2 months ago
March 8, 2025
दिपक बोहोरा,पाँचथर
पथरी ११ ले पाँचौं पाँचथर गोल्ड कप फुटबल प्रतियोगितामा विजयी सुरुवात गरेको छ ।
उद्घाटन खेलमा आज आयोजक पाँचथर क्लब लाई हराउँदै २-० ले हराउँदै पथरी सेमिफाइनल प्रवेश गरेको हो ।
फिदिम माविको खेल मैदानमा पथरीलाई जित दिलाउन सनम घिमाल र अकींत लिम्बुले गोल गरे ।
खेलको पाँचौं मिनेटमा सनमको गोलमा पथरीले अग्रता लियो । अफसाइड भनि पाँचथरका डिफेन्डरहरुले सनमलाइ खाली छाड्दा पाँचथरले गोल खाएको हो । पथरीका अंकितले इन्ज्युरी समयमा गोल गर्दै टोलीको जित निश्चित गरे।
पथरीको पोष्टमा पटक पटक प्रहार गरे पनि गोल गर्न चुक्दा पाँचथर प्रतियोगिताबाट बाहिरिएको छ । पथरीका गोलकिपर समिर क्षेत्री प्लेयर अफ दि म्याच चुनिए र उनले ७ हजार ५ सय रुपैयाँ प्राप्त गरे ।
फिदिम १२ निवासी सुनिता राई फ्यान अफ दि म्याच भइन् र उनले २ हजार ५ सय रुपैयाँ प्राप्त गरिन् ।
प्रतियोगिताको विजेताले ११ लाख १ हजार, दोस्रो हुने टोलीले ५ लाख ५५ हजार रुपैयाँ प्राप्त गर्नेछ ।
आइतबार हुने खेल
चर्च ब्वाइज युनाइटेड विरुद्ध हिल्स फुटबल एकेडेमी, भारत
April 24, 2025
काठमाडौं (हाम्रो खेलकुद)- पुरुष साफ च्याम्पियनसिपको १५ औं संस्करण पूर्वनिर्धारित समय अनुसार सन् २०२५ मा नहुने भएको छ। यसअघि जुन २५ देखि जुलाई ५ सम्म श्रीलंकामा हुने तय थियो। दक्षिण एसियाली फुटबल महासंघ (साफ) ले बिहीवार साफ च्याम्पियनसिपलाई २०२६ सम्म सार्ने निर्णय गरेको जनाएको छ। साफ च्याम्पियनसिप घरेलु वा अवे ढाँचामा आयोजना गर्ने निर्णय गरिएको […]
April 24, 2025
काठमाडौं (हाम्रो खेलकुद)- अखिल नेपाल फुटबल संघ (एन्फा) ले ए डिभिजन क्लबको लागि आयोजना गर्ने भनिएको लिग कम नकआउट प्रतियोगिता नहुने निश्चित भएको छ। वैशाख १० गतेसम्म टिमले नाम दर्ता गराउनुपर्ने समय तोकिएकोमा ३ विभागीय र संकटा क्लब गरि ४ टोलीले मात्र दर्ता गराएको एन्फा प्रवक्ता सुरेश शाहले हाम्रो खेलकुद डटकमलाई जानकारी गराए। क्लबहरू नै […]
April 24, 2025
काठमाडौं (हाम्रो खेलकुद)- सहिद स्मारक ‘बी’ डिभिजन लिगमा बाँसबारी क्लबले चौथो जित हात पारेको छ। बाँसबारीले आज नयाँबस्ती युथ क्लबलाई २-० ले पराजित गर्यो। बाँसबारीको जितमा दुवै गोल सन्दीप लिम्बुले गरे। एन्फा कम्प्लेक्समा भएको खेलको पहिलो हाफमा गोल भएन। दोस्रो हाफमा भने बाँसबारीको लागि सुखद रहयो। खेलको ६८ औं मिनेटमा विके राईले एकल प्रयासमा बललाई […]