default_image

2 months ago

March 9, 2025

पुलिस वीरगञ्ज गोल्ड कप च्याम्पियन

581 views

0 Bookmark

सूर्य शुभचिन्तक, वीरगञ्ज

विभागीय टोली नेपाल पुलिस क्लबले लगातार दोस्रो पटक वीरगञ्ज गोल्डकपको उपाधि जितेको छ ।

आदर्शनगर रंगशालामा शनिवार मच्छिन्द्र फुटबल क्लबलाई पेनाल्टी सुटआउटमा ३-० ले पराजित गर्दै पुलिसले उपाधि रक्षा गरेको हो।

निर्धारित समय १-१ को बराबरीमा टुङ्गिएको थियो। खेलमा अग्रता मछिन्द्रले लिएको थियो। १२औ समिरराज थोकरले गोल गरेका थिए।

५८औँ मिनेटमा विकास वि.क.ले गोल गर्दै पुलिसलाई खेलमा फर्काएका थिए। विकास दोस्रो हाफमा मैदान प्रवेश गरेका थिए।

टाइब्रेकरमा पुलिसका कप्तान रामचन्द्र वाजी, संजीव लामा, गोलकिपर अमित टामाटाले गोल गरे । उज्वल राईले प्रहार बाहिरिएको थियो ।

मच्छिन्द्रको कुनै प्रहार सफल भएन । विशाल तामाङ र दिवाकर चौधरीको प्रहार बाहिरिएको थियो। समिरराजको प्रहार पुलिसका गोलकिपर अमितले रोकेका थिए। फाइनलको प्लेयर अफ दि म्याच समिराजले १० हजार रुपैयाँ प्राप्त गरे।

विजेता पुलिसले उपाधिसहित ११ लाख ११ हजार १ सय ११ र मच्छिन्द्रले ५ लाख ५५ हजार ५ सय ५५ रुपैयाँ प्राप्त गर्यो।

पुलिसका कप्तान रामचन्द्र वाजी प्रतियोगिताको सर्वोत्कृष्ट उत्कृष्ट खेलाडी घोषित भए र उनले विद्युतीय स्कुटर पाए ।

पुलिस क्लबका अमित टामाटा उत्कृष्ट गोलकिपर, चेतन घिमिरे उत्कृष्ट प्रशिक्षक घोषित भए । उनीहरुले समान २० हजार रुपैयाँ प्राप्त गरे।

April 28, 2025

पूर्व अध्यक्ष थापा एन्फा साधारणमा आरसी ३२ को प्रतिनिधि

काठमाडौं (हाम्रो खेलकुद)- अखिल नेपाल फुटबल संघ (एन्फा) को आसन्न साधारण सभामा एन्फाका पूर्व अध्यक्ष गणेश थापाले पनि भाग लिने भएका छन् । सहिद स्मारक बि डिभिजन लिगमा बढुवा भएको आरसी ३२ को प्रतिनिधिका रुपमा थापाले बैशाख २६ गते हुने साधारण सभामा भाग लिने भएका हुन् । यो साधारण सभामा आरसी ३२ ले सी डिभिजन […]

April 28, 2025

गण्डकीलाई हराउँदै पुलिस सेमिफाइनलमा

नुवाकोट (हाम्रो खेलकुद) – नेपाल पुलिस क्लबले प्रथम बागमती प्रदेश मुख्यमन्त्री कप राष्ट्रिय महिला फुटबल प्रतियोगिता २०८२ को सेमिफाइनलमा स्थान पक्का गरेको छ । बट्टारस्थित नुवाकोट आदर्श बहुमुखी क्याम्पसको खेल मैदानमा पुलिसले गण्डकी प्रदेशलाई ४-० ले पराजित गरेको हो । पुलिसको जितमा सुष्मा तामाङले २ गोल गर्दा निर्मला उपाध्याय र अमृता जैशीले १-१ गोल गरे […]

April 28, 2025

राष्ट्रिय फुटबल टोलीको प्रशिक्षणमा ३० खेलाडी बोलाइए

काठमाडौं (हाम्रो खेलकुद)- राष्ट्रिय फुटबल टोलीको प्रशिक्षणका लागि ३० खेलाडी डाकिएका छन्। टोलीका मुख्य प्रशिक्षक म्याट रोसले हङकङविरुद्धको मैत्रीपूर्ण खेल र एएफसी एसियन कप २०२७ छनोट अन्तर्गत लाओसविरुद्धको खेलका प्रारम्भिक टोली घोषणा गरेको‌ अखिल नेपाल फुटबल संघ ( एन्फा) ले जनाएको छ । नेपालले जेठ २२ गते (जुन ५) हङकङसँग मैत्रीपूर्ण खेल खेल्ने छ ।‌ […]

Success

Thank you for your time.