3 months ago
March 10, 2025
काठमाडौं (हाम्रो खेलकुद)- सहिद स्मारक बी डिभिजन लिगमा ब्रिगेड ब्वाइज क्लब (बिबिसी) ले विजयी सुरुवात गरेको छ।
आज भएको खेलमा बिबिसीले श्री कुमारी क्लबलाई २-१ गोल अन्तरले पराजित गर्यो।
सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा भएको खेलमा आशिष गुरुङले १५ औं मिनेटमा गोल गर्दै बिबिसीलाई अग्रता दिलाए। यही गोलमा बिबिसीले पहिलो हाफमा १-० को अग्रता बनायो।
दोस्रो हाफ सुरु भएको चौथो मिनेटमा नै बिबिसीले खेलमा अग्रता दुगुना गर्यो। आशिषले नै गोल गरे। श्री कुमारीले खेलको ६१ औं मिनेटमा एक गोल फर्कायो। प्रणय गुरुङले गोल गरे।
खेल २-१ को स्थितिमा पुग्यो। यसपछि थप गोल भएन। बिबिसी २-१ को जितमा ३ अंकका साथ लिगको सुरुवात गरेको छ।
आजै भएको पहिलो खेलमा प्लानिङ ब्वाइजले झापा फुटबल क्लबलाई २-१ गोल अन्तरले हराएको थियो।
लिग अन्तर्गत भोलि पनि दुई खेल हुनेछन्।
भोलि टुसाल युथ क्लब र मध्यपुर युथ एसोसिएसन तथा रानी पोखरी कर्नर टिम (आरसिटी) र श्री भगवती क्लबबीच प्रतिस्पर्धा हुनेछ।
May 25, 2025
एजेन्सी – रियल म्याड्रिडले जितका साथ यो सिजन ला लिगाको अन्त्य गरेको छ। रियल सोसिडाडलाई शनिवार २-० ले हराउँदै रियलले ला लिगामा सुखद अन्त्य गरेको हो । टोलीका लागि दुबै गोल किलियन एम्बाप्पेले गरे । एमबाप्पेले ३१ गोल गर्दै ला लिगाको समाप्त गरे। रियलका प्रशिक्षक कार्लो एन्चेलोट्टी र कप्तान लुका मोड्रिचको यो बिदाइ खेल पनि […]
May 24, 2025
काठमाडौं (हाम्रो खेलकुद)- दक्षिण एसियाली फुटबल महासंघ (साफ) ले पहिलो पटक साफ महिला क्लब च्याम्पियनसिप आयोजना गर्ने भएको छ। काठमाडौंमा आज भएको साफ कार्यकारिणी समितिको बैठकले साफ महिला क्लब च्याम्पियनसिप आयोजना गर्ने निर्णय गरेको हो । च्याम्पियनसिप सन् २०२५ को नोभेम्बरमा नेपाललमा हुने तय भएको छ। तर प्रतियोगिताको फरम्याट तथा कुन प्रक्रियाबाट क्लब छनोट हुने […]
May 23, 2025
काठमाडौं (हाम्रो खेलकुद)- च्याम्पियन प्लानिङ ब्वाइज क्लबका प्रताप सिंह राई सहिद स्मारक बी डिभिजन लिगका सर्वोत्कृष्ट खेलाडी चुनिएका छन् । उनले ट्रफीसहित १ लाख रुपैयाँ प्राप्त गरे। १५ गोलसहित प्लानिङ ब्वाइजका फागुराम थारु सर्वाधिक गोलकर्ता बने। टुसाल युथ क्लबविरुद्ध लिगको अन्तिम खेलमा ८-३ को जित निकाल्दा अन्तिम खेलमा फागुरामले ५ गोल गरेका थिए। उनले ५० […]