3 hours ago
March 4, 2025
दिपक बोहोरा,इलाम
एपिएफ फुटबल क्लब इलाममा जारी दोस्रो अन्तर्राष्ट्रिय आमन्त्रण महिला गोल्ड कप फुटबल प्रतियोगिता सेमिफाइनलमा पुगेको छ ।
ठूलो टुँडिखेलमा आज भएको अन्तिम क्वाटरफाइनल खेलमा एपिएफले गोलको वर्षा गर्दै अन्तिम चारको यात्रा तय गर्यो। एपिएफले नेपाल पुलिस क्लबसँग सेमिफाइनल खेल्नेछ।
एपिएफले भारत उत्तर प्रदेशको मदर टेरेसा एफसीमाथि १४-१ गोलको फराकिलो नतिजा निकाल्यो ।
एपिएफको जितमा रश्मिकुमारी घिसिङले ६ गोल, कप्तान अनिता बस्नेतले ह्याट्रिकसँगै ५ गोल गरिन् । अनिता केसी, मनमाया दमाइ र कुसुम खतिवडाले समान १ गोल गरे ।
छैंटौं मिनेटमा अनिता केसीको गोलमा एपिएफले अग्रता लियो। १२औं मिनेटमा मदर टेरेसाकी प्रतिज्ञा क्षेत्रीले बराबरी गोल गरिन् । त्यसपछि अनिता बस्नेत र रश्मिले पहिलो हाफमा ह्याट्रिक पूरा गरिन्।
अनिताले खेलको २१, २६ र ४०औं मिनेटमा गोल गर्दै ह्याट्रिक पूरा गरिन् । उनले ४२औं र ६१औं मिनेटमा गोल थपिन् ।
रश्मिले २३, ३१ र ४३औं मिनेटमा गोल गर्दै ह्याट्रिक पूरा गरिन् । उनले ४९, ५१ र ५८औं गोल थपिन् । मनमायाले ६८औं र कुसुमले ७५औं गोल गरिन् । रश्मि प्लेयर अफ दि म्याच घोषित भइन् र उनके ५ हजार रुपैयाँ पाइन् ।
आयोजक ओएसिस क्लब इलाम र विभागीय टोली त्रिभुवन आर्मी फुटबल क्लबबिच बुधवार पहिलो सेमीफाइनल हुनेछ।
फागुन २४ गते हुने फाइनलको विजेताले ४ लाख र दोस्रो टोलीले २ लाख रुपैयाँ प्राप्त गर्नेछ ।
March 4, 2025
हिमाल खरेल,बिर्तामोड पाँचौं मेचीनगर गोल्डकप अन्तर्राष्ट्रिय आमन्त्रण नकआउट फुटबल प्रतियोगिताको उद्घाटन खेल शनिवार आयोजक काँकरभिट्टा फुटबल ट्रेनिङ सेन्टर र भारतको जर्जियन एफसीबिच हुने भएको छ । आयोजकका सल्लाहकार शेरबहादुर बस्नेतका अनुसार दोस्रो दिन फागुन २५ गते ए डिभिजन लिग विजेता चर्च ब्वाइज युनाइटेडले एनएसएल टिम झापा एफसीको सामना गर्नेछ । त्यस्तै, तेस्रो क्वार्टर फाइनल खेल […]
March 4, 2025
हिमाल खरेल, बिर्तामोड आकाश राई चम्किँदा आयोजक बुट्टाबारी युनाइटेड क्लबलेे बुट्टाबारी च्यालेन्ज कपको उद्घाटन खेलमा सानदार जित निकालेको छ। आज बिर्तामोड–६ हरियाली खेलमैदानमा भएको उद्घाटन खेलमा बुट्टाबारी युनाइटेड क्लबले गाईघाट युनाइटेड उदयपुरलाई ४-० ले हराउँदै सेमिफाइनल प्रवेश गरेको हो । खेलमा आकाश राईले ह्याट्रिक पूरा गरे । एक गोल प्रदिप श्रेष्ठले गरे । आकाशले खेलको […]
March 4, 2025
सुमन अधिकारी,बुटवल नेपाल पुलिस क्लब सुनगाभा सैनामैना गोल्डकप फुटबल प्रतियोगितामा आफ्नो पहिलो खेलमा नै पराजित भएको छ । पुलिसलाई आज रुपन्देहिको फर्साटिकर क्लबले २-० पराजित गरेको हो । मुर्गिया फुटबल क्लबको आयोजनामा सैनामैनामा जारी प्रतियोगिताको दोस्रो दिन फर्साटिकार विजयी हुँदै क्वाटरफाइनलमा पुगेको छ। सैनामैना नगरपालिका-४ मुर्गियामा अवस्थित सैनामैना फुटबल रंगशालमा भएको खेलमा फर्साटिकरका लागि दुवै […]