2 hours ago
March 13, 2025
हिमाल खरेल,मेचीनगर
पेनोरिस–११ झापाको मेचीनगर–४ बाहुनडाँगीमा जारी इन्डो–नेपाल टि–ट्वान्टी क्रिकेट प्रतियोगिताको फाइनलमा पुगेको छ।
आज भएको पहिलो सेमिफाइनलमा बौद्धमोड क्रिकेट क्लबलाई ३६ रनले पराजित गर्दै पेनोरिस–११ उपाधि नजिक पुगेको हो।
सरस्वती माविको खेल मैदानमा टस जितेर पहिलो ब्याटिङ गरेको पेनोरिसले १९.५ ओभरमा सबै विकेट गुमाउँदै १ सय ८३ रन बनाएको थियोे ।
टोलीका शुभांकर देवनाथले सर्वाधिक ४३ रन बनाए ।
त्यस्तै, सिन्टु देव र एमडी अहमदले समान २७, कुमार रोयले २५ तथा विनोमली रोय र अरिन्दम रक्षितले समान १७ रन बनाए ।
बलिङमा बौद्धमोडका लागि सुजन रिजालले सर्वाधिक ४, अमन विश्वकर्माले ३ , भोला रोयले २ र रोमसन एमडीले १ विकेट लिए ।
१ सय ८४ रनको विजयी लक्ष्य पछ्याउने क्रममा बौद्धमोडले निर्धारित २० ओभरमा सबै विकेट गुमाउँदै १सय ४७ रन बनाउन सक्यो ।
बौद्धमोडका लागि रमजान एमडीले सर्वाधिक ४० रन बनाए । त्यस्तै, सागर मजुमदारले २९ रन, रोशन शर्माले २४ तथा अमन विश्वकर्माले २२ रन बनाएका थिए ।
अन्य ब्याटर राम्रो प्रदर्शन गर्न नसक्दा बौद्धमोड सेमिफाइनलबाटै बाहिरिएको हो ।
बलिङमा पेनोरिसका लागि राकेश रोय र सुनिल घोषले समान ३, एमडी अहमदले २ तथा करणजीत शाह र बेनोमोली रोयले समान १ विकेट लिए ।
पेनोरिसका शुभांकर देवनाथ प्लेयर अफ दि म्याच घोषित भए। उनले १ हजार रुपैयाँ र मायाको चिनो प्राप्त गरे ।
चैत ४ गते हुने फाइनलको विजेता ५० हजार र दोस्रो हुनेले टोलीले ३० हजार रुपैयाँ, ट्रफी, मेडल प्राप्त गर्नेछ ।
March 13, 2025
हिमाल खरेल, मेचीनगर अबयोमी फकुन्ले नायक बन्दा सहिद स्मारक ए डिभिजन लिग विजेता चर्च ब्वाइज युनाइटेड ३–० को पछि परेको खेल उल्टाउँदै मेचीनगर गोल्डकपको फाइनल प्रवेश गरेको छ । लिग उपविजेता मछिन्द्र विरुद्ध आज ४-३ को रोमाञ्चक जित निकाल्दै चर्च ब्वाइजले फाइनलको यात्रा तय गरेको हो । चर्च ब्वाइजले शनिबार फाइनलमा आयोजक काँकरभिट्टा फुटबल ट्रेनिङ […]
March 13, 2025
हिमाल खरेल,बिर्तामोड झापा बिर्तामोडको न्यु स्टार क्लबले दोस्रो आमन्त्रित माछापोखरी हिटी गोल्डकपको उपाधि जितेको छ । ताप्लेजुङको आठराई त्रिवेणी गाउँपालिका ५ चाँगेमा माछापोखरी हिटी क्लबको आयोजनामा भएको प्रतियोगिताको फाइनलमा न्यु स्टारले साविक विजेता मरिक एफसी धरानलाई हराउँदै उपाधि जितेको हो । न्यु स्टारले १- ० गोल अन्तरले हराउँदै उपाधि रक्षा गरेको हो । झापाको लागि […]
March 13, 2025
दिपक बोहोरा,पाँचथर टाइब्रेकरमा भाग्यमानी बन्दै सप्तरीको नमोबुद्ध युथ क्लब पाँचौ पाँचथर गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । फिदिम माविको मैदानमा आज भएको अन्तिम सेमिफाइनलमा चर्च ब्वाइज युनाइटेडलाई टाइब्रेकरमा ४-२ ले हराउँदै नमोबुद्ध उपाधि नजिक पुगेको हो ।९० मिनेटको निर्धारित समयमा २-२ को बराबरी भएपछि टाइब्रेकरमा नमोबुद्धले बाजी मार्यो। टाइब्रेकरमा नमोबुद्धका विवेक गुरुङ, आयुष […]