1 month ago
March 13, 2025
हिमाल खरेल, मेचीनगर
अबयोमी फकुन्ले नायक बन्दा सहिद स्मारक ए डिभिजन लिग विजेता चर्च ब्वाइज युनाइटेड ३–० को पछि परेको खेल उल्टाउँदै मेचीनगर गोल्डकपको फाइनल प्रवेश गरेको छ ।
लिग उपविजेता मछिन्द्र विरुद्ध आज ४-३ को रोमाञ्चक जित निकाल्दै चर्च ब्वाइजले फाइनलको यात्रा तय गरेको हो ।
चर्च ब्वाइजले शनिबार फाइनलमा आयोजक काँकरभिट्टा फुटबल ट्रेनिङ सेन्टरसँग प्रतिस्पर्धा गर्नेछ ।
खेलको ३० औं मिनेटमा मछिन्द्रले अग्रता लिएको थियो । पेनाल्टी एरियामा क्लियर हुन नसकेको बललाई विदेशी खेलाडी युसुफ मलिकले गोल गरे ।
४३ औं मिनेटमा मछिन्द्रले अग्रता दोब्बर बनायो । आदित्य शाक्यको क्रसमा एन्द्रेस नियाले गोल गरे । त्यसको १ मिनेट बित्न नपाउँदै युसुफ मलिकले मछिन्द्रका लागि अर्काे गोल थपे ।
मैदानको मध्य भागबाट अगाडि बढाएको बललाई उनले सुन्दर गोल गरे पनि मछिन्द्रको जितका लागि यो स्कोर पर्याप्त बन्न सकेन ।
खेलको पहिलो हाफसम्म ३-० ले पछाडि परेको चर्च ब्वाइजका लागि खेलको ६१ औं मिनेट विदेशी खेलाडी अबयोमीले पहिलो गोल फर्काए । मछिन्द्रका डिफेन्डरले क्लियर गर्न नसकेको बललाई उनले एकल प्रयासमा गोल गरे ।
खेलको ६९ औँ मिनेटमा अबयोमीले व्यक्तिगत दोस्रो गोल गरे । मछिन्द्रका डिफेन्डरको तालमेल नमिल्दा दोस्रो बार च्यापेर उनले गरेको सटिक प्रहार गोलमा परिणत भयो ।
खेलको ७८ औँ मिनेटमा रिचार्ड विल्सनले गोल गर्दै स्कोर ३–३ को बराबरीमा ल्याए । अबयोमी क्रसमा मछिन्द्रका दुईजना डिफेन्डरलाई बिट गर्दै गोल गरेका हुन् ।
खेलको ८७ औँ मिनेटमा अबयोमीले ह्याट्रिक पूरा गरे । मछिन्द्रका डिफेन्डर अघि बढेको मौकाको फाइदा लिँदै उनले प्रतियोगिताकै पहिलो ह्याट्रिक पूरा गरे । त्यहि गोल खेलको निर्णायक बन्यो।
खेलको १५ औँ मिनेटमा चर्च ब्वाइजका जय गुरुङको क्रसमा रिचार्डको हेडर मछिन्द्रका गोलकिपर विशाल श्रेष्ठले पञ्च गरे । ५२ औँ मिनेटमा समिर तामाङको प्रहारलाई गोलकिपरले बचाए ।
नवौँँ मिनेटमा मच्छिन्द्रका युसुफ मलिकले फर्स्टबारमा प्रहार गरेको बल गोलकिपरले बचाउँदै कर्नर बनाए । २० औँ मिनेटमा १८ यार्डबाट पाएको फ्रिकिकमा मोहित गुरुङको प्रहारले जाली चुम्न सकेन ।
७२ औँ मिनेटमा विदेशी खेलाडी एन्द्रेस नियाको प्रहार गोलकिपर टिकेन्द्र थापाले उत्कृष्ट बचाउ गरे ।
दोस्रो हाफमा ह्याट्रिक गरेका अबयोमी प्लेयर अफ दि म्याच घोषित भए। उनले ११ हजार रुपैयाँ र ट्रफी ।
खेलपछि चर्च ब्वाइजका प्रशिक्षक सुमन श्रेष्ठले आफ्नो फुटबलको २५ वर्षको करियरमा यस्तो किसिमको पहिलो कमब्याक खेल भएको बताए । उनले आफ्ना खेलाडी निरन्तरको खेलले थकित भएको र दोस्रो हाफपछि रणनीति परिवर्तन गरेकाले छिट्टै कमब्याक भएर जित निकाल्न सकिएको बताए ।
मछिन्द्रका प्रशिक्षक सन्जिव न्यौपानेले पहिलो हाफ राम्रो भएको तर दोस्रो हाफमा आफू सम्हालिन नसक्दा हार बेहोर्नु परेका बताए । उनले खेलाडी थाकेकाले पनि दोस्रो हाफमा भनेजस्तो खेल्न नसकेको बताए ।
चैत २ गते फाइनल हुने प्रतियोगिताको विजेताले १० र दोस्रो हुनेले टोलीले ५ लाख रुपैयाँ प्राप्त गर्नेछ।
April 22, 2025
एजेन्सी – नटिङ्घम फरेस्टले टोटनहम हट्स्परमा २-१ को कठिन जितसँगै प्रिमियर लिगको तेस्रो स्थानमा पुनः उक्लिएको छ । एलिएट एन्डरसन र क्रिस वुडले पहिलो हाफमा गरेको गोलले नटिङ्घमले तेस्रो खेलमा पहिलो जित निकालेको छ। यस अघि टोलीले दुई खेलमा हार बेहोरेको थियो। एन्डरसनले पाँचौ र वुडले १६ औं गोल गरेका हुन्। उनको त्यो १९ औं […]
April 21, 2025
नेपालगञ्ज (हाम्रो खेलकुद)- एपिएफ फुटबल क्लबनेपालगन्ज रंगशालामा जारी अन्तराष्ट्रिय आमन्त्रण लुम्बिनी कप महिला फुटबल प्रतियोगिताको सेमिफाइनल पुगेको छ। अन्तिम क्वाटर फाइनल खेलमा आज कर्णाली प्रदेश प्रदेश फुटबल संघलाफ ६-० ले हराउँदै एपिएफ अन्तिम चारमा पुगेको हो। खेलको १८ औं मिनेटमा कर्णालीकी टिना रावतको आत्मघाती गोलबाट एपिएफले अग्रता लियो । ३५ औं मिनेटमा एपिएफकी रेनुका नगरकोटेले […]
April 21, 2025
काठमाडौं (हाम्रो खेलकुद)- अखिल नेपाल फुटबल संघ (एन्फा) ले राष्ट्रिय महिला टोलीका लागि पहिलो पटक प्रो-लाइसेन्स प्रशिक्षक नियुक्त गर्ने भएको छ । एन्फाले सोमवार सूचना प्रकाशित गर्दै प्रो लाइसेन्स प्राप्त प्रशिक्षकको आवेदन खुला गरेको हो। प्रो लाइसेन्ससँगैउमेर समूह वा राष्ट्रिय टोली सम्हालिसकेको अनुभव हुनुपर्ने सर्त राखिएको छ। कम्तिमा दुई वर्षको प्रशिक्षण अनुभव भएको हुनुपर्ने पनि […]