default_image

5 hours ago

March 3, 2025

एनएसएलमा धनगढीबाट ओलावालेको निरन्तरता

387 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद )-नेपाल सुपर लिग (एनएसल) को फ्रेन्चाइज टिम धनगढी एफसीले विदेशी खेलाडीको कोटामा अफ्रिकन फरर्वाड ओलावाले आफिजलाई निरन्तरता दिएको छ

धनगढीले सोमवार विज्ञप्ति जारी गर्दै ओलावालेलाई निरन्तरता दिएको जनाएको हो।‌ यसअघि दुई संस्करणमा धनगढी फाइनलमा पुग्दा उनको भूमिका महत्वपूर्ण रहेको थियो। य उनी लागातर तेस्रो सिजन पनि धनगढीको रोजाईमा परे।

नाइजेरियन फरर्वाड ओलावाले नेपाली घरेलु फुटबलमा परिचित नाम हो‌। उनले नेपालको धैरे क्लबबाट खेलिसकेका छन्। उनीसँग भारत र बंगलादेशको शीर्ष डिभिजन खेलेको अनुभव पनि छ।

यसअघि धनगढीले लेबनानका अहमद हिजाजीलाई पनि निरन्तरता दिसकेको छ। क्रितिश छुन्जु धनगढीका‌मार्की खेलाडी हुन्। एनएसएलको‌ तेस्रो संस्करण‌ चैत १६ गते सुरु हुँदैछ।

March 3, 2025

सनिश सर्वोत्कृष्ट खेलाडी

काठमाडौं (हाम्रो खेलकुद )- केपी ओली कपमा च्याम्पियन मच्छिन्द्र क्लबका सनिश श्रेष्ठ सर्वोत्कृष्ट खेलाडी चुनिएका छन्। उनलाई १ लाख रुपैयाँ र यामाहा बाइक प्रदान गरियो। व्यक्तिगत पुरस्कारमा मच्छिन्द्रको वर्चस्व रहयो। स्टेफेन जनाहा जाली सर्वाधिक गोलकर्ता, विशाल श्रेष्ठ उत्कृष्ट गोल किपर र आर्मीका निराजन धामी उदयीमान खेलाडी चुनिए। तीनै जनाले जनही ५० हजार रुपैयाँ र यसमाहा […]

March 3, 2025

केपी ओली कपमा मच्छिन्द्रको ह्याट्रिक

काठमाडौं (हाम्रो खेलकुद )- केपी ओली कपको फाइनलमा त्रिभुवन आर्मी फुटबल क्लबलाई २-० ले माथ दिंदै मच्छिन्द्र एफसी उपाधिमा ह्याट्रिक गर्न सफल भएको छ। विमल पाण्डेको आत्मघाती गोल र स्टेफनको गोलमा मच्छिन्द्रले सिजनको दोस्रो उपाधि जितेको छ। दशरथ रंगशालामा आज भएको फाइनल खेलको २९ औं मिनेटमा मच्छिन्द्रले अग्रता बनायो। एन्ड्रेस नियाको पासमा सनिश श्रेष्ठले गरेको […]

March 3, 2025

पहिलो हाफमा मच्छिन्द्रको अग्रता

काठमाडौं (हाम्रो खेलकुद)- केपी ओली कपको फाइनल खेलमा लगातार दुई पटकको च्याम्पियन मच्छिन्द्र एफसी र विभागीय टोली त्रिभुवन आर्मी फुटबल क्लबबीचको खेल जारी छ। पहिलो हाफको समाप्तिमा आर्मीले दिएको आत्मघाती गोलमा मछिन्द्रले १-० को अग्रता बनाएको छ। दशरथ रंगशालामा जारी फाइनलमा दुवै टोलीले उत्कृष्ट मुभ बनाउन सकिरहेको थिएनन्। तर खेलको २९ औं मिनेटमा मच्छिन्द्र ले […]

Success

Thank you for your time.