default_image

3 hours ago

March 15, 2025

नमोबुद्ध पाँचथर गोल्डकपको नयाँ च्याम्पियन

698 views

0 Bookmark

दिपक बोहोरा, पाँचथर

ए डिभिजन मच्छिन्द्र क्लबलाई १-० ले हराउँदै शनिवार सप्तरीको नमोबुद्ध युथ क्लबले पाँचथर गोल्डकप फुटबल प्रतियोगिताको नयाँ च्याम्पियन बनेको छ ।

विदेशी खेलाडी एलेक्सको गोलमा नमोबुद्ध विजयी भएको हो । एलेक्सले खेलको ७३ औं मिनेटमा गोल गरेका हुन्। एलेक्सले पेनाल्टी एरियाबाट चलाखीपूर्ण गोल गरे ।

पहिलोपटक उपाधि जित्ने लक्ष्यसहित मैदान उत्रिएको मच्छिन्द्रले फाइनलमा आशा अनुरुप प्रदर्शन गर्न सकेन । मच्छिन्द्रले केही अवसर बनाए पनि सदुपयोग गर्न सकेन । १८ औं मिनेटमा इष्टोफिन गोल गर्न चुके ।

पहिलो हाफको इन्ज्युरी समयमा देवेन्द्रको प्रहार नमोबुद्धका कप्तान जियारथ शेखले पञ्च गरे । खेलको ८१औं मिनेटमा मच्छिन्द्रका युसुफ मलिसिखको प्रहार गोलकिपर जियारथले रोके ।

नमोबुद्धका निर्मल घिसिङ प्लेयर अफ दि म्याच घोषित भए । उनले ७ हजार ५ सय रुपैयाँ प्राप्त गरे।
नमोबुद्ध दोश्रो सहभागितामै च्याम्पियन बन्न सफल भएको हो । टोलीले क्वाटरफाइनल, सेमिफाइनल र फाइनल सबैमा ए डिभिजन क्लबलाई हराउँदै च्याम्पियन भयो ।

नमोबुद्धका प्रशिक्षकले खेलाडीको मिहिनेतले जित निकालेको बताए । उनले खेलाडीको तारिफ गर्दै योजनाअनुसार सफल भएको प्रतिक्रिया दिए ।

मच्छिन्द्रका प्रशिक्षक सविन अधिकारीले सामान्य गल्तीको कारण बेहोरेकि बताए । उनले खेलाडी लगातार खेलिरहेका कारण पनि नतिजा अनुकुल नआएको बताए । च्याम्पियन नमोबुद्धले ११ लाख र मच्छिन्द्रले ५ लाख ५५ हजार रुपैयाँ प्राप्त गर्यो ।

नमोबुद्धका दिपेश सर्वोत्कृष्ट

नमोबुद्धका दिपेश चाम्लिङ प्रतियोगिताको सर्वोत्कृष्ट घोषित भए। उनले १५ हजार रुपैयाँ प्राप्त गरे।

नमोबुद्ध जियारथ शेख उत्कृष्ट गोलकिपर, मच्छिन्द्रका देवेन्द्र तामाङ उत्कृष्ट डिफेन्डर, नमोबुद्धका विकेक राई उत्कृष्ट मिडफिल्ड , नमोबुद्ध धनकुमार तामाङ उत्कृष्ट प्रशिक्षक घोषित भए । उत्कृष्ट सबैले समान १० हजार रुपैयाँ प्राप्त गरे ।

समान ३ गोलका साथ चर्च ब्वाइज युनाइटेडका राज भुषाल र नमोबुद्धका एलेक्स सर्वाधिक गोलकर्ता रहे । पाँचथर क्लबका निरज लिङदेन उदियमान खेलाडी घोषित भए र उनले १५ हजार रुपैयाँ प्राप्त गरे।

फागुन २४ गतेदेखि सुरु भएको पाँचौ पाँचथर गोल्डकपमा ए डिभिजनसहित ८ टिमको सहभागिता रहेको थियो ।

March 15, 2025

चर्च ब्वाइजलाई मेचीनगर गोल्डकपको उपाधि

हिमाल खरेल, मेचीनगर सहिद स्मारक ए डिभिजन लिग विजेता चर्च ब्वाइज युनाइटेड पाँचौँ मेचीनगर गोल्डकपको च्याम्पियन बनेको छ । शनिवार भएको फाइनलमा आयोजक काँकरभिट्टा फुटबल ट्रेनिङ सेन्टरलाई १–० ले पराजित गर्दै चर्च ब्वाइज प्रतियोगिताको च्याम्पियन बनेको हो । जितका लागि खेलको ११ औँ मिनेटमा चर्च ब्वाइजका समिर तामाङले निर्णायक गोल गरेका थिए । आयोजकका डिफेन्डर […]

March 15, 2025

महिला फुटबल- भरतपुर २४ विजयी

सुशील पन्त क्षेत्री, चितवन राष्ट्रिय महिला फुटबल प्रतियोगितामा भरतपुर २४ ले विजयी सुरुवात गरेको छ । आजबाट सुरु भएको प्रतियोगिताको उद्घाटन खेलमा भरतपुर २४ ले एन्फा मकवानपुरलाई ५-० ले हराएको छ । प्रतीक्षा मल्ल ठकुरी र सुशीला भुजेलले समान २ तथा मनमाया श्रेष्ठले १ गोल गरिन् । प्रतीक्षाले ३१ र ७४ औं मिनेटमा तथा सुशीलाले […]

March 15, 2025

फुटबलर आशिषलाई आर्थिक सहयोग हस्तान्तरण

काठमाडौं (हाम्रो खेलकुद)- चिनियाँ क्लबसँगको‌ मैत्रीपूर्ण खेलका दौरान खुट्टा भाँचिएका नेपाली युवा टोलीका आशिष राईलाई ३ लाख १५ हजार रुपैयाँ हस्तान्तरण गरिएको छ। चिनियाँ नयाँ वर्षको अवसरमा गत महिना दशरथ रंगशालामा भएको खेलमा आशिषको खुट्टा भाँचिएको थियो। पछि उनको खुट्टाको शल्यक्रिया गरिएको थियो। सातदोबाटो स्थित एन्फा कम्प्लेक्समा शनिवार पुरुष राष्ट्रिय फुटबल टोलीका कप्तान किरण चेम्जोङले […]

Success

Thank you for your time.