default_image

1 month ago

March 12, 2025

इन्टरको च्याम्पियन्स लिगको क्वाटरफाइनलमा

374 views

0 Bookmark

एजेन्सी – इन्टर मिलानले फेयनोर्डलाई मंगलवार २-१ ले पराजित गर्दै च्याम्पियन्स लिगको क्वाटरफाइनलमा प्रवेश गरेको छ ।

सान सिरोमा भएको दोस्रो लेगको जितसँगै इन्टरले समग्रमा ४-१ अग्रता बनायो। इटालियन टोलीले पहिलो लेगमा २-० को अग्रता लिएको थियो ।

आठौं मिनेटमा मार्कस थुरामले उत्कृष्ट व्यक्तिगत प्रयासमा गोल गर्दै इन्टरलाई अग्रता दिलाए। तर ४२ औं मिनेटअघि जाकुब मोडरको पेनाल्टी गोलले फेयनोर्डलाई खेलमा फर्कायो।

तर, दोस्रो हाफ सुरु भएको छ मिनेटमै हाकान चाल्हानोग्लुले पेनाल्टीबाट गोल गर्दै इन्टरलाई पुनः अग्रता दिलाए। त्यसपछि खेल इन्टरका लागि सहज बन्यो।

अब इन्टर मिलानले क्वाटरफाइनलमा जर्मन क्लब बायर्न म्युनिखसँग प्रतिस्पर्धा गर्नेछ।

बार्सिलोनाको सहज जित

बार्सिलोना बेन्फिकालाई पराजित गर्दै च्याम्पियन्स लिगको क्वाटरफाइनलमा पुग्ने पहिलो टोली बनेको छ।
बार्सिलोनाको जितमा लामिन यामाल र राफिन्हा फेरि एक पटक नायक बने।

बार्सिलोनाले मंगलवार बेन्फिकालाई ३-१ ले हराउँदै समग्रमा ४-१ को जित दर्ता गर्दै अन्तिम आठमा स्थान सुरक्षित गरेको हो।

यामक र राफिन्हा दुवै खेलाडीले एक-अर्कालाई असिस्ट प्रदान गर्दै गोल गरे । हान्सी फ्लिकको टोलीले १४औं मिनेटमै अग्रता लियो।यामालको पासमा राफिन्हाले सहजै गोलमा गरे।

तर, त्यो खुसी लामो समय टिकेन। बेन्फिकाले दुई मिनेटमै बराबरी गोल गर्‍यो। आन्द्रियास शेल्डेरुपको कर्नरबाट निकोलस ओटामेन्डीको हेडरमा गोल गरे।

यामालले २९औं मिनेटमा गोल गर्दै टोलीलाई पुनः अग्रता दिलाए। ४२ औं मिनेटमा राफिन्हा अर्को गोल गर्दै टोलीको अन्तर फराकिलो बनाए । एलेजान्ड्रो बाल्डेको पासलाई बक्सभित्र नियन्त्रण गर्दै राफिन्होले उत्कृष्ट फिनिस गरे।

बायर्न विजयी

बायर्न म्युनिख च्याम्पियन्स लिगको‌ क्वाटरफाइनलमा पुगेको छ। बायर्न म्युनिखले मंगलवार बायर लेभरकुसेनलाई २-० ले हरायो ।

समग्रमा ५-० को अग्रतासहित बायर्न च्याम्पियन्स लिगको अन्तिम आठमा पुगेको हो। ह्यारी केन र अल्फोन्सो डेभिसको गोलमा बायर्न विजयी भएको हो।

केनले ५२ औं‌ मिनेटमा गोल गरे । यो सिजनको च्याम्पियन्स लिगमा केनको दसौं गोल हो । एउटै संस्करणमा दोहोरो अंकमा गोल पूरा गर्ने केन पहिलो‌ इङ्ग्ल्यान्ड खेलाडी बनेका छन् ।

इङ्ल्यान्डका कप्तान केनले ७१ औं मिनेटमा अल्फोन्सो डेभिसको गोलका लागि असिस्ट गरे।

पिएसजी अन्तिम आठमा

लिभरपुल च्याम्पियन्स लिगबाट बाहिरिएको छ। पेरिस सेन्ट-जर्मेन (पिएसजी) ले पहिलो लेगको पराजय उल्टाउँदै एनफिल्डमा पेनाल्टीमा ४-१ को जित हासिल गर्‍यो। यो जितले‌ पिएसजी च्याम्पियन्स लिगको क्वाटरफाइनल प्रवेश गरेको छ।

डार्विन नुनेज र कर्टिस जोन्सका प्रहार गोलकिपर जियानलुइजी डोन्नारुम्माले रोके । जबकी पिएसजीले आफ्ना सबै पेनाल्टीमा गोल गर्यो।

लुइस एनरिकेको टोलीले मंगलवार १-० को जित दर्ता गर्‍यो । ओस्मान डेम्बेलेले गोल गर्दै खेललाई बराबरीमा पुर्याए । डेम्बेलेले खेलको ११ औं मिनेटमा गोल‌ गरेका थिए ।

पहिलो लेगमा लिभरपुल १-० ले विजयी भएको थियो । १-१ को बराबरीपछि खेल थप समयमा गयो । थप समयमा नतिजा निस्किएपछि टाइब्रेकर पिएसजीले बाजी मार्यो।

April 23, 2025

म्यानचेस्टर सिटी पुनः तेस्रो स्थानमा उक्लियो

एजेन्सी – माथियस नुनेसले इन्ज्युरी समयमा गोल गरेपछि इंग्लिस प्रिमियर लिगमा मंगलवार म्यानचेस्टर सिटीले एस्टन भिल्लाविरुद्ध २-१ ले हराएको छ। यो जितले सिटीको युइएफए च्याम्पियन्स लिगमा छनोट हुने सम्भावनालाई थप बलियो बनेको छ । नुनेसले इन्ज्युरी समयको चौथो मिनेटमा जेरिमी डोकुको पासमा निर्णायक गोल गरे। जुन सिटीका लागि प्रिमियर लिगमा पहिलो गोल हो। पेप ग्वार्डिओलाको […]

April 23, 2025

बार्सिलोना शीर्षस्थानमा थप‌ बलियो

एजेन्सी – ला लिगामामा बार्सिलोनाले शीर्ष स्थानको पकडलाई थप मजबुत बनाएको छ। मालोर्का मंगलवार १-० ले हराउँदै दोस्रो स्थानको रियल म्याड्रिडसँगको दूरीलाई‌ पुनः‌७ अंकले बढाएको छ।दानी ओल्मोको गोलमा बार्सिलोनाले जित निकाल्यो । स्पेनिस मिडफिल्डर ओल्मोले दोस्रो हाफ सुरु भएको ४१ सेकेन्डमै गोल गरे । पहिलो हाफमा बार्सिलोनाले २४ ओटा प्रहार गर्दा पनि गोल गर्न सकेन। […]

April 22, 2025

पुलिस लुम्बिनी कपको फाइनलमा

नेपालगञ्ज (हाम्रो खेलकुद )- विभागीय टोली नेपाल पुलिस क्लब लुम्बिनी कप अन्तर्राष्ट्रिय आमन्त्रण महिला फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । नेपालगन्ज रंगशालामा आज भएको पहिलो सेमिफाइनल खेलमा अर्को विभागीय टोली त्रिभुवन आर्मी फुटबल क्लबलाई सडन डेथमा पुलिस अन्तिम दुईमा पुगेको हो। पेनाल्टी सुट आउटमा बराबरीपछि पुलिस फाइनलमा प्रवेश गरेको हो । निर्धारित ९० मिनेटको […]

Success

Thank you for your time.