default_image

8 hours ago

March 9, 2025

एनएसएलको ड्राफ्ट बाट २७ खेलाडी अनुबन्ध

1585 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल सुपर लिग (एनएसएल) तेस्रो संस्करणको क्याटगरी ‘सी’ खेलाडी अनुबन्धनका लागि ड्राफ्ट भएको छ । सहभागी ७ टोलीले ड्राफ्टबाट २७ खेलाडी भित्र्याएका छन् ।

पोखराले एक खेलाडी रिटेन गरेकोले उसले ड्राफ्टबाट मात्र ३ खेलाडी भित्र्यायो । बाँकी ६ टोलीले समान ४ खेलाडीलाई आबद्ध गरेका छन् ।

ड्राफ्टको लागि अखिल नेपाल फुटबल संघ (एन्फा) सँगको सहकार्यमा ९४ खेलाडीको नाम क्याटगरी ‘सी’ को ड्राफ्टमा राखिएको आयोजक नेपाल स्पोर्ट्स एण्ड इभेन्ट म्यानेजमेन्टले जनाएको छ।

यो क्यटगरीका खेलाडीले १ लाख देखि १ लाख ५० हजार रुपैयाँ पाउने नियम रहेको छ। अक्सन सकिएको एक साताभित्र ड्राफ्ट सम्पन्न गर्ने भनिएको थियो। तर ड्राफ्ट निर्धारित समय भन्दा पछि भएको हो।

ड्राफ्टबाट अनुबन्धित खेलाडीहरूको सूची

बुटवल लुम्बिनी

१. सुमन श्रेष्ठ
२. निङ्गसाम लिम्बू
३. खेम राज श्रेष्ठ
४. मनिष सेढाईं

धनगढी एफसी

१. अमृत श्रेष्ठ
२. रोहन खड्गी
३. हरिष राज बाथिटा
४. सन्तोष महक्तो

एफसी चितवन

१. विवेक गुरूङ
२. शिशिर चौधरी
३. विशाल स्याङ्गतान
४. प्रदीप भण्डारी

झापा एफसी

१. सृजन दानी
२. एरोन थापा
३. श्याम मुर्मु
४. अभिषेक गुरूङ

काठमाडौ रेजर्स एफसी

१. भरत चौधरी
२. मौसम लुङ्गेली मगर
३. पुष्कर खड्का
४. पेम्बा दोर्जी लामा

ललितपुर सिटी एफसी

१. मनोज राई
२. पवन शाही
३. दीपेश घले
४. अनुष क्षेत्री

पोखरा थन्डर्स

१. नरेन चौधरी (रिटेन)
२. गौरव श्रेष्ठ
३. सकल रेग्मी
४. प्रविण कुमार सुनार

एनएसएल चैत १६ गरे दशरथ रंगशालामा सु हुनेछ। सातै टिमले मार्की खेलाडी र अक्सनबाट १० खेलाडी टिममा अनुबन्ध गरिसकेको छ। टोलीहरुले विदेशी खेलाडी पनि भित्राइरहेको छन्।

March 9, 2025

अभिषेक चर्च सुनगाभा सैनामैना गोल्डकपको फाइनलमा

सुमन अधिकारी, बुटवल अभिषेक चर्ज रजहर नवलपुर रुपन्देहीमा जारी सुनगाभा सैनामैना गोल्डकपको फाइननलमा प्रवेश गरेको छ रुपन्देहीको सैनामैना नगरपालिका-४ सैनामैना फुटबल  रंगशालामा आइतवार पहिलो सेमिफाइनलमा आयोजक मुर्गिया फुटबल क्लबलाई २-० गोलले हराउदै अभिशेष चर्च फाइनलमा प्रवेश गरेको हो। अभिषेक चर्चका लागि दुवै गोल मार्टिन्सले गरे । मार्टिन्सले ६८ औं र ७८ औं मिनेटमा गोल गरे। […]

March 9, 2025

तिलोत्तमा गोल्डकप अर्को महिना

सुमन अधिकारी, बुटवल तिलोत्तमा गोल्डकप फुटबल प्रतियोगिताको २३ औं संस्करण अर्को महिना हुने भएको छ। बुटवल उपमहानगरपालिकाको संरक्षरण तथा रुपन्देही जिल्ला फुटबल संघको आयोजनामा प्रतियोगिता चैत ९ गते सुरु हुनेछ। रुपन्देही फुटबलले आइतवार बुटवलमा पत्रकार सम्मेलन गर्दै प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको जनाएको छ । संघका अध्यक्ष लोक पुनले नेपालकै प्रतिष्ठित गोल्ड कपमध्येको एक तिलोत्तमा […]

March 9, 2025

चर्च ब्वाइज पाँचथर गोल्डकपको सेमिफाइनलमा

दिपक बोहोरा, पाँचथर सहिद स्मारक ए डिभिजन लिग विजेता चर्च ब्वाइज युनाइटेड फिदिममा जारी पाँचौ पाँचथर गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइनलमा पुगेको छ। फिदिम माविको खेलमैदानमा आइतवार दोश्रो क्वाटरफाइनलमा भारतको हिल्स फुटबल एकेडेमीलाई ४- ० ले हराउँदै अन्तिम चारमा पुगेको हो। चर्च ब्वाइजलाई जित दिलाउन राज भुसालले २, फोडे फोफना र अभिषेक महतोले समान १ गोल […]

Success

Thank you for your time.