8 hours ago
March 12, 2025
एजेन्सी – बायर्न म्युनिख च्याम्पियन्स लिगको क्वाटरफाइनलमा पुगेको छ।
बायर्न म्युनिखले मंगलवार बायर लेभरकुसेनलाई २-० ले हरायो । समग्रमा ५-० को अग्रतासहित बायर्न च्याम्पियन्स लिगको अन्तिम आठमा पुगेको हो।
ह्यारी केन र अल्फोन्सो डेभिसको गोलमा बायर्न विजयी भएको हो।
केनले ५२ औं मिनेटमा गोल गरे । यो सिजनको च्याम्पियन्स लिगमा केनको दसौं गोल हो । एउटै संस्करणमा दोहोरो अंकमा गोल पूरा गर्ने केन पहिलो इङ्ग्ल्यान्ड खेलाडी बनेका छन् ।
इङ्ल्यान्डका कप्तान केनले ७१ औं मिनेटमा अल्फोन्सो डेभिसको गोलका लागि असिस्ट गरे।
पिएसजीको जित, लिभरपुल बाहिरियो
लिभरपुल च्याम्पियन्स लिगबाट बाहिरिएको छ। पेरिस सेन्ट-जर्मेन (पिएसजी) ले पहिलो लेगको पराजय उल्टाउँदै एनफिल्डमा पेनाल्टीमा ४-१ को जित हासिल गर्यो। यो जितले पिएसजी च्याम्पियन्स लिगको क्वाटरफाइनल प्रवेश गरेको छ।
लिभरपुलका प्रशिक्षक आर्ने स्लटको नेतृत्वमा पहिलो ठूलो धक्का बेहोरेको छ। डार्विन नुनेज र कर्टिस जोन्सका प्रहार गोलकिपर जियानलुइजी डोन्नारुम्माले रोके । जबकी पिएसजीले आफ्ना सबै पेनाल्टीमा गोल गर्यो।
लुइस एनरिकेको टोलीले मंगलवार १-० को जित दर्ता गर्यो । ओस्मान डेम्बेलेले गोल गर्दै खेललाई बराबरीमा पुर्याए । डेम्बेलेले खेलको ११ औं मिनेटमा गोल गरेका थिए । पहिलो लेगमा लिभरपुल १-० ले विजयी भएको थियो।
पिएसजीले पहिलो हाफमा खेलको नियन्त्रण गर्यो।
लिभरपुल दोस्रो हाफमा उत्कृष्ट देखिएको थियो । तर आफ्नो अवसरलाई सदुपयोग गर्न सकेन।
१-१ को बराबरीपछि खेल थप समयमा गयो । थप समयमा नतिजा निस्किएपछि टाइब्रेकर पिएसजीले बाजी मार्यो।
March 12, 2025
सन्जोग चाम्लिङ राई सबैभन्दा पहिला ‘अन्तर्राष्ट्रिय महिला च्याम्पियनसिप’ आयोजनाको लागि एन्फालाई धेरै धन्यवाद । उपाधि जित्न सफल मित्र राष्ट्र म्यानमारलाई बधाई । ३ मित्र राष्ट्रहरुलाई निमन्त्रणा गरेर आयोजना गरेको अन्तर्राष्ट्रिय महिला च्याम्पियनसिपले एउटा उमंग संचार गरेर सकिएको छ । खास गरेर दक्षिण एशियाभन्दा बाहिरका टोलीहरुलाई निमन्त्रणा गर्नु यस च्याम्पियनसिपको सुन्दर पक्ष हो । म्यानमारको सहभागिताले […]
March 12, 2025
एजेन्सी – इन्टर मिलानले फेयनोर्डलाई मंगलवार २-१ ले पराजित गर्दै च्याम्पियन्स लिगको क्वाटरफाइनलमा प्रवेश गरेको छ । सान सिरोमा भएको दोस्रो लेगको जितसँगै इन्टरले समग्रमा ४-१ अग्रता बनायो। इटालियन टोलीले पहिलो लेगमा २-० को अग्रता लिएको थियो । आठौं मिनेटमा मार्कस थुरामले उत्कृष्ट व्यक्तिगत प्रयासमा गोल गर्दै इन्टरलाई अग्रता दिलाए। तर ४२ औं मिनेटअघि जाकुब […]
March 12, 2025
एजेन्सी – बार्सिलोना बेन्फिकालाई पराजित गर्दै च्याम्पियन्स लिगको क्वाटरफाइनलमा पुग्ने पहिलो टोली बनेको छ। बार्सिलोनाको जितमा लामिन यामाल र राफिन्हा फेरि एक पटक नायक बने। बार्सिलोनाले मंगलवार बेन्फिकालाई ३-१ ले हराउँदै समग्रमा ४-१ को जित दर्ता गर्दै अन्तिम आठमा स्थान सुरक्षित गरेको हो। यामक र राफिन्हा दुवै खेलाडीले एक-अर्कालाई असिस्ट प्रदान गर्दै गोल गरे । […]