2 months ago
March 13, 2025
दिपक बोहोरा,पाँचथर
टाइब्रेकरमा भाग्यमानी बन्दै सप्तरीको नमोबुद्ध युथ क्लब पाँचौ पाँचथर गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ ।
फिदिम माविको मैदानमा आज भएको अन्तिम सेमिफाइनलमा चर्च ब्वाइज युनाइटेडलाई टाइब्रेकरमा ४-२ ले हराउँदै नमोबुद्ध उपाधि नजिक पुगेको हो ।
९० मिनेटको निर्धारित समयमा २-२ को बराबरी भएपछि टाइब्रेकरमा नमोबुद्धले बाजी मार्यो।
टाइब्रेकरमा नमोबुद्धका विवेक गुरुङ, आयुष मगर, अनिल मगर र विवेक राईले गोल गरे । चर्च ब्वाइजका लागि विदेशी खेलाडी र सागर तिरुवाले मात्र गोल गरे । अभिषेक महतो र फोफोनाको प्रहारलाई गोलकिपर जियरथ शेखले रोके ।
यसअघि खेलको ३३औँ मिनेटमा नमोबुद्धका जेनिश प्रजापतिले गोल गर्दै सुरुवाती अग्रता दिलाए । तर, पहिलो हाफको इन्ज्युरी समयमा चर्च ब्वाइजका ध्रुव राईले गोल गर्दै खेल बराबरीमा ल्याए ।
यस्तै, ६१औँ मिनेटमा नमोबुद्धका जेनिशले फेरि गोल गर्दै २-१ को स्थितिमा ल्याए । चर्च ब्वाइजका राज भुषालले खेलको ८५औँ मिनेटमा गोल गरेर बराबरी बनाए ।
प्लेयर अफ दि म्याच दुई प्रहार रोकेका नमोबुद्धका गोलरक्षक जयरथ शेख बने । उनले नगद ७ हजार ५ सय रुपैयाँ पाए ।
नमोबुद्धको जितसँगै मच्छिन्द्र एफसीसँग फाइनलमा भेट पक्का गरेको छ । पाँचथर क्लबले आयोजना गरेको गोल्डकपको विजेताले ११ लाख १ हजार रुपैयाँ र दोस्रोले ५ लाख ५५ हजार रुपैयाँसहित ट्रफी पाउने छ । फाइनल चैत २ गते हुनेछ ।
April 29, 2025
काठमाडौं (हाम्रो खेलकुद)- सशस्त्र प्रहरी बल (एपिएफ) प्रथम बागमती प्रदेश मुख्य मन्त्री कपको सेमिफाइनलमा प्रवेश गरेको छ। नुवाकोटको बट्टारमा जारी प्रतियोगिताको आज भएको क्वाटरफाइनलमा पदमा स्पोर्टस क्लबलाई ४-० ले हराउँदै एपिएफ अन्तिम चारमा पुगेको हो । एपिएफको जितमा अनिता केसीले २ तथा रश्मि कुमारी घिसिङ र गीता रानाले समान १ गोल गरे। खेलको ११ औं […]
April 29, 2025
एजेन्सी- च्याम्पियन्स लिगको सेमिफाइनलको पहिलो लेगमा आज राति आर्सनल र पेरिस सेन्ट-जर्मेन (पिएसजी)बीच प्रतिस्पर्धा हुँदैछ। इमिरेट्स स्टेडियममा खेल नेपाली समयअनुसार राति १२:४५ बजे सुरु हुनेछ। पहिलो पटक च्याम्पियन्स लिग जित्ने दाउमा रहेको आर्सनलको लागि यो महत्वपूर्ण खेल हुनेछ। आर्सनलका प्रशिक्षक मिकेल आर्टेटाले भने, ‘हामीले यस प्रतियोगितामा सम्भवत सबैभन्दा बलियो टिम रियल मड्रिडलाई होम एण्ड अवे […]
April 29, 2025
रविन्द्र वाईबा, हेटौंडा मकवानपुर जिल्ला फुटबल संघले पहिलो पटक महिला राष्ट्रिय गोल्डकप फुटबल प्रतियोगिता आयोजना गर्दैछ। छैटाैँ संस्करणसम्म पुरुष गोल्डकप प्रतियोगिता गर्दै आइरहेको जिल्ला फुटबल संघले यस वर्षबाट पुरुषको ठाउँमा महिला गोल्डकप फुटबल प्रतियोगिता गर्न लागेको हेटौंडामा मंगलवार पत्रकार सम्मेलनमा जानकारी गराइएको छ । एन्फाका केन्द्रीय सदस्य एवम् मकवानपुर जिल्ला फुटबल संघका अध्यक्ष टीका लामाले […]