default_image

2 months ago

March 12, 2025

च्याम्पियन्स लिग- बार्सिलोना क्वाटरफाइनलमा

917 views

0 Bookmark

एजेन्सी – बार्सिलोना बेन्फिकालाई पराजित गर्दै च्याम्पियन्स लिगको क्वाटरफाइनलमा पुग्ने पहिलो टोली बनेको छ

बार्सिलोनाको जितमा लामिन यामाल र राफिन्हा फेरि एक पटक नायक बने। बार्सिलोनाले मंगलवार बेन्फिकालाई ३-१ ले हराउँदै समग्रमा ४-१ को जित दर्ता गर्दै अन्तिम आठमा स्थान सुरक्षित गरेको हो।

यामक र राफिन्हा दुवै खेलाडीले एक-अर्कालाई असिस्ट प्रदान गर्दै गोल गरे । हान्सी फ्लिकको टोलीले १४औं मिनेटमै अग्रता लियो।यामालको पासमा राफिन्हाले सहजै गोलमा गरे।

तर, त्यो खुसी लामो समय टिकेन। बेन्फिकाले दुई मिनेटमै बराबरी गोल गर्‍यो। आन्द्रियास शेल्डेरुपको कर्नरबाट निकोलस ओटामेन्डीको हेडरमा गोल गरे।

यामालले २९औं मिनेटमा गोल गर्दै टोलीलाई पुनः अग्रता दिलाए। ४२ औं मिनेटमा राफिन्हा अर्को गोल गर्दै टोलीको अन्तर फराकिलो बनसए । एलेजान्ड्रो बाल्डेको पासलाई बक्सभित्र नियन्त्रण गर्दै राफिन्होले उत्कृष्ट फिनिस गरे।

बायर्नको जित
बायर्न म्युनिख च्याम्पियन्स लिगको‌ क्वाटरफाइनलमा पुगेको छ। बायर्न म्युनिखले मंगलवार बायर लेभरकुसेनलाई २-० ले हरायो ।

समग्रमा ५-० को अग्रतासहित बायर्न च्याम्पियन्स लिगको अन्तिम आठमा पुगेको हो। ह्यारी केन र अल्फोन्सो डेभिसको गोलमा बायर्न विजयी भएको हो।
केनले ५२ औं‌ मिनेटमा गोल गरे ।

यो सिजनको च्याम्पियन्स लिगमा केनको दसौं गोल हो । एउटै संस्करणमा दोहोरो अंकमा गोल पूरा गर्ने केन पहिलो‌ इङ्ग्ल्यान्ड खेलाडी बनेका छन् ।

इङ्ल्यान्डका कप्तान केनले ७१ औं मिनेटमा अल्फोन्सो डेभिसको गोलका लागि असिस्ट गरे।

पिएसजी अन्तिम आठमा
लिभरपुल च्याम्पियन्स लिगबाट बाहिरिएको छ। पेरिस सेन्ट-जर्मेन (पिएसजी) ले पहिलो लेगको पराजय उल्टाउँदै एनफिल्डमा पेनाल्टीमा ४-१ को जित हासिल गर्‍यो। यो जितले‌ पिएसजी च्याम्पियन्स लिगको क्वाटरफाइनल प्रवेश गरेको छ।

डार्विन नुनेज र कर्टिस जोन्सका प्रहार गोलकिपर जियानलुइजी डोन्नारुम्माले रोके । जबकी पिएसजीले आफ्ना सबै पेनाल्टीमा गोल गर्यो।

लुइस एनरिकेको टोलीले मंगलवार १-० को जित दर्ता गर्‍यो । ओस्मान डेम्बेलेले गोल गर्दै खेललाई बराबरीमा पुर्याए । डेम्बेलेले खेलको ११ औं मिनेटमा गोल‌ गरेका थिए । पहिलो लेगमा लिभरपुल १-० ले विजयी भएको थियो। १-१ को बराबरीपछि खेल थप समयमा गयो । थप समयमा नतिजा निस्किएपछि टाइब्रेकर पिएसजीले बाजी मार्यो।

April 28, 2025

लिभरपुललाई‌ प्रिमियर लिग उपाधि

एजेन्सी – लिभरपुलले इंग्लिस प्रिमियर लिगको उपाधि जितेको छ। टोटेनहम हटस्परलाई आइतवार ५–१ ले पराजित गरेसँगै लिभरपुलले उपाधि पक्का गरेको हो । दोस्रो स्थानको आर्सनलको कमजोर प्रदर्शनका कारण लिभरपुललाई अन्तिम ५ खेलबाट मात्र १ अंक आवश्यक थियो । टोटेनहमका डोमिनिक सोलाङ्केले खेलको १२ औं मिनेटमा गोल गर्दै लिभरपुलाई दबाबमा पारे । तर त्यो अग्रतालाई‌ जोगाउन […]

April 27, 2025

गोदावरी मेयर कप यसै साता

काठमाडौं (हाम्रो खेलकुद)- गोदावरी नगरपालिकाको आयोजनामा दोस्रो उपत्यकाव्यापी अन्तर पालिका गोदावरी मेयर कप फुटबल प्रतियोगिता शनिवारबाट सुरु हुने भएको छ । काठमाडौ उपत्यकामा रहेका २१ पालिकामध्ये हालसम्म आयोजक गोदावरी सहित ११ वटा पालिकाको सहभागिता निश्चित भइसकेको गोदावरी नगरपालिकाका खेलकुद संयोजक एवं वडा नम्बर १४ का वडा अध्यक्ष निरोज बज्राचार्यले आइतवार पत्रकार सम्मेलनमा जानकारी दिए । […]

April 27, 2025

महिला फुटबल टोलीको प्रशिक्षणमा ४८ खेलाडी बोलाइए

काठमाडौं (हाम्रो खेलकुद)- राष्ट्रिय महिला फुटबल टोलीको प्रशिक्षण अर्को साता सुरु हुने भएको भएको छ। एएफसी महिला एसियन कप अस्ट्रेलिया २०२६ छनोट चरणका लागि बैशाख २१ गते (मे ४ ) देखि बन्द प्रशिक्षण सुरु हुने अखिल नेपाल फुटबल संघ (एन्फा) ले जनाएको छ। टोलीका मुख्य प्रशिक्षक राजेन्द्र तामाङले बन्द प्रशिक्षणका लागि प्रारम्भिक टोलीमा ४८ खेलाडीको […]

Success

Thank you for your time.