default_image

6 hours ago

March 9, 2025

चर्च ब्वाइज पाँचथर गोल्डकपको सेमिफाइनलमा

322 views

0 Bookmark

दिपक बोहोरा, पाँचथर

सहिद स्मारक ए डिभिजन लिग विजेता चर्च ब्वाइज युनाइटेड फिदिममा जारी पाँचौ पाँचथर गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइनलमा पुगेको छ।

फिदिम माविको खेलमैदानमा आइतवार दोश्रो क्वाटरफाइनलमा भारतको हिल्स फुटबल एकेडेमीलाई ४- ० ले हराउँदै अन्तिम चारमा पुगेको हो।

चर्च ब्वाइजलाई जित दिलाउन राज भुसालले २, फोडे फोफना र अभिषेक महतोले समान १ गोल गरे। खेलमा पाहुना टोली हिल्सले गोलको केही अवसर बनाएको थियो। तर, हिल्सले पाएको मौकालाई सदुपयोग गर्न सकेन।

छैंटौं मिनेटमा राजले गोल गर्दै चर्च ब्वाइजलाई सुरुवाती अग्रता दिलाए। बाँया कर्नरबाट प्राप्त क्रसमा राजले वानटच गोल गरे।

आठौं मिनेटमा फोफनाले अग्रता दोब्बर बनाए। मैदानको मध्य भागबाट एक्लै बल अघि बढाएर उनले गोल गरे।
६४ औं मिनेटमा अभिषेकले गोल गरेका । इन्ज्युरी समयमा राजले अर्को गोल गरेपछि चर्च ब्वाइजले सहज जित निकाल्यो ।

२ गोल गरेका चर्च ब्वाइज राज प्लेयर अफ दि म्याच चुनिए र उनले ७ हजार ५ सय रुपैयाँ प्राप्त गरे ।
फिदिम ४ निवासी मन्जु श्रेष्ठ फ्यान अफ दि म्याच भइन् र उनले २ हजार ५ सय रुपैयाँ प्राप्त गरिन् ।

चर्च ब्वाइजले पूर्वमा जारी ३ वटै प्रतियोगिता एकै पटक भाग लिएको छ । विराट गोल्डकपमा सेमिफाइनल पुगेको भोलि पल्ट आज चर्च ब्वाइजले पाँचथर र झापाको मेचीनगर गोल्डकप खेल्यो । मेचीनगरमा पनि चच ब्वाइज सेमिफाइनल पुगेको छ।

पाँचथर गोल्डकपको विजेताले ११ लाख १ हजार, दोस्रो हुने टोलीले ५ लाख ५५ हजार रुपैयाँ प्राप्त गर्नेछ ।

पाँचथर गोल्डकपमा सोमवारको खेल
मच्छिन्द्र क्लब विरुद्ध हिमालय शेर्पा क्लब

March 9, 2025

अभिषेक चर्च सुनगाभा सैनामैना गोल्डकपको फाइनलमा

सुमन अधिकारी, बुटवल अभिषेक चर्ज रजहर नवलपुर रुपन्देहीमा जारी सुनगाभा सैनामैना गोल्डकपको फाइननलमा प्रवेश गरेको छ रुपन्देहीको सैनामैना नगरपालिका-४ सैनामैना फुटबल  रंगशालामा आइतवार पहिलो सेमिफाइनलमा आयोजक मुर्गिया फुटबल क्लबलाई २-० गोलले हराउदै अभिशेष चर्च फाइनलमा प्रवेश गरेको हो। अभिषेक चर्चका लागि दुवै गोल मार्टिन्सले गरे । मार्टिन्सले ६८ औं र ७८ औं मिनेटमा गोल गरे। […]

March 9, 2025

तिलोत्तमा गोल्डकप अर्को महिना

सुमन अधिकारी, बुटवल तिलोत्तमा गोल्डकप फुटबल प्रतियोगिताको २३ औं संस्करण अर्को महिना हुने भएको छ। बुटवल उपमहानगरपालिकाको संरक्षरण तथा रुपन्देही जिल्ला फुटबल संघको आयोजनामा प्रतियोगिता चैत ९ गते सुरु हुनेछ। रुपन्देही फुटबलले आइतवार बुटवलमा पत्रकार सम्मेलन गर्दै प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको जनाएको छ । संघका अध्यक्ष लोक पुनले नेपालकै प्रतिष्ठित गोल्ड कपमध्येको एक तिलोत्तमा […]

March 9, 2025

च्यासल र वीरगञ्जको बराबरी

काठमाडौं (हाम्रो खेलकुद)- सहिद स्मारक बी डिभिजन लिग आज सुरु भएको छ। च्यासल युथ क्लब र वीरगञ्ज युनाइटेडबीचको उद्घाटन खेल गोल रहित बराबरीमा सकिएको छ। दशरथ रंगशालामा भएको खेलमा यु-१९ का युवा खेलाडीले भरिएको च्यासलले दबाब बनाउँदै गोल गर्ने अवसर सिर्जना गरेपनि गोल गर्न सकेन। वीरगञ्जले काउन्टर अटयाकमा पाएको केहि मौकालाई सदुपयोग गर्न सकेन । […]

Success

Thank you for your time.