2 days ago
March 7, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल सुपर लिग (एनएसएल) को तेस्रो संस्करणलाई एनसेलले मुख्य प्रायोजन गर्ने भएको छ।
नेपाल स्पोर्ट्स एण्ड इभेन्ट म्यानेजमेन्टकी अध्यक्ष आश्रेयता कार्की चौधरी र एनसेलका चिफ कमरसियल अफिसर उमेर हुसेनले सम्झौता पत्रमा हस्ताक्षर गरे।
सम्झौता एकवर्षको लागि भएको प्रबन्ध निर्देशक श्रेयान्स कार्कीले जानाकारी दिए। ठूलै रकममा नै सम्झौता भएको भनिए पनि रकम खुलाइएन ।
चैत १६ गतेदेखि एनएसल सुरू हुने मिति तय भएको छ तर ‘सी’ श्रेणीको ड्राफ्ट अक्सनको एक साता पछि गर्ने भनिएपनि आज सम्म गरेको छैन । ड्राफ्ट आइतवारलाई राखिएको जानकारी दिइएको छ।
साथै क्लबहरूले मोफसलको फुटबलको कारण पनि खेलाडी रिलिज गरेका छैनन्। जसले प्रशिक्षणमा ढिलाइ भएको क्लबहरुले भन्दै आएको छ। यो समस्यालाई एन्फासम्म राखिसेकको प्रबन्ध निर्देशक कार्कीले बताए।
यो पटक उपाधिको लागि सात क्लब काठमाडौ रेजर्स, बुटवल लुम्बिनी, धनगढी एफसी, एफसी चितवन, झापा एफसी, पोखरा थन्डर्स र साविक विजेता ललितपुर सिटीले प्रतिस्पर्धा गर्दैछन्।
March 9, 2025
एजेन्सी – बुन्डेसलिगामा १० खेलाडीमा सीमित बायर्न म्युनिख शनिवार पराजित भएको छ। २ गोलले पछि परेको अवस्था उल्टाउँदै बोखुमले ३-२ सनसनीपूर्ण जित निकाल्यो र बायर्नको १२५औं वार्षिकोत्सवको खुशीयाली खल्लो बनाइदियो। राफाएल गुएरेरोले सुरुआती २८ मिनेटमै बायर्नको लागि दुई गोल गरे । उनले १४ औं मिनेटमा नजिकैबाट प्रहार गरेर गोल गरे । दोस्रो थोमस म्युलरको असिस्टमा […]
March 9, 2025
सूर्य शुभचिन्तक, वीरगञ्ज विभागीय टोली नेपाल पुलिस क्लबले लगातार दोस्रो पटक वीरगञ्ज गोल्डकपको उपाधि जितेको छ । आदर्शनगर रंगशालामा शनिवार मच्छिन्द्र फुटबल क्लबलाई पेनाल्टी सुटआउटमा ३-० ले पराजित गर्दै पुलिसले उपाधि रक्षा गरेको हो। निर्धारित समय १-१ को बराबरीमा टुङ्गिएको थियो। खेलमा अग्रता मछिन्द्रले लिएको थियो। १२औ समिरराज थोकरले गोल गरेका थिए। ५८औँ मिनेटमा विकास […]
March 9, 2025
एजेन्सी – कल्लम हड्सन-ओडोईले खेलको अन्त्यतिर गोल गरेपछि नटिङ्घम फरेस्टको च्याम्पियन्स लिगमा छनोट हुने आशा बढेको छ। उनको निर्णायक गोलमा इंग्लिस प्रिमियर लिगमा शनिवार फरेस्टले म्यानचेस्टर सिटीलाई १-० ले हराएको छ। घरेलु मैदान सिटी ग्राउन्डमा ८३औं मिनेटमा हड्सन-ओडोईले गोल गर्नुअघि दुबै टोलीबीच खासै अन्तर देखिएको थिएन। तर, उनको शक्तिशाली प्रहारलाई सिटीका गोलकिपर एडर्सनले रोक्न सकेनन् […]