2 hours ago
March 6, 2025
विराटनगर (हाम्रो खेलकुद)- विभागीय टोली नेपाल पुलिस क्लब विराटनगरमा जारी नवौं संस्करणको रमपम विराट गोल्डकपको सेमिफाइनलमा पुगेको छ ।
विराटनगरको सहिद रंगशालामा बिहीवार भएको दोस्रो क्वाटरफाइनल खेलमा साविक विजेता समेत रहेको अर्को विभागीय टोली एपीएफ एफसीलाई २-० गोलले पराजित गर्दै अन्तिम चारमा पुगेको हो । पुलिसका अरुण गाहा र मनिष सेढाईले गोल गरे ।
उज्वल राईले ६६ औं मिनेटमा निकालिदिएको क्रसमा अरुणले हेडर गोल गरे । खेल सकिन ३ मिनेट बाँकी रहँदा मनिषले गोल गर्दैै टोलीको जित निश्चित गरे ।
एपिएफका बुद्धीमान राईले खेलको १५ औं मिनेटमा पाएको सुन्दर गोल गर्ने अवसर खेर फाले । दिपेश धिमालले निकालेको पासलाई बुद्धिमानले प्रहार गरेको वान भर्सेस वानको प्रहार बाहिरयो ।
२० औं मिनेटमा एपिएफका कप्तान हरी कार्कीको डिबक्स नजिक देखिको प्रहार बाहिरदा पहिलो हाफमा गोल गर्ने अवसर खेर गयो ।
३८ औं मिनेटमा एपिएफका एलिक श्रेष्ठले करिव ३० यार्डदेखि गरेको प्रहार पुलिसका गोलकिपर अमित तामाङले पन्च गर्दै रोके।
७० औं मिनेटमा एन्जल श्रेष्ठले गरेको प्रहार बाहिरिदा बराबरी गोल फर्काउनबाट चुक्यो । ७५ औं मिनेटमा विश्वास उदासले वान भर्सेस वानको स्थितिमा गरेको प्रहारमा पोस्ट माथिबाट बाहिरयो ।
पुलिस मनिष प्लेयर अफ दि म्याच घोषित भए र ११ हजार रुपैयाँ प्राप्त गरे। भारत दिल्लीको सुदेवा फुटबल क्लबलाई हराउँदै क्वाटरफाइनलमा पुगेको थियो ।
प्रतियोगिताको तेस्रो क्वाटरफाइनल शुक्रवार थ्री स्टार र मछिन्द्र फुटबल क्लब बिच हुनेछ ।
March 6, 2025
सुमन अधिकारी, बुटवल महावीर क्लब, काठमाडौं रुपन्देही जारी सुनगाभा सैनामैना गोल्डकप २०८१ को सेमिफाइनलमा प्रवेश गरेको छ । हनाम बिएफसी चितवनलाई बिहीवार भएको क्वाटरफाईनलमा २-० ले हराउँदै महावीर अन्तिम चारमा पुगेको हो। महावीरका लागि दुवै गोल सुरज थारुले गरे। १८ औ मिनेटमा महावीरका सुरजले गोल गर्दै अग्रता दिलाए । ६२ औं मिनेटमा सुरजले अर्को गोल […]
March 6, 2025
दिपक बोहोरा, इलाम नेपाल पुलिस क्लबलाई झिनो अन्तरले हराउँदै एपिएफ एफसी इलाममा जारी दोस्रो करेन्ट अन्तर्राष्ट्रिय आमन्त्रण महिला गोल्डकपको फाइनलमा पुगेको छ । रश्मिकुमारी घिसिङले गोल बिहीवार पुलिसलाई १-० ले पराजित गर्दै एपिएफ उपाधि नजिक पुगेको हो । गत महिना पुलिसलाई नै हराएर एपिएफ एन्फा महिला लिगको च्याम्पियन बनेको थियो। रश्मिले ३४औं मिनेट गोल गरिन् […]
March 6, 2025
काठमाडौं (हाम्रो खेलकुद ) – नेपाल सुपर लिग (एनएसएल) को फ्रेन्चाइज टोली काठमाडौं रेजर्स एफसीले सियरा लियोनका अन्तर्राष्ट्रिय खेलाडी मोहम्मद बुया टुरेलाई अनुबन्ध गरेको छ। रेजर्सले बिहीवार प्रेस विज्ञप्ति जारी गर्दै टुरेलाई टोलीमा भित्राएको जनाएको हो। ३० वर्षीय फरवार्ड टुरेसँग स्विडेन, चीन र संयुक्त राज्य अमेरिकाको शीर्ष लिग खेलेको अनुभव छ। अहिले उनी अमेरिकी दोस्रो […]