default_image

2 hours ago

March 4, 2025

सुनगाभा सैनामैना गोल्डकपमा पुलिस पराजित

331 views

0 Bookmark

सुमन अधिकारी,बुटवल

नेपाल पुलिस क्लब सुनगाभा सैनामैना गोल्डकप फुटबल प्रतियोगितामा आफ्नो पहिलो खेलमा नै पराजित भएको छ ।

पुलिसलाई आज रुपन्देहिको फर्साटिकर क्लबले २-० पराजित गरेको हो । मुर्गिया फुटबल क्लबको आयोजनामा सैनामैनामा जारी प्रतियोगिताको दोस्रो दिन फर्साटिकार विजयी हुँदै क्वाटरफाइनलमा पुगेको छ।

सैनामैना नगरपालिका-४ मुर्गियामा अवस्थित सैनामैना फुटबल रंगशालमा भएको खेलमा फर्साटिकरका लागि दुवै गोल गणेश हमालले गरे।

गणेशले २९ औं मिनेटमा पहिलो र ६४ औं मिनेटमा दोस्रो गोल गरे। । प्लेयर अफ दि अफ म्याच घोषित गणेशले ५ हजार रुपैयाँ प्राप्त गरे ।

प्रतियोगीतामा बुधवार एपिएफ र अभिषेक चर्च रजहर नवलपुरबिचको खेल दिउँसो ३ बजे सुरु हुनेछ ।प्रतियोगिताको विजेता टोलीले ७ लाख र दोस्रो टोलीले ४ लाख रुपैयाँ प्राप्त गर्नेछ।

March 4, 2025

एपिएफको गोल वर्षा – रश्मि एक्लैको ६ गोल

दिपक बोहोरा,इलाम एपिएफ फुटबल क्लब इलाममा जारी दोस्रो अन्तर्राष्ट्रिय आमन्त्रण महिला गोल्ड कप फुटबल प्रतियोगिता सेमिफाइनलमा पुगेको छ । ठूलो टुँडिखेलमा आज भएको अन्तिम क्वाटरफाइनल खेलमा एपिएफले गोलको वर्षा गर्दै अन्तिम चारको यात्रा तय गर्यो। एपिएफले नेपाल पुलिस क्लबसँग सेमिफाइनल खेल्नेछ। एपिएफले भारत उत्तर प्रदेशको मदर टेरेसा एफसीमाथि १४-१ गोलको फराकिलो नतिजा निकाल्यो । एपिएफको […]

March 4, 2025

खड्गी राष्ट्रिय फुटबल टोलीको सहायक प्रशिक्षक नियुक्त

काठमाडौं (हाम्रो खेलकुद)- सल्यान खड्गी राष्ट्रिय पुरुष फुटबल टोलीको सहायक प्रशिक्षक नियुक्त भएका छन्। ए डिभिजन टोली संकटा क्लबका पूर्व प्रशिक्षक रहेका खड्गीलाई अखिल नेपाल फुटबल संघ (एन्फा) का महासचिव किरण राईले मंगलवार नियुक्ती पत्र हस्तान्तरण गरेको‌ एन्फाले सामजिक सन्जाल मार्फत जानकारी दिएको छ। एन्फाले चैत ८ गते सिंगापुरसँग हुने मैत्रीपूर्ण खेल र चैत १२ […]

March 4, 2025

पाँचथर गोल्डकप – उद्घाटन खेल पाँचथर र पथरीबीच हुने

दिपक बोहोरा, पाँचथर यसै साता सुरु हुने पाँचौ पाँचथर गोल्डकप फुटबल प्रतियोगिताको खेलतालिका सर्वजनिक भएको छ । पाँचथर क्लबको आयोजनामा फागुन २४ गते सुरु हुने प्रतियोगिताको सामाजिक सञ्जालमार्फत खेलतालिका सार्वजनिक गरेको हो । फिदिम माविको निर्माणाधिन खेल मैदानमा हुने प्रतियोगिताको उद्घाटन खेलमा आयोजक पाँचथर क्लब र पथरी ११ फुटबल क्लब मोरङ प्रतिस्पर्धा हुनेछ । ए […]

Success

Thank you for your time.