2 weeks ago
March 7, 2025
दिपक बोहोरा, पाँचथर
फिदिम स्पोर्टिङ क्लबले ११ औं फाल्गुनन्द गोल्डकप फुटबल प्रतियोगिताको आय व्यय सार्वजनिक गरेको छ ।
क्लबले बिहीवार पत्रकार सम्मेलन गर्दै आय व्यय सार्वजनिक गरिएको हो । पुस ६ देखि १५ सम्म प्रतियोगिता आयोजना भएको थियो । प्रतियोगिता सकिएको २ महिनापछि आयव्यय सार्वजनिक गरेको छ।
वचन दिएको रकम संकलन भएमा ७ लाख ५७ हजार ७ सय ७१ रुपैँया नाफा हुने अध्यक्ष दिपेन्द्र थापा मगरले जानकारी दिए ।
क्लबलेले देखाएको हिसाबमा नाफा भने उधारोमा देखिएको छ । प्रतियोगितामा जम्मा ८० लाख २९ हजार १ सय ५३ रुपैँया आम्दानी भएको क्लबले जनाएको छ । जसमा ७९ लाख ३ हजार १ सय २ रुपैँया खर्च भएको बताइएको छ ।
२ लाख ३५ हजार ३ सय ८९ रुपैँया तिर्न बाँकी रहेको क्लबले जनाएको छ । हाल क्लबको खातामा १ लाख २६ हजार ५१ रुपैँया मौज्दात रहेको जनाएको छ । प्रतियोगिताका लागि बिभिन्न संघ संस्था र दाताहरुले वचन दिएको ८ लाख ६७ हजार १ सय ९ रुपैँया उठ्न बाँकी छ ।
फाल्गुनन्द गोल्डकप प्रतियोगितामा टिकट विक्रीबाट मात्र २६ लाख ६८ हजार ५० रुपैयाँ आम्दानी भएको आयोजक क्लबल जनाएको छ ।
फिदिम नगरपालिककाले आफुलेनै बनाएको कार्यविधि मिच्दै यस प्रतियोगिताको लागी पहिलो पुरस्कार राशि प्रदान गरेको थियो । फिदिम नगरपालिकाले यसभन्दा अगाडिका प्रतियोगिताहरु र यस पछिका प्रतियोगिताहरुलाइ दोश्रो पुरस्कारबापतको रकममात्र प्रदान गर्दै आएको छ ।
११ औं फाल्गुनन्द गोल्डकप प्रतियोगिताको फाइनलमा १० लाख ८९ हजार ८ सय ५० रुपैयाँको टिकट बिक्रि भएको बताइएको छ ।
मच्छिन्द्र क्लब र चर्च ब्वाइज युनाइटेड बिच भएको फाइनलमा ३ सय रुपैयाँ को टिकट दर थियो।मच्छिन्द्रलाई हराएर चर्च ब्वाइजले उपाधि जितेको थियो।
March 22, 2025
सुशील पन्त क्षेत्री, चितवन एपिएफ एससीले चितवनमा राष्ट्रिय महिला फुटबल प्रतियोगिताको उपाधि जितेको छ । भरतपुरको कृष्णपुरको मैदानमा भएको फाइनलमा त्रिभुवन आर्मी फुटबल क्लबलाई टाइब्रेकरमा ४-२ ले हराउँदै एपिएफ च्याम्पियन बनेको हो । निर्धारित ८० मिनेटको खेल १-१ को बराबरीमा टुंगिएपछि खेलको निर्णय टाइब्रेकरमा भएको थियो। प्रतिस्पर्धात्मक खेलमा एपिएफले उत्कृष्ट पुनरागमन जित निकाल्यो । खेलमा […]
March 22, 2025
सुमन अधिकारी, बुटवल बुटवलमा २३ औं तिलोत्तमा गोल्ड कप नकआउट फुटबल प्रतियोगितामा शनिवार सुरु भएको छ । उद्घाटन खेलको पहिलो हाफमा आयोजक करेन्ट रुपन्देही ११ विरुद्ध एपिएफ एफसीले १- ० गोलको अग्रता लिएको थियो । प्रतिस्प्रर्धात्मक खेलको १७ औ मिनेटमा हरि कार्कीले गोल गर्दै एपिएफलाई अग्रता दिलाएका हुन् । दोस्रो हाफ सुरु भएसको केहि समयमा […]
March 22, 2025
काठमाडौं (हाम्रो खेलकुद)- अन्नपूर्ण आरसिटीको साधारण सभाले अध्यक्ष राजेश श्रेष्ठसहित पदाधिकारीलाई निर्विरोध निर्वाचित गरेको छ। सहिद स्मारक लिग ‘ए’ डिभिजनको छ पल्टको विजेता अन्नपूर्ण आरसिटीको शनिवार नयाँ कार्यसमितिका लागि भएको चुनावी साधारण सभाले उपाध्यक्षमा कुमार राजभण्डारी र नरेन्द्रबहादुर श्रेष्ठलाई निर्वाचित गरेको छ। त्यस्तै सचिवमा रजेन्द्रप्रसाद श्रेष्ठ, सहसचिवमा अशोक मानन्धर तथा कोषाध्यक्षमा नरेश बैद्य निर्विरोध चयन […]