default_image

5 hours ago

March 16, 2025

नटिङ्घमले इप्स्विचलाई हरायो

201 views

0 Bookmark

एजेन्सी – इङ्ग्लिस प्रिमियर लिगमा शनिवार नटिङ्घम फरेस्टले इप्स्विचलाई हराएको छ ।

नटिङ्घमले रेलिगेसन जोनमा इप्स्विच टाउनमाथि ४–२ को सहज जित हासिल गर्यो ।

इप्स्विचको मैदानमा नटिङ्घमलाई जितमा दिलाउन एन्टोनी एलाङ्गाले २ तथा निकोला मिलेनकोभिच र जोटा सिल्भाले समान १ गोल गरे ।

घरेलु टोलीका वुडुकोजेन्स काजस्टे र हर्स्टदिर खुसानोवले गोल गरे । खेलको ३५औं मिनेटमा मिलेनकोभिचले गोल गदै नटिङ्घमलाई सुरुवाती अग्रता दिलाएका थिए ।

३७औं र ४१औं मिनेटमा नटिङ्घमका एलाङ्गाले गोल गरेपछि पहिलो हाफमा नटिङ्घमले ३-० को स्पष्ट अग्रता बनायो ।

खेलको ८२औं मिनेटमा काजस्टेले गोल गर्दै घरेलु टोलीको पुनरागमनको संकेत दिलाए । त्यसको ५ मिनेट पछि नै नटिङ्घमका सिल्भाले गोल गर्दै टोलीलाई ४-१ को अग्रतामा पुर्याए । इन्ज्युरी समयमा खुसानोवले घरेलु टोलीका लागि गोल गरे ।

जितसँगै नटिङ्घम २९ खेलमा ५४ अंकका साथ तेस्रो स्थानमा छ । शीर्ष स्थानको लिभरपुलको ७० र दोस्रो स्थानको आर्सनलको ५५ अंक छ।

नटिङ्घमले च्यापियन्स लिग छनोटको सम्भावना बलियो बनाएको छ । समान खेलमा इप्स्विच १७ अंक छ।

शनिवारका अन्य खेलमा म्याचेस्टर सिटी ब्राइटनसँग २-२ को बराबरीमा राेकिदा एभर्टन र वेस्ट ह्यामले १-१ को बराबरी खेले ।

साउथह्यम्पटनले वल्भ्सलाई र ब्रेन्टफोर्डले बर्नमाउथलाई समान २-१ ले पराजित गर्यो ।

March 16, 2025

बायर्न बराबरीमा राेकियो

एजेन्सी – बायर्न म्युनिख जर्मन बुन्डेसलिगामा एफसी युनियन बर्लिनसँग बराबरीमा रोकिएको छ । शीर्ष स्थानको बार्यनलाई शनिवार बर्लिनले १-१ को बराबरीमा रोकेको हो। बर्लिनकोमैदानमा बायर्नका लागि लेरोय सानेले गोल गरे । घरेलु टोलीका लागि भने बेनेडिक्ट होलरबाचले गोल गरे । खेलको ७५औं मिनेटमा बायर्नका सानेले टोलीलाई अग्रता दिलाएका थिए । तर, त्यसको ८ मिनेट पछि […]

March 16, 2025

मिलानको पुनरागमन जित

एजेन्सी – एसी मिलानले इटालियन सिरी ‘ए’ मा कोमोविरुद्ध पुनरागमन जित निकालेको छ । मिलानले शनिवार कोमोलाई २-१ ले हरायो। मिलानले घरेलु मैदानमा कामोविरुद्ध १-० ले पछि परेको स्थितिबाट २ गोल गर्दै पुनरागमन जित हासिल गरेको हो । मिलानको जितमा क्रिस्टियन पुलिसिच र टिज्जानी रेइन्डर्सले गोल गरे । पाहुना टोलीका लागि लुकास कुञ्हा ले गोल […]

March 16, 2025

सिटी बराबरीमा रोकियो

एजेन्सी – दुई पटकको अग्रता जोगाउन नसक्दा इङ्ग्लिस प्रिमियर लिगको साविक विजेता म्याचेस्टर सिटी शनिवार बराबरीमा रोकिएको छ । घरेलु मैदानमा सिटी ब्राइटनसँग २-२ को बराबरीमा रोकियो । सिटीका लागि एर्लिङ हालाण्ड र ओमर मारमोशले गोल गरे । ब्राइटनका लागि पर्विस एस्टुपिनानले १ गोल गर्दा अर्को गोल सिटीले उपहार स्वरुप दियो । ११औं मिनेटमा हालाण्डले […]

Success

Thank you for your time.