3 months ago
March 10, 2025
सुमन अधिकारी, बुटवल
रुपन्देहीमा जारी सुनगाभा सैनामैना गोल्डकप २०८१ को उपाधिका लागि कपिवस्तु ११ र अभिषेक चर्च नवलपुर भिड्ने भएका छन् ।
सोमवार भएको दोस्रो सेमिफाइनल खेलमा कपिलवस्तु ११ विजयी भएपछि फाइनल समिकरण पूरा भएको छ ।
कपिलवस्तु ११ ले महाविर क्लब काठमाडौंलाई पेनाल्टी सुट आउटमा पराजित गरेको हो ।
निर्धारित समय गोलरहित बराबरीमा टुंगिएपछि खेल पेनाल्टी सुट आउटमा पुगेको थियो। पेनाल्टीमा कपिलवस्तु ५-४ ले विजयी भयो। महावीरका अरुण चौधरीको बल बाहिरिएपछि कपिलवस्तु ११ अन्तिम दुईमा पुगेको हो ।
आइतवार भएको पहिलो सेमिफाइनलमा अभिषेक चर्चले आयोजकलाई पराजित गरेको थियो । फाइनल फागुन २८ गते हुनेछ ।
मुर्गिया फुटबल क्लब, सैनामैना–४, मुर्गियाको आयोजना तथा सैनामैना नगरपालिका, रुपन्देहीको संरक्षकत्वमा जारी प्रतियोगिताको विजेताले उपाधिसहित ७ लाख र दोस्रो टोलीले ४ लाख प्राप्त गर्नेछ ।
May 29, 2025
काठमाडौं (हाम्रो खेलकुद)- एसियाली फुटबल महासंघ (एएफसी) ले एएफसी यु-२३ एसियन कप छनौटको ‘ड्र’ आज सार्वजनिक गरेको छ। मलेसियाको क्वालालम्पुरमा भएको ‘ड्र अनुसार ‘नेपालले समुह ‘के’ मा ताजिकिस्तान, फिलिपिन्स र सिरियासँग प्रतिस्पर्धा गर्नेछ। यो समूहको प्रतिस्पर्धा ताजिकिस्तानमा हुनेछ। छनोट सेप्टेम्बर १ देखि ९ सम्म (भदौ १६ देखि २४ गते ) हुनेछ। कुल ४४ राष्ट्रले छनोटमा […]
May 28, 2025
काठमाडौं (हाम्रो खेलकुद)- अखिल नेपाल फुटबल संघ (एन्फा) ले एन्फा यु १६ लिग फुटबल प्रतियोगिताको लागि नेपाल एपिएफ फुटबल क्लबलाई नबोलाउने निर्णय गरेको छ। २०८० को सहिद स्मारक ‘ए’ डिभिजन लिगमा एपिएफ रेलिगेसनमा परेको थियो। एपिएफले भने थ्री स्टारले जावलाखेल युथ क्लब विरुद्धको खेलमा दुई विदेशी खेलाडी विना भिसा खेलेको थ्री स्टार उजुरी दर्ता गराएको […]
May 28, 2025
एजेन्सी – युवा स्टार लामिन यामालले बार्सिलोनासँग आगामी ६ वर्षका नयाँ सम्झौता गरेका छन् । घरेलु फुटबलमा यो सिजन टोलीलाई तेहरो उपाधि दिलाउन मद्दत गरेका गरेका यामालसँग बार्सिलोनाले मंगलवार नयाँ सम्झौता गरेका हो। १७ वर्षीय स्पेनिस विङ्गर यामालको अघिल्लो सम्झौता २०२५–२६ सिजनको अन्त्यसम्म थियो। नयाँ सम्झौताले उनी सन् २०३१ सम्म बार्सिलोनामा रहनेछन् । २०२३ मा […]