default_image

2 hours ago

March 10, 2025

अस्ट्रेलियामा यतिलाई कँडेल कप फुटबलको उपाधि

382 views

0 Bookmark

मेलबर्न (हाम्रो खेलकुद) – आयोजक यति एफसी फुटबल क्लबले १४औं कँडेल कन्सल्टेन्सी कप २०२५ को उपाधि उचालेको छ ।

रोयल वेष्टर्न क्लबलाई ३–२ ले पराजित गर्दै आयोजक यति फुटबल क्लब च्याम्पियन बनेको हो ।

अस्ट्रेलियाको मेलबर्न स्थित डेराविन इस्पोर्ट सेन्टरमा भएको फाइनल खेलमा आयोजक यतिका लागि कप्तान अभियान प्रधान, सुमन लामा र तेज तामाङले गोल गरे । आकाश बुढामगर र रवि थिङले रोयलका लागि गोल फर्काएपनि जित सम्भव भएन ।

प्लेयर अफ दि फाइनल समेत बनेका गोलरक्षक एलन न्यौपानेले उत्कृष्ट प्रदर्शन गरेका थिए । यतिले ट्रफीसहित १२ हजार अष्ट्रेलियन डलर जितेको छ । उपविजेता रोयलले ४ हजार ५ सय डलर प्राप्त गर्यो।

यस्तै ३५ वर्ष माथिको स्पर्धामा पनि यतिले नै बाजी मार्यो । यतिले मकआर्थर नेप्लिज क्लबलाई ४–३ ले पराजित गर्दै उपाधि जत्न सफल भयो ।

यतिका लागि सागर थापा, जुमानु राई, पंकज लामिछाने र युकेश श्रेष्ठले गोल गरे । युकेश प्लेयर अफ दि फाइनल बने ।

पराजित टिमका लागि अनिल गुरुङले २ तथा राजेशले १ गोल फर्काए । विजेता यतिले २ हजार ५ सय र उपविजेताले १ हजार डलर प्राप्त गरेको छ ।

व्यक्तिगत विधातर्फ आयोजक टिमकै खेलाडीको बर्चस्व रहयो । यतिका सुमन लामा सर्वोत्कृष्ट खेलाडी घोषित भए । यतीकै एलन न्यौपाने उत्कृष्ट गोलरक्षक र आशिष लामा सर्वाधिक गोलकर्ता बने । आशिषले ६ खेलमा १० गोल गरे ।

३५ बर्षमाथि सागर थापा र अनिल गुरुङले सर्वाधिक गोलकर्ताको पुरस्कार जिते । सागर प्रतियोगिताकै उत्कृष्ट घोषित हुँदा यतिकै कवुस अमात्य उत्कृष्ट गोलरक्षक बने । उनीहरु सबैले २ सय डलर हात पारे ।

एकदिने प्रतियोगितामा अष्ट्रेलियाका बिभिन्न राज्यबाट ४० टोलीको सहभागिता रहेको क्लबका उपाध्यक्ष तथा प्रतियोगिता संयोजक सज्जन शर्माले बताए ।

March 10, 2025

प्लानिङ ब्वाइजको विजयी सुरुवात

काठमाडौं (हाम्रो खेलकुद)- प्लानिङ ब्वाइज युनाइटेडले सहिद स्मारक बी डिभिजन लिगमा विजयी सुरुवात गरेको छ। प्लानिङ ब्वाइजले सोमवार झापा फुटबल क्लबलाई २-१ले हराउँदै ३ अंकका साथ लिगको सुरुवात गरेको छ। सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा भएको खेलको १६ औं मिनेटमा प्लानिङ ब्वाइजले अग्रता बनायो। फागु राम थारूले गोल गरे। यो गोल जारी बी डिभिजन लिगको पहिलो गोल […]

March 10, 2025

थ्री स्टार विराटनगर गोल्डकपको फाइनलमा

विराटनगर (हाम्रो खेलकुद )- थ्री स्टार क्बल विराटनगरमा जारी नवौं रमपम विराट गोल्डकपको फाइनलमा पुगेको छ । विराटनगरको सहिद रंगशालामा आइतवार पहिलो सेमिफाइनलमा अर्को ए डिभिजन टोली त्रिभुवन आर्मी एफसीलाई ३-२ ले हराउँदै थ्रीस्टार फाइनलमा पुगेको हो । थ्री स्टारका प्रशान्त लिम्बु, दिपेश घले र नविन लामाले गोल गरे । आर्मीका‌ लागि नवयुग श्रेष्ठ र […]

March 10, 2025

एम्बाप्पे र जुनियरको गोलमा रियलको जित

एजेन्सी – रियल म्याड्रिड स्पेनिस ला लिगा अंक तालिकाको दोस्रो स्थानमा उक्लिएको छ। रियलले आइतवार रायो भालेकानोलाई २-१ ले पराजित गरेको हो। अर्को खेलमा गेटाफेले एट्लेटिको म्याड्रिडलाई २-१ ले हराएको थियो। रियल दोस्रोमा उक्लियो भने एट्लेटिको तेस्रो स्थानमा झर्यो । सान्टियागो बर्नाबेउमा ३० औं मिनेटमा केलियन एम्बाप्पेको गोलमा रियले अग्रता लियो। ३४औं मिनेटमा भिनिसियस जुनियरले […]

Success

Thank you for your time.