2 months ago
March 12, 2025
दिपक बोहोरा, पाँचथर
सानदार प्रदर्शन गर्दै मच्छिन्द्र एफसी पाँचौं पाँचथर गोल्डकपको फाइनलमा प्रवेश गरेको छ ।
पथरी ११ एफसीलाई बुधवार ३-१ ले मच्छिन्द्र उपाधि नजिक पुगेको हो । फिदिम माविको खेलमैदानमा मच्छिन्द्रलाई जित दिलाउन विशाल घलान, स्टेफन र नवयुग श्रेष्ठले गोल गरे ।
खेलको २४औं मिनेटमा विशालको आकर्षक गोलबाट मच्छिन्द्रले सुरुवाती अग्रता लियो । प्रतिस्पर्धात्मक खेलको ६६ औं मिनेट पथरी ११ बराबरी गोल फर्कायो । विदेश खेलाडी अर्माण्डले गोल गरेपछि खेल थप रोमाञ्चक बन्यो ।
तर, ८४औं मिनेटमा विदेशी खेलाडी स्टेफनले गोलमा मच्छिन्द्रले दोस्रो पटक अग्रता बनायो। नवयुगले इन्ज्युरी समयमा गरेपछि मच्छिन्द्रको फाइनल यात्रा निश्चित बनेको हो । मच्छिन्द्रका स्टेफन प्लेयर अफ दी म्याच बने र उनले ७ हजार ५ सय रुपैयाँ प्राप्त गरे।
पाँचथर क्लबले आयोजना गरेको प्रतियोगितामा भोलि चर्च ब्वाइज युनाइटेड र नमो बुद्ध युथ क्लब सप्तरीबिच दोस्रो सेमिफाइनल हुनेछ। गोल्डकपको विजेताले ११ लाख १ हजार र दोस्रो टोलीले ५ लाख ५५ हजार रुपैयाँ पाउनेछ।
April 27, 2025
एजेन्सी – डिफेन्डर जुल्स कुन्डेले अतिरिक्त समयमा गरेको सानदार गोलको मदतमा बार्सिलोनाले रियल म्याड्रिडलाई हराउँदै कोपा डेल रेको उपाधि जितेको छ । सेभिलमा भएको खेलमा बार्सिलोनाले ३-२ को जित दर्ता गरेको हो । निर्धारित ९० मिनेटको खेल २-२ मा सकिएपछि थप ३० मिनेटको खेल हुँदा कुन्डेले दोस्रो हाफमा गोल गरे । उनले झन्डै २० यार्ड […]
April 27, 2025
एजेन्सी – इप्स्विच टाउनको प्रिमियर लिगबाट रेलिगेसनमा परेको छ। १० खेलाडीमा सिमित भएको न्युक्यासल युनाइटेडसँग शनिवार ३-० ले पराजित भएसँगै इप्स्विच यो बाट रेलिगेसनमा परेको हो। बेन जोनसनले पहिलो हाफमै दुई पहेँलो कार्ड पाएर मैदानबाट बाहिरिए । न्युक्यासलले त्यसको फाइदा उठायो । अलेक्जेन्डर इसाकले पहिलो हाफको इन्जुरी समयको चौथो मिनेटमा पेनाल्टीमार्फत पहिलो गोल गरे। त्यसपछि […]
April 26, 2025
काठमाडौं (हाम्रो खेलकुद) – पोखरा थन्डर्सका आयुष घलान नेपाल सुपर लिग ( एनएसएल) को सर्वोत्कृष्ट घोषित भएका छन्। उनले २ लाख ५० हजार रुपैयाँ प्राप्त गरे । ललितपुर सिटी एफसीका सन्तोष खत्री इमर्जिङ खेलाडी चुनिए छन्। ललितपुरका मणि कुमार लामा इनरजेटिक खेलाडी चयन भएका छन् । दुवैले समान १ लाख रुपैयाँ प्राप्त गरे । पोखरा […]