1 month ago
March 12, 2025
एजेन्सी – लिभरपुल च्याम्पियन्स लिगबाट बाहिरिएको छ। पेरिस सेन्ट-जर्मेन (पिएसजी) ले पहिलो लेगको पराजय उल्टाउँदै एनफिल्डमा पेनाल्टीमा ४-१ को जित हासिल गर्यो।
यो जितले पिएसजी च्याम्पियन्स लिगको क्वाटरफाइनल प्रवेश गरेको छ। लिभरपुलका प्रशिक्षक आर्ने स्लटको नेतृत्वमा पहिलो ठूलो धक्का बेहोरेको छ।
डार्विन नुनेज र कर्टिस जोन्सका प्रहार पिएसजीका गोलकिपर जियानलुइजी डोन्नारुम्माले रोके । जबकी पिएसजीले आफ्ना सबै पेनाल्टीमा गोल गर्यो।
लुइस एनरिकेको टोलीले मंगलवार १-० को जित दर्ता गर्यो । ओस्मान डेम्बेलेले गोल गर्दै खेललाई बराबरीमा पुर्याए ।
डेम्बेलेले खेलको ११ औं मिनेटमा गोल गरेका थिए । पहिलो लेगमा लिभरपुल १-० ले विजयी भएको थियो
।
पिएसजीले पहिलो हाफमा खेलको नियन्त्रण गर्यो।
लिभरपुल दोस्रो हाफमा उत्कृष्ट देखिएको थियो । तर आफ्नो अवसरलाई सदुपयोग गर्न सकेन।
१-१ को बराबरीपछि खेल थप समयमा गयो । थप समयमा नतिजा निस्किएपछि टाइब्रेकर पिएसजीले बाजी मार्यो।
यसैबीच, आइतबार न्युक्यासलविरुद्धको काराबाओ कप फाइनल अघि लिभरपुलले डिफेन्समा चोटको संकट बेहोर्नु परेको छ । ट्रेन्ट एलेक्जान्डर-अर्नोल्ड र इब्राहिमा कोनाटे चोटका कारण मैदानबाट बाहिरिनु पर्यो।
April 23, 2025
एजेन्सी – माथियस नुनेसले इन्ज्युरी समयमा गोल गरेपछि इंग्लिस प्रिमियर लिगमा मंगलवार म्यानचेस्टर सिटीले एस्टन भिल्लाविरुद्ध २-१ ले हराएको छ। यो जितले सिटीको युइएफए च्याम्पियन्स लिगमा छनोट हुने सम्भावनालाई थप बलियो बनेको छ । नुनेसले इन्ज्युरी समयको चौथो मिनेटमा जेरिमी डोकुको पासमा निर्णायक गोल गरे। जुन सिटीका लागि प्रिमियर लिगमा पहिलो गोल हो। पेप ग्वार्डिओलाको […]
April 23, 2025
एजेन्सी – ला लिगामामा बार्सिलोनाले शीर्ष स्थानको पकडलाई थप मजबुत बनाएको छ। मालोर्का मंगलवार १-० ले हराउँदै दोस्रो स्थानको रियल म्याड्रिडसँगको दूरीलाई पुनः७ अंकले बढाएको छ।दानी ओल्मोको गोलमा बार्सिलोनाले जित निकाल्यो । स्पेनिस मिडफिल्डर ओल्मोले दोस्रो हाफ सुरु भएको ४१ सेकेन्डमै गोल गरे । पहिलो हाफमा बार्सिलोनाले २४ ओटा प्रहार गर्दा पनि गोल गर्न सकेन। […]
April 22, 2025
नेपालगञ्ज (हाम्रो खेलकुद )- विभागीय टोली नेपाल पुलिस क्लब लुम्बिनी कप अन्तर्राष्ट्रिय आमन्त्रण महिला फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । नेपालगन्ज रंगशालामा आज भएको पहिलो सेमिफाइनल खेलमा अर्को विभागीय टोली त्रिभुवन आर्मी फुटबल क्लबलाई सडन डेथमा पुलिस अन्तिम दुईमा पुगेको हो। पेनाल्टी सुट आउटमा बराबरीपछि पुलिस फाइनलमा प्रवेश गरेको हो । निर्धारित ९० मिनेटको […]