2 months ago
March 8, 2025
विराटनगर (हाम्रो खेलकुद )- थ्रीस्टार क्लब विराटनगरमा जारी नवौं रमपम विराट गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइनलमा पुगेको छ ।
विराटनगरको सहिद रंगशालामा शुक्रवार तेस्रो क्वाटरफाइननमा साविक विजेता मछिन्द्र एफसीलाई २-१ गोलले हराउँदै थ्री स्टार क्लब अन्तिम चारमा पुगेको छ।
थ्रीस्टारले सेमिफाइनल खेल विभागीय टिम त्रिभुवन आर्मीसँग प्रतिस्पर्धा गर्नेछ । पूर्व विजेता समेत रहेको थ्री स्टारलाई जित दिलाउन आशिष चापागाइ र दिपेश घलेले गोल गरे ।
१५ औं मिनेटमा आशिषले गोल गरे । एन्जल महर्जनले निकालेको क्रसलाई आशिषले डिबक्स भित्रबाट गोल गरे । २५ औं मिनेटमा दिपेशले गोल गर्दै टोलीलाई २-० ले अघि बढाए।
मछिन्द्रका कप्तान देवेन्द्र तामाङले खेल सकिन १ मिनेट बाँकी रहँदा गोल गरे । प्लेयर अफ दि म्याच थ्रीस्टारका दिपेश घलेले ११ हजार रुपैयाँ पाए ।
थ्री स्टारले कपिलबस्तु तिलौराकोट गोल्कडप फुटबल प्रतियोगिताको फाइनलमा बुधवार बेहोरेको हारको बदला विराट गोल्डकपमा आएर लिएको छ ।
कपिलबस्तु गोल्डकपको फाइनलमा थ्रीस्टारलाई मछिन्द्रले १–० गोलले पराजित गरेको थियो । त्यसअघि मच्छिन्द्रले सोमवार काठमाडौंमा केपी ओली कप जितेको थियो । शनिबारको अन्तिम क्वाटरफाइनल खेल चर्च व्वाईज युनाईट र एनआरटीबीच हुनेछ ।
महिलालाई निःशुल्क प्रवेश
१५ औं अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा शनिबार विराट गोल्डकप हेर्न आउने महिलाहरुको लागि आयोजकले निःशुल्क प्रवेशको व्यवस्था मिलाइएको विराट गोल्डकपका संयोजक नविन रिजालले जानकारी दिए ।
May 2, 2025
रविन्द्र वाइवा, मकवानपुर हेटौंडामा शुक्रवार सुरु मकवानपुर महिला राष्ट्रिय गोल्डकप फुटबल प्रतियोगितामा चितवनले विजयी सुरुवात गरेको छ । हेटौंडा-६ स्थित गौरीटार रंगशालामा भएको उद्घाटन खेलमा आयोजक मकवानपुरलाई टाइब्रेकरमा ५-४ गोलले हराउँदै चितवनले गोल्डकपमा विजयी सुरुवात गरेको हो । निर्धारित खेल समय १-१ गोलको बराबरीपछि खेलको नतिजा टाइब्रेकरबाट लिएको हो । चितवनको लागि अनिता गुरुङले दोस्रो […]
May 2, 2025
काठमाडौं (हाम्रो खेलकुद)- सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले नेपालको हिमाली सीमावर्ती क्षेत्रमा बसोबास गर्ने बालबालिकालाई खेलकुदमा प्रोत्साहन गर्ने उद्देश्यले ग्रासरुट स्पोर्ट्स प्रोग्रामअन्तर्गत मनाङ जिल्लाका लागि नेपाल एपिएफ क्लबमार्फत १ लाख रुपैयाँ प्रदान गरेका छन् । यसले बालबालिकाको शारीरिक र मानसिक विकासमा सकारात्मक योगदान पुर्याउने विश्वास गरिएको छ। साथै, यसबाट राज्यलाई आवश्यक खेलकुद जनशक्ति उत्पादनमा पनि […]
May 2, 2025
एजेन्सी – नटिङ्घम फरेस्टको युईएफए च्याम्पियन्स लिगमा छनोट हुने आशामा झड्का लागेको छ। घरेलु मैदानमा बिहीवार भएको प्रिमियर लिगको खेलमा फरेस्ट ब्रेन्टफोर्डसँग २-० ले पराजित भयो। सिटी ग्राउण्डमा भएको खेलमा ब्रेन्टफोर्डले दुबै हाफमा गोल गर्दै युरोपमा छनोट हुने आशा कायम राख्यो। केभिन शाडेले पहिलो हाफको अन्त्यतिर गोलको खाता खोले । ७०औं मिनेटमा योआने विस्साले ब्रेन्टफोर्डको […]