2 months ago
March 8, 2025
दिपक बोहोरा, इलाम
एपिएफ फुटबल क्लबले इलाममा दोस्रो अन्तर्राष्ट्रिय आमन्त्रित महिला गोल्ड कप उपाधि जितेको छ।
अर्को विभागीय टोली त्रिभुवन आर्मी एफसीलाई शनिवार २-१ ले हराउँदै च्याम्पियन बनेको हो।
एन्फा महिला लिग विजेता समेत रहेको एपिएफका लागि गीता राना र सविता राना मगरले गोल गरे । आर्मीका लागि विमला चौधरीले गोल गरिन् ।
२५ औं मिनेटमा गीतसले पेनाल्टीमा गोल गर्दै टोलीलाई अग्रता दिलाइन् । रश्मिकुमारी घिसिङलाई आर्मीका खेलाडीले पेनाल्टी बक्समा फाउल हानेपछि एपिएफले पेनाल्टी पाएको हो ।
सविताले ६२ औं मिनेटमा गोल गर्दै अग्रता दोब्बर बनाइन् । कप्तान अनिता बस्नेतको क्रसमा सविताले गोल गरिन् । प्रतिस्पर्धामक खेलमा विमलाले ६९औं मिनेटमा गोल गर्दै अन्तर घटाइन् । तर आर्मी बराबरी गोल गर्न असफल रह्यो । फाइनलमा सयौं दर्शको उपस्थिति थियो।
एपिएफ नेपाल पुलिस क्लब र आर्मी आयोजक ओएसिसलाई हराउँदै फाइनलमा पुगेको थियो।
विजेता एपिएफले ४ लाख र आर्मीले २ लाख रुपैयाँ प्राप्त गरेको छ । फागुन १७ गते सुरु भएको प्रतियोगितामा ८ टोलीको सहभागिता थियो।
May 2, 2025
रविन्द्र वाइवा, मकवानपुर हेटौंडामा शुक्रवार सुरु मकवानपुर महिला राष्ट्रिय गोल्डकप फुटबल प्रतियोगितामा चितवनले विजयी सुरुवात गरेको छ । हेटौंडा-६ स्थित गौरीटार रंगशालामा भएको उद्घाटन खेलमा आयोजक मकवानपुरलाई टाइब्रेकरमा ५-४ गोलले हराउँदै चितवनले गोल्डकपमा विजयी सुरुवात गरेको हो । निर्धारित खेल समय १-१ गोलको बराबरीपछि खेलको नतिजा टाइब्रेकरबाट लिएको हो । चितवनको लागि अनिता गुरुङले दोस्रो […]
May 2, 2025
काठमाडौं (हाम्रो खेलकुद)- सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले नेपालको हिमाली सीमावर्ती क्षेत्रमा बसोबास गर्ने बालबालिकालाई खेलकुदमा प्रोत्साहन गर्ने उद्देश्यले ग्रासरुट स्पोर्ट्स प्रोग्रामअन्तर्गत मनाङ जिल्लाका लागि नेपाल एपिएफ क्लबमार्फत १ लाख रुपैयाँ प्रदान गरेका छन् । यसले बालबालिकाको शारीरिक र मानसिक विकासमा सकारात्मक योगदान पुर्याउने विश्वास गरिएको छ। साथै, यसबाट राज्यलाई आवश्यक खेलकुद जनशक्ति उत्पादनमा पनि […]
May 2, 2025
एजेन्सी – नटिङ्घम फरेस्टको युईएफए च्याम्पियन्स लिगमा छनोट हुने आशामा झड्का लागेको छ। घरेलु मैदानमा बिहीवार भएको प्रिमियर लिगको खेलमा फरेस्ट ब्रेन्टफोर्डसँग २-० ले पराजित भयो। सिटी ग्राउण्डमा भएको खेलमा ब्रेन्टफोर्डले दुबै हाफमा गोल गर्दै युरोपमा छनोट हुने आशा कायम राख्यो। केभिन शाडेले पहिलो हाफको अन्त्यतिर गोलको खाता खोले । ७०औं मिनेटमा योआने विस्साले ब्रेन्टफोर्डको […]