1 month ago
March 8, 2025
विराटनगर (हाम्रो खेलकुद)- चर्च ब्वाइज युनाइटेड विराटनगरमा जारी नवौं रमपम विराट गोल्डकपमा सेमिफाइलनमा पुगेको छ ।
विराटनगरको सहिद रंगशालामा शनिवार अन्तिम क्वाटरफाइनलमा एनआरटीलाई २-० ले हराउँदै अन्तिम चार पुगेको हो । चर्च ब्वाइजको लागि रिचर्ड र आकाश राईले गोल गरे।
योसँगै गोल्डकपको सेमिफाइनलको समीकरण पूरा भएको छ । यसअघि विभागीय टोली नेपाल पुलिस क्लब र त्रिभुवन आर्मी एफसी तथा थ्री स्टार क्लब सेमिफाइनलमा पुगिसकेका छन् ।
चर्च ब्वाइजले अब फाइनल प्रवेशको लागि सोमवार पुलिससँग प्रतिस्पर्धा गर्नेछ । खेलको ३५ औं मिनेटमा रिचर्डको गोलमा चर्च ब्वाइजले अग्रता लियो । लाक्पा पाख्रिनको पासमा रिचर्डले चलाखीपूर्ण ढंगले गोल गरेका हुन्।
परिवर्तित आकाशले ६४ औं मिनेटमा टोलीका लागि दोस्रो गोल गरे । आकाश दोस्रो हाफमा चन्दन दासको ठाउँमा मैदान प्रवेश गरेका हुन् ।
एनआरटीको कमजोर रक्षापंक्तिको फाइदा उठाउँदै चर्च ब्वाइज पहिलोे हाफमा १-० अघि लागेको हो । दोस्रो हाफमा एनआरटीले पाएका केही अवसरलाई चर्च ब्वाइजका रक्षापंक्तिका खेलाडीले विफल तुल्याइदिए ।
चर्च ब्वाइजको बलियो रक्षापंक्ति तोड्न नसक्दा एनआरटी पहिलो खेलबाटै घर फर्किन बाध्य भयो।
एनआरटीले पहिलो हाफमा बनाएको केही अवसर गुमाएको थियो ।
खेलको १४ औँ मिनेटमा डिबक्स भित्रबाट एनआरटीका राजिव लोप्चनले गरेको कडा प्रहार चर्च ब्वाइजका गोलकिपर टिकेन्द्र सिंह थापाले रोके ।
२४ औं मिनेटमा एनआरटीका विदेशी खेलाडी अर्मनले गरेको प्रहारमा टिकेन्द्र बाधक बने । ३३ औ मिनेटमा फोदेले वान भर्सेस वानको सुन्दर गोल गर्ने अवसर खेर फाले । उनको प्रहार बार माथिबाट बाहिरियो ।
४० औं मिनेटमा चर्च ब्वाइजका विदेशी खेलाडी आबयोमी डिबक्स भित्रबाट गरेको कडा प्रहार पोसमाथिबाट बाहिरियो । चर्च ब्वाइजका गोलकिपर टिकेन्द्र प्लेयर अफ द म्याच घोषित भए र उनले ११ हजार रुपैयाँ पाए ।
गत महिना २५ औं बुढासुब्बा गोल्डकपको फाइनलमा एनआरटीले चर्च ब्वाइजलाई हराएको थियो।हारेको बदला पनि विराट गोल्डकपमा आएर लिएको छ ।
एनआरटी र चर्च ब्वाइजको जारी यो सिजनको मोफसलमा भएको फुटबल प्रतियोगितामा चौथो पटकको भेट हो । जसमध्ये दुई एनआरटी र दुई चर्च ब्वाइजले जितेको छ । आइतबार पहिलो सेमिफाइनल आर्मी र थ्री स्टार बिच हुनेछ ।
April 22, 2025
काठमाडौं (हाम्रो खेलकुद) – नेपाल सुपर लिग (एनएसएल) अन्तर्गत ललितपुर सिटी एफसी र धनगढी एफसीबीच भएको पहिलो क्वालिफायर खेलमा रातो कार्ड प्राप्त गरेका मिडफिल्डर मणि लामाले फाइनल खेल्न पाउने भएका छन् । एनएसएलको आयोजक नेपाल स्पोर्ट्स एण्ड इभेन्ट म्यानेजमेन्टले ललितपुर सिटीलाई पत्र लेख्दै मणिले उक्त खेलमा पाएको रातो कार्ड रद्द गर्दै फाइनलका लागि उनी खेल्न […]
April 22, 2025
काठमाडौं (हाम्रो खेलकुद)- सहिद स्मारक बी डिभिजन लिगको शीर्ष टोली प्लानिङ ब्वाइज शतप्रतिशत जित निकाल्न चुकेको छ। लगातार ६ खेलमा जित हात पारेको प्लानिङ ब्वाइजलाई आज ब्रिगेड ब्वाइज क्लब (बिबिसी) ले गोल रहित बराबरीमा रोकेको हो। एन्फा कम्पलेक्समा भएको खेलमा प्लानिङ ब्वाइज लगातार सातौं जित निकाल्ने दाउमा थियो। तर बिबिसीले त्यसो हुन दिएन। जारी लिगमा […]
April 22, 2025
एजेन्सी – नटिङ्घम फरेस्टले टोटनहम हट्स्परमा २-१ को कठिन जितसँगै प्रिमियर लिगको तेस्रो स्थानमा पुनः उक्लिएको छ । एलिएट एन्डरसन र क्रिस वुडले पहिलो हाफमा गरेको गोलले नटिङ्घमले तेस्रो खेलमा पहिलो जित निकालेको छ। यस अघि टोलीले दुई खेलमा हार बेहोरेको थियो। एन्डरसनले पाँचौ र वुडले १६ औं गोल गरेका हुन्। उनको त्यो १९ औं […]