23 hours ago
March 8, 2025
दिपक बोहोरा, इलाम
एपिएफ एफसीकी कप्तान अनिता बस्नेत इलाममा भएको दोस्रो महिला गोल्ड कप फुटबल प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी चुनिएकी छन् । अनिताले १५ हजार रुपैयाँ र ट्रफी पाइन् ।
इलामको ठूलो टुँडिखेलमा भएको फाइनल त्रिभुवन आर्मी एफसीलाई २-१ ले पराजित गर्दै एपिएफ च्याम्पियन बनेको हो ।
एपिएफका लागि गीता रानाले पहिलो र सविता राना मगरले दोस्रो गोल गरिन्। आर्मीका लागि विमला चौधरीलाई गोल गरिन् ।
एपिएफले उपाधिसहित ४ लाख र आर्मीले नगद २ रुपैयाँ प्राप्त गर्यो ।एपिएफकी सविता राना फाइनलको प्लेयर अफ दी म्याच बनिन् र ५ हजार रुपैयाँ पाइन् ।
आर्मीकी अन्जना रानामगर उत्कृष्ट गोलकिपर, आर्मीकी विमला विक उत्कृष्ट डिफेन्डर, एपिएफकी रेनुका नगरकोटे उत्कृष्ट मिडफिल्डर घोषित भइन्।
७ गोल गरेकी एपिएफकी रश्मिकुमार घिसिङ सर्वाधिक गोलकर्ता रहिन् । उत्कृष्ट र सर्वाधिक गोलकर्तालर समान १० हजार रुपैयाँ प्राप्त गरे ।
क्लब ओएसिसको आयोजनामा फागुन १७ गते सुरु भएको प्रतियोगितामा ८ टोलीको सहभागिता थियो।
March 9, 2025
दिपक बोहोरा, पाँचथर सहिद स्मारक ए डिभिजन लिग विजेता चर्च ब्वाइज युनाइटेड फिदिममा जारी पाँचौ पाँचथर गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइनलमा पुगेको छ। फिदिम माविको खेलमैदानमा आइतवार दोश्रो क्वाटरफाइनलमा भारतको हिल्स फुटबल एकेडेमीलाई ४- ० ले हराउँदै अन्तिम चारमा पुगेको हो। चर्च ब्वाइजलाई जित दिलाउन राज भुसालले २, फोडे फोफना र अभिषेक महतोले समान १ गोल […]
March 9, 2025
काठमाडौं (हाम्रो खेलकुद)- सहिद स्मारक बी डिभिजन लिग आज सुरु भएको छ। च्यासल युथ क्लब र वीरगञ्ज युनाइटेडबीचको उद्घाटन खेल गोल रहित बराबरीमा सकिएको छ। दशरथ रंगशालामा भएको खेलमा यु-१९ का युवा खेलाडीले भरिएको च्यासलले दबाब बनाउँदै गोल गर्ने अवसर सिर्जना गरेपनि गोल गर्न सकेन। वीरगञ्जले काउन्टर अटयाकमा पाएको केहि मौकालाई सदुपयोग गर्न सकेन । […]
March 9, 2025
हिमाल खरेल, बिर्तामोड अर्जुनधाराको शनिश्चरे फुटबल क्लबलाई टाइब्रेकरमा हराउँदै कचनकवलको बगान युथ क्लब झापाको ब तेस्रो बुट्टाबारी च्यालेन्ज कप फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । बिर्तामोड–६ स्थित हरियाली खेलमैदानमा आज भएको अन्तिम सेमिफाइनल खेलमा टाइब्रेकरमा शनिश्चरे एफसीलाई ४–३ गोल अन्तरले हराउँदै बगान उपाधिनजिक पुगेको हो । निर्धारित समय १-१ को बराबरीमा टुंगिएको थियो। यसअघि […]