default_image

2 months ago

March 9, 2025

बायर्न म्युनिखको हार

427 views

0 Bookmark

एजेन्सी – बुन्डेसलिगामा १० खेलाडीमा सीमित बायर्न म्युनिख शनिवार पराजित भएको छ।

२ गोलले पछि परेको अवस्था उल्टाउँदै बोखुमले ३-२ सनसनीपूर्ण जित निकाल्यो र बायर्नको १२५औं वार्षिकोत्सवको खुशीयाली खल्लो बनाइदियो।

राफाएल गुएरेरोले सुरुआती २८ मिनेटमै बायर्नको लागि दुई गोल गरे । उनले १४ औं मिनेटमा नजिकैबाट प्रहार गरेर गोल गरे । दोस्रो थोमस म्युलरको असिस्टमा हेडर गोल गरे।

तर, ३४औं मिनेटमा याकोभ मेडिकले आफ्नो पहिलो बुन्डेसलिगा गोल गर्दै टप कर्नरमा शक्तिशाली प्रहार गरे र अन्तर घटाए।

पहिलो हाफको समाप्ति हुन दुई मिनेट बाँकी रहँदा बायर्नका जोआओ पाल्हिन्हाले जिओर्गोस मासुरासलाई फाउल हानेपछि सिधै रातो कार्ड पाए।

५१ औं मिनेटमा फेलिक्स पास्ल्याकको पासमा इब्राहिमा सिसोकोले हेडरले गोल गर्दै बोखुमलाई बराबरीमा ल्याए।

त्यसपछि ७१ औं मिनेटमा मातुस बेरोले काउन्टर अट्याकमा नजिकैबाट गोल गर्दै बोखुमलाई ऐतिहासिक जित दिलाए । यो भिन्सेन्ट कोम्पनीले बायर्नको प्रशिक्षक बनेपछि भोगेको दोस्रो बुन्डेसलिगा पराजय हो।

२१ वर्षीय जोनास उर्बिगले घाइते गोलकिपर म्यानुएल नोएरको स्थानमा डेब्यु गर्दै उत्कृष्ट बचाउ गरे। उनले विशेष मोरिट्ज ब्रोसिन्स्कीको प्रयासलाई विफल पारे।

गुएरेरोका गोलहरू बीचमा लेरोय सानेलाई पेनाल्टी क्षेत्रभित्र मेडिकले लडाएपछि बायर्नले पेनाल्टी पाएको थियो। तर सर्ज ग्नाब्रीको प्रहार पोस्टमा ठोक्कियो, जसले बायर्नले अग्रता बढाउने अवसर गुमायो।

यो सिजन बायर्नले गुमाएको पहिलो पेनाल्टी हो। नियमित पेनाल्टी लिने खेलाडी ह्यारी केन १० खेलाडी परिवर्तनमध्ये एक थिए । जसलाई बेयर लेभरकुसेनविरुद्धको मध्यसप्ताह च्याम्पियन्स लिग जितपछि आराम दिइएको थियो।

यी परिवर्तनहरू बायर्नका लागि महँगा सावित भयो। किनकि उनीहरू १४ डिसेम्बरमा माइन्जविरुद्धको खेलपछि पहिलो पटक लिगमा पराजित भयो । बोखुमले ३४ वर्षपछि पहिलो पटक बायर्नलाई उसकै मैदानमा हराएको हो।

यो नतिजापछि पनि बायर्नले शीर्ष स्थानमा ८ अंकको अग्रता कायम राखेको छ। बोखुम रेलिगेसन जोनबाट दुई अंक टाढा १६औं स्थानमा छ।

April 23, 2025

प्रधानमन्त्री ओली र कार्लोसबीच भेटघाट

काठमाडौं (हाम्रो खेलकुद)- प्रधानमन्त्री केपी शर्मा ओली र ब्राजिलका महान् फुटबल खेलाडी रोबर्टाे कार्लाेसबीच आज भेटघाट भएको छ । सिंहदबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा उनीहरुबीच भेट भएको हो । प्रधानमन्त्री ओलीले खेलाडी कार्लाेसलाई स्वागत गर्दै उनको नेपाल आगमनले यहाँका खेलाडी र युवाहरुलाई उत्साह मिल्ने बताए। प्रधानमन्त्री ओलीले कार्लाेसलाई माउन्टेन फ्ल्याइट र जंगल सफारी गर्ने योजनासहित […]

April 23, 2025

म्यानचेस्टर सिटी पुनः तेस्रो स्थानमा उक्लियो

एजेन्सी – माथियस नुनेसले इन्ज्युरी समयमा गोल गरेपछि इंग्लिस प्रिमियर लिगमा मंगलवार म्यानचेस्टर सिटीले एस्टन भिल्लाविरुद्ध २-१ ले हराएको छ। यो जितले सिटीको युइएफए च्याम्पियन्स लिगमा छनोट हुने सम्भावनालाई थप बलियो बनेको छ । नुनेसले इन्ज्युरी समयको चौथो मिनेटमा जेरिमी डोकुको पासमा निर्णायक गोल गरे। जुन सिटीका लागि प्रिमियर लिगमा पहिलो गोल हो। पेप ग्वार्डिओलाको […]

April 23, 2025

बार्सिलोना शीर्षस्थानमा थप‌ बलियो

एजेन्सी – ला लिगामामा बार्सिलोनाले शीर्ष स्थानको पकडलाई थप मजबुत बनाएको छ। मालोर्का मंगलवार १-० ले हराउँदै दोस्रो स्थानको रियल म्याड्रिडसँगको दूरीलाई‌ पुनः‌७ अंकले बढाएको छ।दानी ओल्मोको गोलमा बार्सिलोनाले जित निकाल्यो । स्पेनिस मिडफिल्डर ओल्मोले दोस्रो हाफ सुरु भएको ४१ सेकेन्डमै गोल गरे । पहिलो हाफमा बार्सिलोनाले २४ ओटा प्रहार गर्दा पनि गोल गर्न सकेन। […]

Success

Thank you for your time.