15 hours ago
March 5, 2025
एजेन्सी – इंग्लिस क्लब आर्सनलले नेदरल्यान्ड्समा पिएसभी आइन्डहोभेनलाई मंगलवार ७-१ को लज्जास्पद हार चखाउँदै च्याम्पियन्स लिगको अन्तिम १६ को दोस्रो लेगअघि बलियो अग्रता बनाएको छ।
आर्सनलले पहिलो हाफमा ३ गोल र बाँकी गोल दोस्रो हाफमा गर्यो । टोलीले प्रतियोगिताको क्वाटरफाइनलको सम्भावनालाई मजबुत बनाएको छ।
जुरियन टिम्बरले १८औं मिनेटमा आर्सनलको लागि गोलको खाता खोले। यसको ३ मिनेटपछि इथान न्वानेरीले अग्रता दोब्बर बनाए। त्यसपछि मिकेल मेरिनोले पिएसभीको डिफेन्सको गल्तीमा आर्सनलको लागि तेस्रो गोल गरे।
३-० ले पछि परेको पिएसभीलर पेनाल्टीको अवसर प्राप्त गर्यो। थोमस पार्टेले लुक डे जोङलाई फाउल गरेपछि नोआ लैङले गोल गरे। त्यो सँगै पहिलो हाफ ३-१ को नतिजामा सकियो।
दोस्रो हाफ दोस्रो मिनेटमा कप्तान मार्टिन ओडेगार्डले र त्यसको एक मिनेट बित्न नपाउँदै लिआन्द्रो ट्रोसार्डले गोल गर्दा आर्सनलले ५-१ को अग्रता बनायो।
७३ औं मिनेटमा ओडेगार्डले उत्कृष्ट गोलमार्फत व्यक्तिगत गोल संख्या २ पुर्याए । त्यसपछि खेल सकिन ५ मिनेट बाकी छँदा रिकार्डो कालाफियोरीले गोल गरे।
यो हारमा पिएसभीको फितलो डिफेन्स प्रमुख कारण बन्यो। यो वर्षको सुरुदेखि नै डच टोलीले १४ खेलमध्ये केवल एक खेलमा मात्र क्लिनसिट राखेको छ।
अन्तिम १६ को पहिलो लेगमा अन्य खेलमा
रियल म्याड्रिड ले एट्लेटिको म्याड्रिडलाई २-१ ले हराएको छ ।
रियलका लागि पहिलो गोल रोड्रिगो र निर्णायक गोल ब्राहिम डियाजले गरे। एट्लेटिकोका लागि जुलियन अल्भारेज गोल गरे।
एस्टन भिल्लाले क्लब ब्रुगलाई ३-१ ले हरायो। बोरुसिया डर्टमन्ड र लस्क लिलले १-१ को बराबरी खेलका छन्।
March 5, 2025
विराटनगर (हाम्रो खेलकुद)- त्रिभुवन आर्मी क्लब विराटनगरमा जारी नवौं रमपम विराट गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइनलमा पुगेको छ । विराटनगरको सहिद रंगशालामा बुधवार भएको पहिलो क्वाटरफाइनल खेलमा आर्मीले घरेलु टोल मोरङ ११ लाई १-० ले हराउँदै आर्मी अन्तिम चारमा पुगेको हो । आर्मीको जितमा निरज चौधरी नायक बने । उनले ३७ औं मिनेटमा गरेको गोलनै टोलीको […]
March 5, 2025
हिमाल खरेल,बिर्तामोड शनिश्चरे फुटबल क्लब बुट्टाबारी च्यालेन्ज कप फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ बिर्तामोड–६ स्थित हरियाली खेलमैदानमा आज भएको दोस्रो क्वाटरफाइनल खेलमा शनिश्चरे एफसी मोरङको लेटाङ एफसीमाथि १–० गोल अन्तरको जित निकाल्दै अन्तिम चारमा पुगेको हो । शनिश्चरेका गणेश गजमेरले खेलको ६४ औँ मिनेटमा गरेको गोल नै निर्णय बन्यो । गणेश नै प्लेयर अफ […]
March 5, 2025
सुमन अधिकारी ,बुटवल एपिएफ फुटबल क्लब पनि रूपन्देहीको सैनामैना मुर्गियामा जारी प्रथम सुनगाभा सैनामैना गोल्डकप फुटबल प्रतियोगितामा आफ्नो पहिलो खेलबाटै बाहिरिएको छ। अभिषेक चर्च क्लब नवलपुरसँग बुधवार २-१ ले पराजित हुँदै एपिएफ प्रतियोगिताबाट बाहिरिएको हो । अघिल्लो दिन नेपाल पुलिस क्लब पहिलो खेलमा पराजित भएको थियो । अभिषेक चर्च सेमिफाइनल पुगेको छ। खेलको दोस्रो मिनेटमा […]