1 month ago
March 13, 2025
हिमाल खरेल,बिर्तामोड
झापा बिर्तामोडको न्यु स्टार क्लबले दोस्रो आमन्त्रित माछापोखरी हिटी गोल्डकपको उपाधि जितेको छ ।
ताप्लेजुङको आठराई त्रिवेणी गाउँपालिका ५ चाँगेमा माछापोखरी हिटी क्लबको आयोजनामा भएको प्रतियोगिताको फाइनलमा न्यु स्टारले साविक विजेता मरिक एफसी धरानलाई हराउँदै उपाधि जितेको हो ।
न्यु स्टारले १- ० गोल अन्तरले हराउँदै उपाधि रक्षा गरेको हो । झापाको लागि एक मात्रै निर्णायक गोल खेलको ७५ औँ मिनेटमा निश्चल बस्नेतले गरेका थिए ।
फाइनलको प्लेयर अफ द म्याच निर्णायक गोलकर्ता निश्चल बस्नेत भए । उनले नगद ३ हजार रुपैयाँ प्राप्त गरे ।
उपाधिसँगै न्यु स्टारले ३ लाख रुपैयाँ सहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ । धरानले १ लाख ६० रुपैयाँ हजारमा चित्त बुझाएको छ ।
न्यु स्टारका कप्तान विजय राई प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी घोषित भए। न्यु स्टारका निश्चल बस्नेत सर्वाधिक गोलकर्ता रहे।
आरके कन्दङवा उत्कृष्ट मिडफिल्डर, उत्कृष्ट गोलकिपर धरानका निशान थापा मगर उत्कृष्ट गोलकिपर , राजु थापा उत्कृष्ट डिफेन्डर, प्रशिक्षक अनुभ केदेम उत्कृष्ट प्रशिक्षक घोषित भए। उनीहरु सबैले ३ हजार रुपैयाँ र ट्रफी प्राप्त गरे ।
April 23, 2025
एजेन्सी – माथियस नुनेसले इन्ज्युरी समयमा गोल गरेपछि इंग्लिस प्रिमियर लिगमा मंगलवार म्यानचेस्टर सिटीले एस्टन भिल्लाविरुद्ध २-१ ले हराएको छ। यो जितले सिटीको युइएफए च्याम्पियन्स लिगमा छनोट हुने सम्भावनालाई थप बलियो बनेको छ । नुनेसले इन्ज्युरी समयको चौथो मिनेटमा जेरिमी डोकुको पासमा निर्णायक गोल गरे। जुन सिटीका लागि प्रिमियर लिगमा पहिलो गोल हो। पेप ग्वार्डिओलाको […]
April 23, 2025
एजेन्सी – ला लिगामामा बार्सिलोनाले शीर्ष स्थानको पकडलाई थप मजबुत बनाएको छ। मालोर्का मंगलवार १-० ले हराउँदै दोस्रो स्थानको रियल म्याड्रिडसँगको दूरीलाई पुनः७ अंकले बढाएको छ।दानी ओल्मोको गोलमा बार्सिलोनाले जित निकाल्यो । स्पेनिस मिडफिल्डर ओल्मोले दोस्रो हाफ सुरु भएको ४१ सेकेन्डमै गोल गरे । पहिलो हाफमा बार्सिलोनाले २४ ओटा प्रहार गर्दा पनि गोल गर्न सकेन। […]
April 22, 2025
नेपालगञ्ज (हाम्रो खेलकुद )- विभागीय टोली नेपाल पुलिस क्लब लुम्बिनी कप अन्तर्राष्ट्रिय आमन्त्रण महिला फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । नेपालगन्ज रंगशालामा आज भएको पहिलो सेमिफाइनल खेलमा अर्को विभागीय टोली त्रिभुवन आर्मी फुटबल क्लबलाई सडन डेथमा पुलिस अन्तिम दुईमा पुगेको हो। पेनाल्टी सुट आउटमा बराबरीपछि पुलिस फाइनलमा प्रवेश गरेको हो । निर्धारित ९० मिनेटको […]