default_image

5 hours ago

March 6, 2025

बायर्नको सहज जित

117 views

0 Bookmark

एजेन्सी – ह्यारी केनको २ गोलमा बायर लेभरकुसेनलाई ३-० को हार चखाउँदै बायर्न म्युनिखले च्याम्पियन्स लिगको क्वाटरफाइनलमा पुग्ने संभावनालाई मजबुत बनाएको छ।

खेलको नवौं मिनेटमा नै बायर्नले अग्रता बनायो। माइकल ओलिसेको क्रसमा केनले हेडर गोल गरे। पहिलो हाफ १-० को नतिजामा सकियो।

खेलको ५४ औं मिनेटमा लेभरकुसेनका गोलकिपर कोभारले किम्मिखको क्रस हातबाट छुटाए। जसलाई मुसियालाले सजिलै गोल गरे। यो सँगै बार्यनले अग्रता दोब्बर बनायो।

२-० ले पछि परेको लेभरकुसेन खेलमा फर्कन सकेन भने ६२ औं मिनेटमा १० जनामा समेटियो। नोडी मुकिएले दोस्रो पहेँलो कार्ड पाए।

यसपछि पेनाल्टी बक्समा एडमन्ड टाप्सोबाले केनलाई तान्दै लडाए। भिडियो असिस्टेन्ट रेफ्री (भार) को सहयोगमा रेफ्री माइकल ओलिभरले पेनाल्टीको निर्णय गरे। जहाँ केनले कुनै गल्ती गरेनन्।

केनले सिजनको ३१औं गोल गर्दै बायर्नलाई ३-० को सहज जित दिलाए। दोस्रो लेग बे एरिनामा मार्च ११ मा हुनेछ।

अर्को खेलमा दस खेलाडीमा समेटिए पनि स्पानिस क्लब बार्सिलोनाले बेन्फिका विरुद्ध १-० को कठिन जित निकालेको छ। बार्सिलोनाको जितमा राफिन्हाको मात्र गोल निर्णायक बन्यो।

त्यस्तै लिभरपुलले च्याम्पियन्स लिग अन्तिम १६ को पहिलो लेगमा पेरिस सेन्ट जर्मेन (पिएसजी) लाई १-० ले हरायो। खेल सकिन ३ मिनेट बाँकी रहँदा लिभरपुलले गोल गर्यो ।

मोहम्मद सलाहको ठाँउमा मैदान प्रवेश गरेका हर्वी इलियटले आफ्नो पहिलो टचमै गोल गरे । डार्विन नुनेजले दिएको सुन्दर पासमा उनले गोल गरेका हुन्।
अर्को खेलमा इन्टर मिलानले फेयनोर्डलाई समान २-० ले हरायो ।

March 6, 2025

दस खेलाडीका बाबजुद बार्सिलोनाको जित

एजेन्सी – दस खेलाडीमा समेटिए पनि स्पानिस क्लब बार्सिलोनाले बेन्फिका विरुद्ध १-० को कठिन जित निकालेको छ। बार्सिलोनाको जितमा राफिन्हाको मात्र गोल निर्णायक बन्यो। खेलको २२औं मिनेटमा नै बार्सिलोना १० जनामा समेटियो। युवा खेलाडी पाउ कुबार्सीले बेन्फिकाका स्ट्राइकर भ्याङ्गेलिस पाभ्लिडिसलाई पेनाल्टी बक्सको छेउमै लडाए। रेफ्रीले उनलाई सीधै रातो कार्ड दिए। पहिलो हाफ गोल रहित बराबरीमा […]

March 6, 2025

लिभरपुलसँग पिएसजीको हार

एजेन्सी – लिभरपुलले च्याम्पियन्स लिग अन्तिम १६ को पहिलो लेगमा जित निकालेको छ। लिभरपुलले मंगलवार भएको खेलमा पेरिस सेन्ट जर्मेन (पिएसजी) लाई १-० ले हरायो। खेलमा पूर्ण नियन्त्रणमा लिनका बाबजुद पिएसजी गोल गर्न असफल रह्यो। २७ वटा प्रहार गर्दा पनि पिएसजीले गोलको खाता खोल्न सकेन । लिभरपुलका गोलकिपर एलिसनले नौं वटा प्रहार विफल बनाए । […]

March 5, 2025

आर्मी विराट गोल्डकपको‌ सेमिफाइनलमा

विराटनगर (हाम्रो खेलकुद)- त्रिभुवन आर्मी क्लब विराटनगरमा जारी नवौं रमपम विराट गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइनलमा पुगेको छ । विराटनगरको सहिद रंगशालामा बुधवार भएको पहिलो क्वाटरफाइनल खेलमा आर्मीले घरेलु टोल मोरङ ११ लाई १-० ले हराउँदै आर्मी अन्तिम चारमा पुगेको हो । आर्मीको जितमा निरज चौधरी नायक बने । उनले ३७ औं मिनेटमा गरेको गोलनै टोलीको […]

Success

Thank you for your time.