल गरेका थिए ।

खेलको ३३औं मिनेटमा कुञ्हाले गोल गर्दै कोमोलाई अग्रता दिलाए । ५३औं मिनेटमा पुलिसिचले गोल गर्दै मिलनलाई खेलमा फर्काए । मिलानका रेइन्डर्सले ७५औं मिनेटमा गरेको गोल मिलाउनको लागि ‌निर्णायक‌ बन्यो।

यो जितपछि मिलान २९ खेलमा ४७ अंकका साथ तालिकाको सातौं स्थानमा छ । कोमो समान खेलमा २९ अंकका साथ १३औं स्थानमा छ ।

अन्य खेलमा जिनाओले लिसीलाई २-१ ले, भेरोनाले युडिनेसीलाई र टोरिनोले इम्पोलीलाई १-० ले हरायो। मोन्जा र पार्माले १-१ को बराबरी खेले ।

March 16, 2025

बायर्न बराबरीमा राेकियो

एजेन्सी – बायर्न म्युनिख जर्मन बुन्डेसलिगामा एफसी युनियन बर्लिनसँग बराबरीमा रोकिएको छ । शीर्ष स्थानको बार्यनलाई शनिवार बर्लिनले १-१ को बराबरीमा रोकेको हो। बर्लिनकोमैदानमा बायर्नका लागि लेरोय सानेले गोल गरे । घरेलु टोलीका लागि भने बेनेडिक्ट होलरबाचले गोल गरे । खेलको ७५औं मिनेटमा बायर्नका सानेले टोलीलाई अग्रता दिलाएका थिए । तर, त्यसको ८ मिनेट पछि […]

March 16, 2025

नटिङ्घमले इप्स्विचलाई हरायो

एजेन्सी – इङ्ग्लिस प्रिमियर लिगमा शनिवार नटिङ्घम फरेस्टले इप्स्विचलाई हराएको छ । नटिङ्घमले रेलिगेसन जोनमा इप्स्विच टाउनमाथि ४–२ को सहज जित हासिल गर्यो । इप्स्विचको मैदानमा नटिङ्घमलाई जितमा दिलाउन एन्टोनी एलाङ्गाले २ तथा निकोला मिलेनकोभिच र जोटा सिल्भाले समान १ गोल गरे । घरेलु टोलीका वुडुकोजेन्स काजस्टे र हर्स्टदिर खुसानोवले गोल गरे । खेलको ३५औं […]

March 16, 2025

सिटी बराबरीमा रोकियो

एजेन्सी – दुई पटकको अग्रता जोगाउन नसक्दा इङ्ग्लिस प्रिमियर लिगको साविक विजेता म्याचेस्टर सिटी शनिवार बराबरीमा रोकिएको छ । घरेलु मैदानमा सिटी ब्राइटनसँग २-२ को बराबरीमा रोकियो । सिटीका लागि एर्लिङ हालाण्ड र ओमर मारमोशले गोल गरे । ब्राइटनका लागि पर्विस एस्टुपिनानले १ गोल गर्दा अर्को गोल सिटीले उपहार स्वरुप दियो । ११औं मिनेटमा हालाण्डले […]

Success

Thank you for your time.