default_image

2 days ago

March 7, 2025

भारतीय फुटबल टोलीमा सुनिलको पुनरागमन

3444 views

0 Bookmark

एजेन्सी – पूर्व कप्तान सुनिल क्षेत्री अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यास लिएको वर्ष दिन नपुग्दै भारतीय फुटबल टोली फर्केका छन् ।

गत जुनमा सन्न्यास लिएका सुनिललाई यसै महिनाको अन्तर्राष्ट्रिय ब्रेकका लागि भारतीय राष्ट्रिय टोलीमा समावेश गरिएको छ।

मुख्य प्रशिक्षक मानोलो मार्क्वेजले बिहीवार २६ सदस्यीय टोलीको घोषणा गरे, जसमा सुनिल परेका छन् । भारतले मार्च १९ मा माल्दिभ्सविरुद्ध मैत्रीपूर्ण खेल खेल्नेछ। त्यतिबेला सुनिल ४० वर्ष ७ महिना १६ दिनका हुनेछन्।

भारतीय टोली त्यसपछि मार्च २५ मा सिलङस्थित जवाहरलाल नेहरू स्टेडियममा बंगलादेशविरुद्ध एएफसी एसियन कप २०२७ छनोटको अन्तिम चरणको उद्घाटन खेल खेल्नेछ।

त्यो समूहमा हङकङ र सिंगापुर पनि छन्। भारतीय टोली अहिलेसम्म एसियन कपको समूह चरण पार गर्न सकेको छैन ।

प्रशिक्षक मार्क्वेजले भनेका छन् , ‘एसियन कपको छनोट हाम्रो लागि धेरै महत्त्वपूर्ण छ। यस प्रतियोगिताको महत्त्वलाई ध्यानमा राख्दै, मैले सुनिल क्षेत्रीसँग राष्ट्रिय टोलीलाई मजबुत बनाउन पुनरागमनको विषयमा छलफल गरे। उनले सहमति जनाए, त्यसैले हामीले उनलाई टोलीमा समावेश गरेका छौं।’

भारतबाट १ सय ५० खेल खेल्दै सुनिलले ९४ गोल गरेका छन् । पुरुष फुटबलमा देशका लागि सर्वाधिक गोल गोल गर्नेमा क्रिस्टियानो रोनाल्डो, लियोनल मेस्सी, र इरानका अली दाइपछि सुनिल चौथो स्थानमा छन्।

सुनिल बेंगलुरु एफसी बाट भारतीय सुपर लिग खेलिरहेका छन्। उनले भारतका लागि अन्तिम खेल गत वर्ष जुन ६ मा फिफा विश्वकप छनोटमा कुवेतविरुद्ध साल्ट लेक स्टेडियम, कोलकातामा खेलेका थिए।

March 9, 2025

पुलिस वीरगञ्ज गोल्ड कप च्याम्पियन

सूर्य शुभचिन्तक, वीरगञ्ज विभागीय टोली नेपाल पुलिस क्लबले लगातार दोस्रो पटक वीरगञ्ज गोल्डकपको उपाधि जितेको छ । आदर्शनगर रंगशालामा शनिवार मच्छिन्द्र फुटबल क्लबलाई पेनाल्टी सुटआउटमा ३-० ले पराजित गर्दै पुलिसले उपाधि रक्षा गरेको हो। निर्धारित समय १-१ को बराबरीमा टुङ्गिएको थियो। खेलमा अग्रता मछिन्द्रले लिएको थियो। १२औ समिरराज थोकरले गोल गरेका थिए। ५८औँ मिनेटमा विकास […]

March 9, 2025

नटिङ्घमसँग म्यानचेस्टर सिटीको हार

एजेन्सी – कल्लम हड्सन-ओडोईले खेलको अन्त्यतिर गोल गरेपछि नटिङ्घम फरेस्टको च्याम्पियन्स लिगमा छनोट हुने आशा बढेको छ। उनको निर्णायक गोलमा इंग्लिस प्रिमियर लिगमा शनिवार फरेस्टले म्यानचेस्टर सिटीलाई १-० ले हराएको छ। घरेलु मैदान सिटी ग्राउन्डमा ८३औं मिनेटमा हड्सन-ओडोईले गोल गर्नुअघि दुबै टोलीबीच खासै अन्तर देखिएको थिएन। तर, उनको शक्तिशाली प्रहारलाई सिटीका गोलकिपर एडर्सनले रोक्न सकेनन् […]

March 9, 2025

लिभरपुलको अर्को जित

एजेन्सी – शीर्ष स्थानको लिभरपुलले इङ्ग्लिस प्रिमियर लिगमा अर्को जित हासिल गरेको छ । लिभरपुलले शनिवार साउथह्याम्पटनलाई ३-१ ले पराजित गरेको हो । पछि परेको खेल उल्टाउँदै लिभरपुलले जित निकालेको हो। घरेलु मैदानमा भएको खेलमा लिभरपुलको जितमा मोहम्मद सलाहले पेनाल्टीमा २ गोल गरे । अर्को गोल डार्विन नुनेजले गरे । साउथह्यामटनका विलियम स्मलबोनले गोल गरे […]

Success

Thank you for your time.