2 months ago
March 10, 2025
एजेन्सी – रियल म्याड्रिड स्पेनिस ला लिगा अंक तालिकाको दोस्रो स्थानमा उक्लिएको छ।
रियलले आइतवार रायो भालेकानोलाई २-१ ले पराजित गरेको हो। अर्को खेलमा गेटाफेले एट्लेटिको म्याड्रिडलाई २-१ ले हराएको थियो।
रियल दोस्रोमा उक्लियो भने एट्लेटिको तेस्रो स्थानमा झर्यो । सान्टियागो बर्नाबेउमा ३० औं मिनेटमा केलियन एम्बाप्पेको गोलमा रियले अग्रता लियो।
३४औं मिनेटमा भिनिसियस जुनियरले गोल गर्दै रियलको अग्रता दोब्बर पारे। पहिलो हाफको इन्ज्युरी समयको दोस्रो मिनेटमा भालेकानोका पेड्रो डियाजले गोल गरे।
रियलको २७ खेलबाट ५७ अंक पुगेको छ। एक खेल कम खेलेको शीर्षस्थानको बार्सिलोनाको पनि ५७ अंक छ । तेस्रो स्थानको एट्लेटिकोको ५६ अंक छ। भालेकानो ३६ अंकसहित आठौं स्थानमा छ।
आइतवार अन्य खेलमा सेभिलाले रियल सोसिडाडलाई र रियल बेटिसले लस पालमसलाई समान १-० ले हरायो । एथ्लेटिक क्लब र मालोर्काले १-१ को बराबरी खेले ।
May 23, 2025
काठमाडौं (हाम्रो खेलकुद)- च्याम्पियन प्लानिङ ब्वाइज क्लबका प्रताप सिंह राई सहिद स्मारक बी डिभिजन लिगका सर्वोत्कृष्ट खेलाडी चुनिएका छन् । उनले ट्रफीसहित १ लाख रुपैयाँ प्राप्त गरे। १५ गोलसहित प्लानिङ ब्वाइजका फागुराम थारु सर्वाधिक गोलकर्ता बने। टुसाल युथ क्लबविरुद्ध लिगको अन्तिम खेलमा ८-३ को जित निकाल्दा अन्तिम खेलमा फागुरामले ५ गोल गरेका थिए। उनले ५० […]
May 23, 2025
काठमाडौं (हाम्रो खेलकुद)- च्याम्पियन प्लानिङ ब्वाइज क्लबले अपराजित रहँदै सहिद स्मारक बी डिभिजन लिगको अन्त्य गरेको छ। ब्वाइज युनियनले दशरथ रंगशालामा आज रेलिगेसनमा परेको टुसाल युथ क्लबलाई ८-३ को फराकिलो अन्तर हरायो । दशरथ रंगशालामा खेलपछि प्लानिङले उपाधि उाचाल्यो। उसले १५ लाख रुपैयाँ पनि प्राप्त गर्यो । प्लानिङ ब्वाइजको जितमा फागुराम थारु एक्लैले ५ गोल […]
May 23, 2025
काठमाडौं (हाम्रो खेलकुद)- महिला राष्ट्रिय फुटबल टोलीले घोषणा भएको छ। अखिल नेपाल फुटबल संघ (एन्फा) ले थाइल्याण्डविरुद्धका मैत्रीपूर्ण खेलको लागि शुक्रवार टोली घोषणा गरेको हो । मुख्य प्रशिक्षक राजेन्द्र तामाङले २३ सदस्यीय टोलीको सार्वजनिक गरे। नेपालले बैंककमा १६ र १९ गते दुई खेल खेल्नेछ । सन् २०२६ को एएफसी महिला एसियन कप अष्ट्रेलिया छनोट प्रतियोगिताको […]