default_image

3 months ago

March 10, 2025

प्लानिङ ब्वाइजको विजयी सुरुवात

472 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद)- प्लानिङ ब्वाइज युनाइटेडले सहिद स्मारक बी डिभिजन लिगमा विजयी सुरुवात गरेको छ।

प्लानिङ ब्वाइजले सोमवार झापा फुटबल क्लबलाई २-१ले हराउँदै ३ अंकका साथ लिगको सुरुवात गरेको छ।

सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा भएको खेलको १६ औं मिनेटमा प्लानिङ ब्वाइजले अग्रता बनायो। फागु राम थारूले गोल गरे। यो गोल जारी बी डिभिजन लिगको पहिलो गोल हो।

तर यो अग्रता झापाले ३९ औं मिनेटमा तोड्यो। पुजन राईले बराबरी गोल फर्काए। यो सँगै पहिलो हाफ १-१ गोलको बराबरीमा सकियो।

प्लानिङ ब्वाइजले पुन: अग्रता बनायि। ६३ औं मिनेटमा सुजन डंगोलले गोल गरे। यसपछि थप गोल भएन। प्लानिङ ब्वाइजले २-१ को जितका साथ सुखद सुरुवात गर्यो।

आज हुने दोस्रो खेलमा ब्रिगेड ब्वाइज क्लब र श्री कुमारी क्लबबीच प्रतिस्पर्धा हुनेछ।

१४ क्लबको सहभागिता रहेको लिग समाप्तीमा शीर्ष २ क्लब ए-डिभिजनमा बढुवा हुनेछन् । अंक तालिकाको पुछारमा २ क्लब सी- डिभिजनमा घटुवा हुनेछन्।

June 1, 2025

पिएसजी पहिलो पटक च्याम्पियन्स लिग विजेता

एजेन्सी – पेरिस सेन्ट-जर्मेन (पिएसजी) ले युइएफए च्याम्पियन्स लिगको उपाधि जितेको छ। इन्टर मिलानलाई बुधवार ५-० ले हराउँदै पिएसजी च्याम्पियन बनेको हो । पिएसजीले पहिलो पटक च्याम्पियन्स लिग उपाधि जितेको हो । फ्रेन्च लिग वान च्याम्पियन टोली पिएसजीलाई जित दिलाउन डिजेर डुवेले २, आक्राफ हाकिमी,ख्विचा क्वारात्स्खेलिया, सेनी मायुलुले समान १ गोल गरे। हाकिमीले १२ औं […]

May 31, 2025

च्याम्पियन्स लिग फाइनल – पिएसजी र इन्टर भिड्दै

एजेन्सी – युइएफए च्याम्पियनसिपको उपाधिका लागि आज पेरिस सेन्ट-जर्मेन (पिएसजी) र इन्टर मिलानबीच आज प्रतिस्पर्धा हुँदैछ। फाइनल जर्मनीको म्युनिखमा नेपाली समयअनुसार राति १२:४५ बजे हुनेछ।‌ यो सिजनको फाइनलमा धेरैले यी दुई टोलीलाई अपेक्षा गरेका थिएनन्। तर उनिहरुले ठूला प्रतिद्धन्द्धीलाई माथ दिंदै फाइनलमा स्थान बनाएका हुन्। लुइस एनरिकको नेतृत्वमा युवा जोश भरपुर पिएसजीको फाइनलसम्मको यात्रा निकै […]

May 30, 2025

एन्फा यु-१६ लिग अर्को‌ महिना

काठमाडौं (हाम्रो खेलकुद)- एन्फा यु १६ लिग अर्को महिना आयोजना हुने भएको छ। अखिल नेपाल फुटबल संघ (एन्फा) एन्फा पदाधिकारी र ए-डिभिजन क्लबका प्रतिनिधिबीच आज भएको छलफलमा असार २० गते यु १६ लिग सुरु गर्ने तय भएको‌ हो । युथ लिगमा सहभागी हरेक क्लबलाई तयारी खर्चस्वरूप ३ लाख ५० हजार रुपैयाँ प्रदान गर्ने समेत निर्णय […]

Success

Thank you for your time.