default_image

10 years ago

September 30, 2015

‘आशा मात्र, दाबी होइन’ –यु १९ प्रशिक्षक महर्जन

167 views

0 Bookmark

काठमाडौं, असोज १३– नेपाली युवा टोलीका प्रशिक्षक बालगोपाल महर्जनले एएफसी यु–१९ च्याम्पियनसिप छनोटमा सफल हुनेमा आशा गर्न सकिने भएपनि दाबी गर्न नमिल्ने बताएका छन् ।

बालगोपाल महर्जन(नेपाली प्रशिक्षक)

बालगोपाल महर्जन(नेपाली प्रशिक्षक)

इरानमा शुक्रबारबाट सुरु हुने छनोटका प्रस्थान गर्नु एक दिनअघि टोली पाएका बालगोपालले भने,‘ उमेर समूह जति माथि हुँदै गयो । त्यति प्रतियोगिता चुनौतिपूर्ण र कठिन हुन्छन् । समूह चरणमा राम्रो खेलेरअघि बढ्ने लक्ष्य हाम्रो पनि हो । तर, यसमा आशा मात्र गर्न सकिन्छ । दाबी गर्ने अवस्था छैन ।’

दुई बर्षअघि महर्जनकै प्रशिक्षणमा विमल घर्तीमगरको कप्तानमा रहेको यही टोलीले एएफसी यू–१६ को समूह चरण पार गरेको थियो । गत महिना यही टोलीले साफ यु–१९ च्याम्प्यिनसिपको उपाधि जितेको थियो । तर, त्यसपछि टोलीले छनोट चरणका लागि तयारी गर्न पाएन । किनकी राष्ट्रिय लिग भदौ २८ बाट सुरु भएपछि युवा टोली अधिकांश खेलाडी लिगमा सक्रिय रहे । यु–१९ का अधिकांश खेलाडी सदूरपश्चिमाञ्चल टोलीमा छन् । सुदूरपश्चिमले मंगलबार लिगमा पुलिसलाई ४–१ ले हराएको थियो । त्यो खेलपछि एन्फाले युवा टोलीको बिदाइ गरेको थियो । टोली बुधबार इरान प्रस्थान गरेको छ ।

छनोट चरणको समूह ‘इ’ मा नेपाल, इरान, कुवेत र जोर्डन छन् । असोज १५ मा इरानसँग खेल्दै नेपालले छनोट यात्रा सुरु गर्नेछ । नेपालले असोज १७ मा कुवेत र दुई दिनपछि जोर्डनसँग प्रतिस्पर्धा गर्नेछ ।

छनोट चरण पार गर्ने १६ टोलीले अर्को वर्ष बहराइनमा हुने एएफसी यु–१९ च्याम्पिययसिप खेल्नेछन् ।  एसियाका सहभागी राष्ट्रलाई १० समूहमा विभाजन गरिएको छ । हरेक समूहको विजेता तथा सबै समूहका मध्येबाट उत्कृष्ट ५ उपविजेता र आयोजक बहराइन गरी १६ टोलीले अन्तिम चरणमा प्रतिस्पर्धा गर्नेछन् । बहराइन छनोट चरणबाट अघि बढे उत्कृष्ट उपविजेताको छैटौं टोलीले पनि च्याम्पियनसिपमा खेल्ने मौका पाउनेछ ।

एएफसी यु–१९ को शीर्ष ४ मा पर्ने टोलीले सन् २०१७ मा दक्षिण कोरियामा हुने फिफा यु–२० विश्वकपमा एसियाको प्रतिनिधित्व गर्नेछन् ।

May 1, 2025

आरसिटी विजयी, १२ औं स्थानमा उक्लियो

काठमाडौं (हाम्रो खेलकुद)- सहिद स्मारक बी डिभिजन लिगमा लिगको पुछारमा रहेको रानी पोखरी कर्नर टिम (आरसिटी) सँग सरस्वती युथ क्लब ४-३ गोल अन्तरले पराजित भएको छ। यो जितमा आरसीटी लिगको १२ औं स्थानमा उक्लिएको छ। एन्फा कम्प्लेक्समा भएको खेलको ३६ औं मिनेटमा विशेष लामाको गोलमा सरस्वतीले अग्रता बनायो। तर यसको तीन मिनेटपछि नै आरसिटीले खेललाई […]

May 1, 2025

इन्टर मायमी च्याम्पियन्स कपको सेमिफाइनलबाटै बाहिरियो

एजेन्सी – अर्जेन्टिनी स्टार लिओनेल मेस्सीको कप्तानीमा रहेको अमेरिकी क्लब इन्टर मायमी कन्काकाफ इन्टरनेसनल च्याम्पियन्स कप अन्तर्गत सेमिफाइनलमा भान्कुभर ह्वाइटक्याप्ससँग पराजित भएको छ । सेमिफाइनलको दोस्रो लेगमा बुधबार राती मायमीले ३-१ को हार बेहोरेको हो । त्यसअघि पहिलो लेगमा २-० ले पराजित मायमी समग्रमा ५-१ को हारसँगै च्याम्पियन्स कपबाट बाहिरिन पुगेको हो । बुधबारको खेलमा […]

May 1, 2025

बार्सिलोना र इन्टरको बराबरी

एजेन्सी – बार्सिलोना र इन्टरले च्याम्पियन्स लिग सेमिफाइनलको पहिलो लेगमा बराबरी खेलेका छन्। एस्टादी ओलिम्पिक लुइस कम्पनीस बुधवार भएको रोमान्चक खेल ३-३ को बराबरी सकिएको थियो।मंगलवार पहिलो सेमिफाइनलमा पेरिस सेन्ट-जर्मेनले‌ आर्सनललाई १-० ले हराएको थियो। तर बार्सिलोना र इन्टरबीचको पहिलो लेग रोचक र प्रतिस्पर्धात्मक रह्यो । पहिलो हाफमा ४ हुँदा बराबरीमा खेल टुंगियो । बार्सिलोनाले […]

Success

Thank you for your time.