2 months ago
March 12, 2025
हिमाल खरेल, मेचीनगर
सडनडेथमा धरान एफसीलाई पराजित गर्दै आयोजक काँकरभिट्टा फुटबल ट्रेनिङ सेन्टर पाँचौँ मेचीनगर गोल्डकपको फाइनलमा प्रवेश गरेको छ ।
आज निर्धारित ९० मिनेटमा १-१ को बराबरीमा सकिएपछि निर्णयका लागि खेल सोझै टाइब्रेकरमा धकेलिएको थियो । टाइब्रेकरमा पनि ४–४ गोलको बराबरी भएपछि निर्णय सडनडेथबाट लिइएको थियो ।
सडनडेथमा काँकरभिट्टाका विदेशी खेलाडी फ्रेन्कलिन तालाले गोल गरे । धरानका रोमन लिम्बूको प्रहार गोलकिपर विवश चौधरीले बचाए ।
टाइब्रेकरमा काँकरभिट्टाका अभिषेक गुरुङ, दिवस उराउ, निशान लिम्बू र विवेक गुरुङले गोल गरे । हेमन्त लिम्बूको प्रहार बारमा लागेर फर्किएको थियो ।
धरानका मिलन राई, सबिन राई, प्रज्ज्वल थापा, अजय विष्टको प्रहार गोल गरे । सुगम जिमीको प्रहार बाहिरिएको थियो ।
त्यसअघि खेलको ३४ औँ मिनेटमा धरानका कप्तान मिलन राईले मैदानको मध्यभागबाट सिङ्गल खेल्दै लगेर पेनाल्टी एरियामा सुरज रसाइलीलाई मिलाइदिएको सट गोलमा परिणत भयो ।
खेलको ७२ औँ मिनेटमा आयोजक काँकरभिट्टाले खेल बराबरी गरेको थियो । विवेक गुरुङले प्रहार गरेको कर्नरबाट आएको बललाई हेमन्त लिम्बूले हेडर गोल गरे ।
सातौँ मिनेटमा आयोजकका विदेशी खेलाडी इब्राइमको क्रसपासमा अर्का विदेशी खेलाडी एलेक्स गोल गर्नबाट चुके । सबै खेलाडी बिट भएको अवस्थामा पाएको मौकामा उनी चुके ।
३२ औँ मिनेटमा धरानका गोलरक्षक अगाडि बढेको समयमा इब्राहिमले गरेका भली प्रहार फ्रेममा पर्न सकेन । ४८ औँ मिनेटमा आयोजकका अभिषेक गुरुङले गरेको प्रहार धरानका गोलकिपर प्रविन लिम्बूले पञ्च गर्दै क्लियर गराए ।
खेलको २९ औँ मिनेटमा धरानका मिलन राईको हेडर गोलकिपर विवशले वान हेन्ड सेफ गरे । खेलको ८८ औँ मिनेटमा धरानले अग्रता लिन अवसरबाट चुक्यो । धरानका सुरज रसाइली र विवेक राईको प्रहार बारमा लागेर फर्कियो ।
काँकरभिट्टाका गोलकिपर विवश प्लेयर अफ दि म्याच भए। उनले ११ हजार रुपैयाँ र ट्रफी पाए । प्रतियोगिताभरिका प्लेयर अफ द म्याचको पुरस्कार व्यवसायी श्याम प्रसाईं (एसपी) ले उपलब्ध गराएका हुन् ।
उपाधिका लागि काँकरभिट्टाले बिहीबार हुने अन्तिम सेमिफाइनल खेल चर्च ब्वाइज युनाइटेड र मछिन्द्र फुटबल क्लबबीचको विजेतासँग प्रतिस्पर्धा गर्नेछ ।
काँकरभिट्टाका प्रशिक्षक मुन्ना सुब्बाले विपक्षी टिम होमसेट हुँदाहुँदै पनि जित निकाल्न सफल भएको बताए । उनले आफ्नो टिममा तालमेल मिल्न नसक्दा स्कोर बढाउन नसकेको स्वीकार गरे ।
धरानका प्रशिक्षक हेमकुमार गुरुङले खेलाडीले राम्रो खेल्दाखेल्दै पनि नजिता आफ्नो हातमा नपर्नु दुर्भाग्य भएको बताए । उनले निरन्तरको खेलतालिकाले खेलाडी थाकेका कारण पनि सोचेअनुरुप नतिजा ल्याउन नसकेको बताए ।
प्रतियोगिताको विजेता १० लाख र दोस्रो हुने टोलीले ५ लाख रुपैयाँ प्राप्त गर्नेछ।
April 28, 2025
एजेन्सी – म्यानचेस्टर सिटी एफए कपको फाइनल पुगेको छ। नटिङ्घम फरेस्टलाई आइतवार २-० ले हराउँदै सिटी हराउँदै लगातार तेस्रो पटक एफए कप अन्तिम दुईमा पुगेको हो। वेम्बलीमा मे १७ मा सिटीले क्रिस्टल प्यालेससँग फाइनल खेल्नेछ । सिटीले सुरुवातबाटै खेललाई नियन्त्रणमा राख्यो । निराशाजनक सिजनलाई सफलताका साथ अन्त्य गर्ने लक्ष्यसहित सिटी आठौं पटक प्रसिद्ध एफए कप […]
April 28, 2025
एजेन्सी – लिभरपुलले इंग्लिस प्रिमियर लिगको उपाधि जितेको छ। टोटेनहम हटस्परलाई आइतवार ५–१ ले पराजित गरेसँगै लिभरपुलले उपाधि पक्का गरेको हो । दोस्रो स्थानको आर्सनलको कमजोर प्रदर्शनका कारण लिभरपुललाई अन्तिम ५ खेलबाट मात्र १ अंक आवश्यक थियो । टोटेनहमका डोमिनिक सोलाङ्केले खेलको १२ औं मिनेटमा गोल गर्दै लिभरपुलाई दबाबमा पारे । तर त्यो अग्रतालाई जोगाउन […]
April 27, 2025
काठमाडौं (हाम्रो खेलकुद)- गोदावरी नगरपालिकाको आयोजनामा दोस्रो उपत्यकाव्यापी अन्तर पालिका गोदावरी मेयर कप फुटबल प्रतियोगिता शनिवारबाट सुरु हुने भएको छ । काठमाडौ उपत्यकामा रहेका २१ पालिकामध्ये हालसम्म आयोजक गोदावरी सहित ११ वटा पालिकाको सहभागिता निश्चित भइसकेको गोदावरी नगरपालिकाका खेलकुद संयोजक एवं वडा नम्बर १४ का वडा अध्यक्ष निरोज बज्राचार्यले आइतवार पत्रकार सम्मेलनमा जानकारी दिए । […]