5 hours ago
March 10, 2025
विराटनगर (हाम्रो खेलकुद )- थ्री स्टार क्बल विराटनगरमा जारी नवौं रमपम विराट गोल्डकपको फाइनलमा पुगेको छ ।
विराटनगरको सहिद रंगशालामा आइतवार पहिलो सेमिफाइनलमा अर्को ए डिभिजन टोली त्रिभुवन आर्मी एफसीलाई ३-२ ले हराउँदै थ्रीस्टार फाइनलमा पुगेको हो ।
थ्री स्टारका प्रशान्त लिम्बु, दिपेश घले र नविन लामाले गोल गरे । आर्मीका लागि नवयुग श्रेष्ठ र निरज चौधरीले गोल गरे।
थ्री स्टारले पहिलो मिनेटमा प्रशान्तको
गोलबाट अग्रता लियो । दिपेशले निकालेको क्रसमा उनले गोल गरेका हुन्।
२८ औं मिनेटमा आशिष चापागाईले निकालेको पासलाई दिपेशले गोल गर्दै अग्रता दोब्बर बनाए । नविनले ८१ औं गोल गर्दै थ्री स्टारको अग्रता ३-० बनाए ।
खेलको अन्त्यतिर २ गोल गर्दै आर्मीले खेलमा फर्कने कोशिस गरेपनि सफलता मिलेन। नवयुगले ८३ औं मिनेटमा गोल गरे । इन्ज्युरी समयमा निरजले पेनाल्टीमा गोल गरे ।
निशान्त राईलाई थ्री स्टारका खेलाडीले पेनाल्टी बक्स भित्र फाउल गरेपछि रेफ्री श्याम दनुवारले आर्मीलाई पेनाल्टी दिएका थिए ।
थ्री स्टारका प्रशान्त प्लेयर अफ दि म्याच घोषित भए।
थ्रीस्टारले नेपाल पुलिस क्लब र चर्च ब्वाइज युनाइटेडबिच को विजेतासँग फाइनल खेल्नेछ । दोस्रो सेमिफाइनल आज हुनेछ।
March 10, 2025
एजेन्सी – रियल म्याड्रिड स्पेनिस ला लिगा अंक तालिकाको दोस्रो स्थानमा उक्लिएको छ। रियलले आइतवार रायो भालेकानोलाई २-१ ले पराजित गरेको हो। अर्को खेलमा गेटाफेले एट्लेटिको म्याड्रिडलाई २-१ ले हराएको थियो। रियल दोस्रोमा उक्लियो भने एट्लेटिको तेस्रो स्थानमा झर्यो । सान्टियागो बर्नाबेउमा ३० औं मिनेटमा केलियन एम्बाप्पेको गोलमा रियले अग्रता लियो। ३४औं मिनेटमा भिनिसियस जुनियरले […]
March 10, 2025
एजेन्सी – आर्सनल र म्यानचेस्टर युनाइटेडले इंग्लिस प्रिमियर लिगमा आइतवार बराबरी खेलेका छन्। आर्सनल र युनाइटेडबिचको खेल १-१ को बराबरीमा टुंगिएको हो । घरेलु मैदानमा अग्रता जोगाउन नसक्दा युनाइटेड बराबरीमा रोकियो । युनाइटेडका लागि पहिलो हाफको इन्ज्युरी समयमा बुर्नो फर्नाडेसले गोल गरेका थिए । उनले पेनाल्टी बक्स बाहिर फ्रिकिकमा गोल गरेका हुन्। तर, ७४औं मिनेटमा […]
March 10, 2025
एजेन्सी – रेलिगेसन जोनको लेस्टर सिटीमाथि कठिन जित निकाल्दै चेल्सीले इंग्लिस प्रिमियर लिगको चौथो स्थानमा उक्लिएको छ। चेल्सीले आइतवार भएको खेलमा लेस्टरलाई १-० ले हरायो । घरेलु मैदानमा चेल्सीका मार्क कुकुरेलाले निर्णायक गोल गरे । डिफेन्डर कुकुरेलाले ६०औं मिनेटमा गोल गरेका हुन् । जितसँगै चेल्सी २८ खेलबाट ४९ अंकका साथ चौथो स्थानमा उक्लिएको छ । […]