2 days ago
March 7, 2025
हिमाल खरेल,बिर्तामोड
विराटनगर सिटी एफसीलाई सडनडेथमा हराउँदै इलामको रेड हर्स एफसी झापाको तेस्रो बुट्टाबारी च्यालेन्ज कप फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ ।
बिर्तामोड–६ स्थित हरियाली खेलमैदानमा बिहीवार भएको तेस्रो क्वार्टरफाइनलमा निर्धारित समय र टाइब्रेकरमा पनि बराबरी भएपछि सडन डेथमा रेड हर्सले बाजी मार्यो ।
टाइब्रेकरमा ३-३ को बराबरीपछि खेल सडनडेथमा पुगेको थियो। समग्रमा रेड हर्स ४- ३ विजयी भयो ।
त्यसअघि निर्धारित समयमा ३–३ गोलको बराबरी भएपछि खेल टाइब्रेकरमा धकेलिएको थियो ।
खेलको सुरुवातमा रेड हर्सले अग्रता लिएको थियो । खेलको ३१ औँ मिनेटमा मिङमा गुरुङले गोल गरे ।
तर, खेलको ४० औँ मिनेटमा गोल गर्दै विराटनगरका निवास फुयालले खेल बराबरीमा ल्याए ।
निवासले ६० औँ मिनेटमा गोल गर्दै खेल २–१ को स्थितिमा पुर्याए । खेलको ७५ औँ मिनेटमा हरि खवासले गोल थप्दै विराटनगरले ३-१ अग्रता बनायो।
तर, खेलको अन्त्यमा रेड हर्सका सङगे शेर्पा र विवेक सुनवारले गोल गर्दै खेल ३–३ गोलको बराबरीमा पुर्याए । सङगेले ७७ औँ र विवेकले ७८ औँ मिनेटमा गोल गरे ।
रेड हर्सका गोलकिपर निशान दनुवार प्लेयर अफ दि म्याच घोषित भए । उनले ३ हजार रुपैयाँ र ट्रफी पाए । उनलाई प्रमुख अतिथि झापा जिल्ला फुटबल संघका अध्यक्ष भगिरथ आले मामा, बिर्तामोड ६ का वडा अध्यक्ष सूर्यप्रसाद कन्दङवा, आयोजकका अध्यक्ष हिमाल कन्दङवा लगायतले पुरस्कार प्रदान गरे ।
आज अन्तिम क्वाटरफाइनल न्यु स्टार एफसी सुनसरी र बगान युथ क्लब कचनकवलबीच हुने आयोजक बुट्टाबारी युनाईटेड क्लबका कोषाध्यक्ष बाबुराम बस्नेतले जानकारी दिए ।
March 9, 2025
एजेन्सी – कल्लम हड्सन-ओडोईले खेलको अन्त्यतिर गोल गरेपछि नटिङ्घम फरेस्टको च्याम्पियन्स लिगमा छनोट हुने आशा बढेको छ। उनको निर्णायक गोलमा इंग्लिस प्रिमियर लिगमा शनिवार फरेस्टले म्यानचेस्टर सिटीलाई १-० ले हराएको छ। घरेलु मैदान सिटी ग्राउन्डमा ८३औं मिनेटमा हड्सन-ओडोईले गोल गर्नुअघि दुबै टोलीबीच खासै अन्तर देखिएको थिएन। तर, उनको शक्तिशाली प्रहारलाई सिटीका गोलकिपर एडर्सनले रोक्न सकेनन् […]
March 9, 2025
एजेन्सी – शीर्ष स्थानको लिभरपुलले इङ्ग्लिस प्रिमियर लिगमा अर्को जित हासिल गरेको छ । लिभरपुलले शनिवार साउथह्याम्पटनलाई ३-१ ले पराजित गरेको हो । पछि परेको खेल उल्टाउँदै लिभरपुलले जित निकालेको हो। घरेलु मैदानमा भएको खेलमा लिभरपुलको जितमा मोहम्मद सलाहले पेनाल्टीमा २ गोल गरे । अर्को गोल डार्विन नुनेजले गरे । साउथह्यामटनका विलियम स्मलबोनले गोल गरे […]
March 8, 2025
विराटनगर (हाम्रो खेलकुद)- चर्च ब्वाइज युनाइटेड विराटनगरमा जारी नवौं रमपम विराट गोल्डकपमा सेमिफाइलनमा पुगेको छ । विराटनगरको सहिद रंगशालामा शनिवार अन्तिम क्वाटरफाइनलमा एनआरटीलाई २-० ले हराउँदै अन्तिम चार पुगेको हो । चर्च ब्वाइजको लागि रिचर्ड र आकाश राईले गोल गरे। योसँगै गोल्डकपको सेमिफाइनलको समीकरण पूरा भएको छ । यसअघि विभागीय टोली नेपाल पुलिस क्लब र […]