default_image

6 hours ago

March 16, 2025

सिटी बराबरीमा रोकियो

24 views

0 Bookmark

एजेन्सी – दुई पटकको अग्रता जोगाउन नसक्दा इङ्ग्लिस प्रिमियर लिगको साविक विजेता म्याचेस्टर सिटी शनिवार बराबरीमा रोकिएको छ ।

घरेलु मैदानमा सिटी ब्राइटनसँग २-२ को बराबरीमा रोकियो । सिटीका लागि एर्लिङ हालाण्ड र ओमर मारमोशले गोल गरे । ब्राइटनका लागि पर्विस एस्टुपिनानले १ गोल गर्दा अर्को गोल सिटीले उपहार स्वरुप दियो ।

११औं मिनेटमा हालाण्डले पेनाल्टी मार्फत गोल गर्दै सिटीलाई अग्रता दिलाएका थिए । तर, त्यसको १० मिनेटमै एस्टुपिनानले ब्राइटनका लागि बराबरी गोल फर्काए ।

३९औं मिनेटमा मारमोशले गोल गर्दै सिटीलाई पुनः अग्रता दिलाए । पहिलो हाफ सिटीको २-१ को अग्रतामा सकिएको थियो ।

तर, दोस्रो हाफ सुरु भएको तेस्रो मिनेटमा नै सिटीका खुशनोभको आत्मघाती गोलले ब्राइटनलाई खेलमा फर्कियो ।

सिटी २९ खेलमा ४८ अंकका साथ पाँचौ स्थानमा छ । ब्राइटन समान खेलमा ४७ अंकका साथ सातौं स्थानमा छ । लिभरपुल २९ खेलमा ७० अंकका साथ शीर्ष स्थानमा मजबुत छ ।

March 16, 2025

बायर्न बराबरीमा राेकियो

एजेन्सी – बायर्न म्युनिख जर्मन बुन्डेसलिगामा एफसी युनियन बर्लिनसँग बराबरीमा रोकिएको छ । शीर्ष स्थानको बार्यनलाई शनिवार बर्लिनले १-१ को बराबरीमा रोकेको हो। बर्लिनकोमैदानमा बायर्नका लागि लेरोय सानेले गोल गरे । घरेलु टोलीका लागि भने बेनेडिक्ट होलरबाचले गोल गरे । खेलको ७५औं मिनेटमा बायर्नका सानेले टोलीलाई अग्रता दिलाएका थिए । तर, त्यसको ८ मिनेट पछि […]

March 16, 2025

मिलानको पुनरागमन जित

एजेन्सी – एसी मिलानले इटालियन सिरी ‘ए’ मा कोमोविरुद्ध पुनरागमन जित निकालेको छ । मिलानले शनिवार कोमोलाई २-१ ले हरायो। मिलानले घरेलु मैदानमा कामोविरुद्ध १-० ले पछि परेको स्थितिबाट २ गोल गर्दै पुनरागमन जित हासिल गरेको हो । मिलानको जितमा क्रिस्टियन पुलिसिच र टिज्जानी रेइन्डर्सले गोल गरे । पाहुना टोलीका लागि लुकास कुञ्हा ले गोल […]

March 16, 2025

नटिङ्घमले इप्स्विचलाई हरायो

एजेन्सी – इङ्ग्लिस प्रिमियर लिगमा शनिवार नटिङ्घम फरेस्टले इप्स्विचलाई हराएको छ । नटिङ्घमले रेलिगेसन जोनमा इप्स्विच टाउनमाथि ४–२ को सहज जित हासिल गर्यो । इप्स्विचको मैदानमा नटिङ्घमलाई जितमा दिलाउन एन्टोनी एलाङ्गाले २ तथा निकोला मिलेनकोभिच र जोटा सिल्भाले समान १ गोल गरे । घरेलु टोलीका वुडुकोजेन्स काजस्टे र हर्स्टदिर खुसानोवले गोल गरे । खेलको ३५औं […]

Success

Thank you for your time.