default_image

1 month ago

March 12, 2025

थ्री स्टार  विराट गोल्डकप च्याम्पियन

1050 views

0 Bookmark

विराटनगर (हाम्रो खेलकुद)- थ्री स्टार क्बलले नवौं  रमपम विराट गोल्डकप फुटबल प्रतियोगिताको उपाधि जितेको छ ।

विराटनगरको सहिद रंगशालामा बुधवार राति भएको फाइनलमा सहिद स्मारक ए डिभिजन लिग च्याम्पियन चर्च ब्वाइज युनाइटेडलाई २-० ले पराजित गर्दै थ्रीस्टार च्याम्पियन बनेको हो ।

जारी सिजनमा थ्री स्टारको‌ यो पहिलो उपाधि हो । टोलीले २४ औं आहा!रारा पोखरा गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइनल खेलेको थियो। विराट गोल्ड कपमा थ्री स्टारको यो दोस्रो उपाधि हो । यसअघि टोलीले पाँचौ संस्करण जितेको थियो ।

आज थ्री स्टारलाई जित खेमराज श्रेष्ठ र दिपेश घलेले  गोल गरे । थ्री स्टारले खेल सुरु भएको पाँचौ मिनेटमा अग्रता लियो । नविन लामाले निकालेको क्रसमा खेमराजले चलाखीपूर्ण ढंगले बललाई पोस्टको दिशा दिएका थिए ।

थ्रीस्टारले दोस्रो गोल ६३ औ मिनेटमा गर्यो । दिपेशले वान भर्सेस वानमा डिबक्स भित्रबाट गरेको प्रहार चर्च ब्वाइजका गोल किपर टिकेन्द्र थापालाई लागेर फर्किएको थियो । रिबाउन्डमा दिपेशले गोल गरे ।

थ्री स्टारका कप्तान एकराज बुढाथोकी फाइनल अफ दि म्याच घोषित भए र उनले ११ हजार रुपैयाँ प्राप्त गरे।
उपाधिसँगै थ्रीस्टारले ११ लाख रुपैयाँसहित ट्रफी प्राप्त गर्यो । चर्च ब्वाइजले ५ लाख रुपैयाँमा प्राप्त गर्यो।

विधागत पुरस्कारमा पनि थ्री स्टारको बर्चश्व रह्यो ।
थ्री स्टारका खेमराज श्रेष्ठ प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी घोषित भए । उनले ५१ हजार रुपैयाँ प्राप्त गरे। 

थ्री स्टारका विवेक मगर उत्कृष्ट गोलकिपर, गणेश खड्का उत्कृष्ट प्रशिक्षक, २ गोलसहित थ्रीस्टारका दिपेश घले सर्वाधिक गोलकर्ता रहे । उनीहरुले समान १५ हजार रुपैयाँ प्राप्त गरे।

विजेता तथा उपविजेता टोलीका खेलाडीलाई कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्की, प्रदेश सभा सदस्य भिम पराजुली, विराटनगर महानगरपालिका प्रमुख नागेश कोइराला,विराट गोल्डकपको संयोजक नविन रिजालगायतले पुरस्कृत गरे ।

फागुन १९ गते सुरु भएको गोल्डकपमा २ विदेशीसहित १० टोलीको सहभागिता रहेको थियो । 

  • थ्री स्टारले आहा !रारा गोल्डकपमा‌ सेमिफाइनल खेलेको हुनुपर्नेमा अन्यथा भएकोले सच्याइएको छ।

April 24, 2025

१५ औं साफ च्याम्पियनसिप २०२५ नहुने

काठमाडौं (हाम्रो खेलकुद)- पुरुष साफ च्याम्पियनसिपको १५ औं संस्करण पूर्वनिर्धारित समय अनुसार सन् २०२५ मा नहुने भएको छ। यसअघि जुन २५ देखि जुलाई ५ सम्म श्रीलंकामा‌ हुने तय थियो। दक्षिण एसियाली फुटबल महासंघ (साफ) ले बिहीवार साफ च्याम्पियनसिपलाई २०२६ सम्म सार्ने निर्णय गरेको जनाएको छ। साफ च्याम्पियनसिप घरेलु वा अवे ढाँचामा आयोजना गर्ने निर्णय गरिएको […]

April 24, 2025

लिग कम नकआउट गर्ने एन्फाको प्रयास असफल , ४ क्लब मात्रै दर्तामा

काठमाडौं (हाम्रो खेलकुद)- अखिल नेपाल फुटबल संघ (एन्फा) ले ए डिभिजन क्लबको लागि आयोजना गर्ने भनिएको लिग कम नकआउट प्रतियोगिता नहुने निश्चित भएको छ। वैशाख १० गतेसम्म टिमले नाम दर्ता गराउनुपर्ने समय तोकिएकोमा ३ विभागीय र संकटा क्लब गरि ४ टोलीले मात्र दर्ता गराएको एन्फा प्रवक्ता सुरेश शाहले हाम्रो खेलकुद डटकमलाई जानकारी गराए। क्लबहरू नै […]

April 24, 2025

बाँसबारीको चौथो जित

काठमाडौं (हाम्रो खेलकुद)- सहिद स्मारक ‘बी’ डिभिजन लिगमा बाँसबारी क्लबले चौथो जित हात पारेको छ। बाँसबारीले आज नयाँबस्ती युथ क्लबलाई २-० ले पराजित गर्यो। बाँसबारीको जितमा दुवै गोल सन्दीप लिम्बुले गरे। एन्फा कम्प्लेक्समा भएको खेलको पहिलो हाफमा गोल भएन। दोस्रो हाफमा भने बाँसबारीको लागि सुखद रहयो। खेलको ६८ औं मिनेटमा विके राईले एकल प्रयासमा बललाई […]

Success

Thank you for your time.