7 hours ago
March 9, 2025
सुमन अधिकारी, बुटवल
तिलोत्तमा गोल्डकप फुटबल प्रतियोगिताको २३ औं संस्करण अर्को महिना हुने भएको छ।
बुटवल उपमहानगरपालिकाको संरक्षरण तथा रुपन्देही जिल्ला फुटबल संघको आयोजनामा प्रतियोगिता चैत ९ गते सुरु हुनेछ।
रुपन्देही फुटबलले आइतवार बुटवलमा पत्रकार सम्मेलन गर्दै प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको जनाएको छ ।
संघका अध्यक्ष लोक पुनले नेपालकै प्रतिष्ठित गोल्ड कपमध्येको एक तिलोत्तमा गोल्डकपलाई भव्य रुपमा आयोजना गर्ने लक्ष्यसहित तयारीका काम भैरहेको बताए ।
प्रतियोगिताको विजेताले १२ लाख १२ हजार २ सय २२ र दोस्रो टोलीले ६ लाख ६६ हजार ६ सय ६६ रुपैयाँ प्राप्त गर्ने छ ।
यसैगरि उत्कृष्ट गोलरक्षक, डिफेन्डर, मिडफिल्डर, फरवार्ड, प्रशिक्षकले ३१ हजार रुपैयाँ प्राप्त गर्नेछन्।
सर्वोत्कृष्ट खेलाडीले स्कुटर वा मोटरसाइकल पाउने बताइएको छ । हरेक प्लेयर अफ दी म्याचले ११ हजार १ सय ११ रुपैयाँबाट पुरस्कृत बुनेछन् ।
प्रतियोगितामा रुपन्देही–११, संकटा एफसी, मच्छिन्द्र एफसी, चर्च ब्याईज क्लब, थ्री स्टार क्लब, त्रिभुवन आर्मी एफसी , नेपाल पुलिस क्लब, एपिएफ एफसी, एडोर्न गडवाल स्पोर्टिङ क्लब, उज्वेकिस्तानको ब्ल्याक बुल्स एफसीलाई पत्राचार गरिएको र्यसबाट ८ टोलीलाई सहभागी गराइने बताइएको छ।
साविक विजेता मनाङ मर्याङ्दी क्लबको भने सहभागिता नरहने बताइएको छ ।
March 9, 2025
सुमन अधिकारी, बुटवल अभिषेक चर्ज रजहर नवलपुर रुपन्देहीमा जारी सुनगाभा सैनामैना गोल्डकपको फाइननलमा प्रवेश गरेको छ रुपन्देहीको सैनामैना नगरपालिका-४ सैनामैना फुटबल रंगशालामा आइतवार पहिलो सेमिफाइनलमा आयोजक मुर्गिया फुटबल क्लबलाई २-० गोलले हराउदै अभिशेष चर्च फाइनलमा प्रवेश गरेको हो। अभिषेक चर्चका लागि दुवै गोल मार्टिन्सले गरे । मार्टिन्सले ६८ औं र ७८ औं मिनेटमा गोल गरे। […]
March 9, 2025
दिपक बोहोरा, पाँचथर सहिद स्मारक ए डिभिजन लिग विजेता चर्च ब्वाइज युनाइटेड फिदिममा जारी पाँचौ पाँचथर गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइनलमा पुगेको छ। फिदिम माविको खेलमैदानमा आइतवार दोश्रो क्वाटरफाइनलमा भारतको हिल्स फुटबल एकेडेमीलाई ४- ० ले हराउँदै अन्तिम चारमा पुगेको हो। चर्च ब्वाइजलाई जित दिलाउन राज भुसालले २, फोडे फोफना र अभिषेक महतोले समान १ गोल […]
March 9, 2025
काठमाडौं (हाम्रो खेलकुद)- सहिद स्मारक बी डिभिजन लिग आज सुरु भएको छ। च्यासल युथ क्लब र वीरगञ्ज युनाइटेडबीचको उद्घाटन खेल गोल रहित बराबरीमा सकिएको छ। दशरथ रंगशालामा भएको खेलमा यु-१९ का युवा खेलाडीले भरिएको च्यासलले दबाब बनाउँदै गोल गर्ने अवसर सिर्जना गरेपनि गोल गर्न सकेन। वीरगञ्जले काउन्टर अटयाकमा पाएको केहि मौकालाई सदुपयोग गर्न सकेन । […]