default_image

15 hours ago

March 11, 2025

ललितपुरका प्रशिक्षक र २ खेलाडी आइपुगे

592 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल सुपर लिग (एनएसएल) को साविक विजेता ललितपुर सिटी एफसीका प्रशिक्षक साइमन ग्रेसन नेपाल आइपुगेका छन् ।

युएएफएका प्रो– लाइसेन्स प्राप्त प्रशिक्षक ग्रेसनलाई ललितपुरले यो सिजनका लागि अनुबन्ध गरेको हो‌। उनले खेल जीवनमा लामो समय लेस्टर सिटी,ब्ल्याकपुल,एस्टन भिल्ला र ब्ल्याकबर्नबाट व्यवसायीक फुटबल खेलेका थिए। उनले सन् १९९६ को इङ्लिस लिग कप जितेका थिए।

प्रशिक्षकको रुपमा ग्रेसनले लिड्स युनाइटेडलाई इंग्लिस लिगको दोस्रो डिभिजन च्याम्यिनसिपमा छनोट गराउनका साथै लिड्स,हर्डसफिल्ड र प्रेस्टन नर्थलाई च्याम्पियनसिपमा उकालेका थिए ।

ग्रेसनले भारतको इन्डियन सुपर लिग (आइएसएल) टोली बेंगलुरु एफसीको प्रशिक्षण सम्हालेका थिए । उनको प्रशिक्षणमा बेंगलुरुले डुरान्ड कप जितेको थियो भने आइएसएल र सुपर कपको फाइनल खेलेको थियो । इंग्लिस फुटबलका अनुभवी प्रशिक्षकको आगमनले टोलीलाई झनै बलियो बनाउने अपेक्षा गरिएको छ ।

ललितपुरमा आबद्ध हुन पाउँदा उनि अत्यन्तै उत्साहित रहेको उल्लेख गर्दै ग्रेसनले आफ्नो अनुभवले ललितपुर तथा समग्र नेपाली फुटबलमा योगदान पुर्याउन चाहेको बताए ।

त्यस्तै ललितपुरबाट एनएसएल खेल्न प्यालेस्टिनी मिडफिल्डर जोनाथन कान्टिलाना र हाइटीका फरवार्ड केर्भेन्स बेलफोर्ट पनि सोमवार नै आइपुगेका न छन् ।

बेफोर्डले सन् २०१० देखि २०१७ सम्म हाइटीको राष्ट्रिय टोलीमा रहेका उनले १४ गोल गरेका थिए ।
बेलफोर्टले अघिल्लो सिजन बंगलादेश प्रिमियर लिग क्लब कालिकट एफसीबाट खेलेका थिए।

एसिया र मध्यपूर्वका विभिन्न शीर्ष लिगमा खेलेको अनुभव बटुलिसकेका जोनाथनलाई ललितपुरले तेस्रो विदेशी खेलाडीको रूपमा टोलीमा भित्र्याएको हो।

अनन्त तामाङ ललितपुरको मार्की प्लेयर हुन् । उनको कप्तानीमा पछिल्लो पटक ललितपुर एनएसएल च्याम्पियन बनेको थियो। यसपटक चैत १६ मा‌ एनएसएल सुरु हुनेछ।

March 11, 2025

नमोबुद्ध पाँचथर गोल्डकपको सेमिफाइनलमा

दिपक‌ बोहोरा, पाँचथर सप्तरीको नमो बुद्ध युथ क्लब फिदिममा जारी पाँचौं पाँचथर गोल्डकप प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । आज भएको अन्तिम क्वाटरफाइनलमा विभागीय टोली नेपाल पुलिस क्लबलाई‌ ३-० ले हराउँदै नमोबुद्ध अन्तिम चारमा पुगेको हो। नमोबुद्धका लागि विदेशी खेलाडी एलेक्सले २ र अर्को गोल दिपेश चाम्लिङले गरे । सुरुवाती अग्रता दिलाउने क्रममा ३९औँ मिनेटमा […]

March 11, 2025

साफ यु १९ – नेपाल र भारत एउटै समूहमा

काठमाडौं (हाम्रो खेलकुद)- दक्षिण एसियाली फुटबल फेडरेसन (साफ) ले आयोजना गर्ने सातौं साफ यु-१९ च्याम्पियनसिपमा दाबेदार भारत र नेपाल एकै समूहमा परेका छन्। आज काठमाडौंमा भएको ड्रमा नेपाल ग्रुप ‘बी’ मा आयोजक तथा ३ पटकको विजेता भारत र श्रीलंकासँग रहेको छ। ग्रुप ‘ए’ मा माल्दिभ्स,भुटान र डिफेन्डिङ च्याम्पियन बङ्गलादेश रहेका छन्। च्याम्पियनसिप भारतको अरूणाचलमा वैशाख […]

March 11, 2025

बगान युथलाई बुट्टाबारी च्यालेन्ज कपको उपाधि

हिमाल खरेल, बितामोड कचनकवलको बगान युथ क्लबले तेस्रो बुट्टाबारी च्यालेन्ज कप फुटबल प्रतियोगिताको उपाधि जितेको छ । बिर्तामोड-६ स्थित हरियाली खेलमैदानमा आज भएको फाइनलमा आयोजक बुट्टाबारी युनाइटेड क्लबलाई २-१ ले हराउँदै बगान च्याम्पियन बनेको हो । बगानको जितका लागि पहिलो हाफको इन्ज्युरी समयमा फ्रेंक्लिन ताला र खेलको ६९ औँ मिनेटमा अभिषेक गुरुङले गोल गरे । […]

Success

Thank you for your time.