2 months ago
March 13, 2025
एजेन्सी – बोरुसिया डर्टमण्ड लिलविरुद्ध पुनरागमन जित निकाल्दै च्याम्पियन्स लिगको क्वाटरफाइनलमा प्रवेश गरेको ।
फ्रान्सेली टोली लिलले पाँचौं मिनेटमै अग्रता लिएको थियो । जब जोनाथन डेभिडले पहिलो टचमा ग्रेगर कोबेलको खुट्टाबीचबाट बललाई जाली चुमाए।
त्यो गोलले लिललाई समग्रमा २-१ को अग्रता दिलायो, किनकि पहिलो लेग जर्मनीमा १-१ को बराबरीमा सकिएको थियो।
तर, धेरै अवसर सिर्जना गरेपछि डर्टमण्डले दोस्रो हाफमा पुनरागमन गर्यो। ५४औं मिनेटमा कप्तान एम्रे चानले पेनाल्टी गोल गर्दै खेल बराबरीमा ल्याए। थोमस मुनियरले सेरहु गुइरासीलाई पेनाल्टी क्षेत्रमा फाउल गरेपछि दिइएको थियो।
म्याक्सिमिलियन बाएरले ६५ औं मिनेटमा गरेको गोल डर्टमन्डका लागि निर्णायक बन्यो। उनले गुइरासीको पासबाट गोल गरे।
बुन्डेसलिगा टोली डर्टमण्डले अर्को महिना ला लिगाको शीर्ष टोली बार्सिलोनासँग क्वाटरफाइनलमा प्रतिस्पर्धा गर्नेछ।
April 28, 2025
एजेन्सी – म्यानचेस्टर सिटी एफए कपको फाइनल पुगेको छ। नटिङ्घम फरेस्टलाई आइतवार २-० ले हराउँदै सिटी हराउँदै लगातार तेस्रो पटक एफए कप अन्तिम दुईमा पुगेको हो। वेम्बलीमा मे १७ मा सिटीले क्रिस्टल प्यालेससँग फाइनल खेल्नेछ । सिटीले सुरुवातबाटै खेललाई नियन्त्रणमा राख्यो । निराशाजनक सिजनलाई सफलताका साथ अन्त्य गर्ने लक्ष्यसहित सिटी आठौं पटक प्रसिद्ध एफए कप […]
April 28, 2025
एजेन्सी – लिभरपुलले इंग्लिस प्रिमियर लिगको उपाधि जितेको छ। टोटेनहम हटस्परलाई आइतवार ५–१ ले पराजित गरेसँगै लिभरपुलले उपाधि पक्का गरेको हो । दोस्रो स्थानको आर्सनलको कमजोर प्रदर्शनका कारण लिभरपुललाई अन्तिम ५ खेलबाट मात्र १ अंक आवश्यक थियो । टोटेनहमका डोमिनिक सोलाङ्केले खेलको १२ औं मिनेटमा गोल गर्दै लिभरपुलाई दबाबमा पारे । तर त्यो अग्रतालाई जोगाउन […]
April 27, 2025
काठमाडौं (हाम्रो खेलकुद)- गोदावरी नगरपालिकाको आयोजनामा दोस्रो उपत्यकाव्यापी अन्तर पालिका गोदावरी मेयर कप फुटबल प्रतियोगिता शनिवारबाट सुरु हुने भएको छ । काठमाडौ उपत्यकामा रहेका २१ पालिकामध्ये हालसम्म आयोजक गोदावरी सहित ११ वटा पालिकाको सहभागिता निश्चित भइसकेको गोदावरी नगरपालिकाका खेलकुद संयोजक एवं वडा नम्बर १४ का वडा अध्यक्ष निरोज बज्राचार्यले आइतवार पत्रकार सम्मेलनमा जानकारी दिए । […]