7 hours ago
March 3, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाली राष्ट्रिय पुरुष फुटबल टोलीका अस्ट्रेलिया प्रशिक्षक म्याट रोसले आफ्नो मुख्य लक्ष्य नेपाललाई साफ च्याम्पियनसिपको च्याम्पियन बनाउनु रहेको बताएका छन् ।
अखिल नेपाल फुटबल संघ (एन्फा) ले आइतवार रोसलाई एक वर्षका लागि मुख्य प्रशिक्षक नियुक्त गरेको थियो।
दक्षिण एसियाली फुटबल महासंघ (साफ) को आयोजनामा हुने साफ च्याम्पियनसिप जुन १५ सुरु हुनेछ । नेपालले अहिले सम्म साफ च्याम्पियनसिपको उपाधि जितेको छैन।
‘अहिले सिंगापुरको मैत्रीपूर्ण खेलसँगै मलेसियासँगको एसियन कप छनोटको खेलमा केन्द्रीत छु,’ एन्फाले सोमवार आयोजना गरेको पत्रकार सम्मेलनमा उनले भने, ‘एसिया कपमा छनोट गराउने कोशिस गर्नेछु। त्यसमा सफल भएन भनेपनि नेपाललाई साफको विजेता बनाउन सक्छु भन्ने लागेको छ।’
आफू २० वर्षदेखि प्रशिक्षण रहेको उल्लेख गर्दै रिसले नेपालमा प्रतिभावान खेलाडी रहेको बताए । गत महिनादेखि नेपालमा रहेका उनले आफू उत्साहित रहेको खेलाडीहरुसँग भेटघाट सुरु गरिसकेको बताए ।
उनले विदेशमा रहेका नेपालीलाई पनि राष्ट्रिय टोलीको ढोका खुला रहेको प्रस्ट पारे ।
नेपाली टोलीले मार्च २५ मा एएफसी एसियन कप २०२७ को छनोटअन्तर्गत मलेसियासँग प्रतिस्पर्धा गर्नेछ। त्यसअघि मार्च २१ मा सिंगापुरसँग मैत्रीपूर्ण खेल खेल्नेछ।
एन्फाका प्रवक्ता सुरेश शाहले नेपालमा हुनुपर्ने एसियन कप छनोटको पहिलो लेग दशरथ रंगशालामा हुनुपर्ने भएपनि त्यो सम्भव नभएपछि नोभेम्बरमा हुने खेल नेपालमा गराउने मलेसियासँग सहमति भएको र त्यसमा एएफसीले स्वीकृति दिएको बताए ।
४७ वर्षीय रोस युइएफए प्रो लाइसेन्स प्राप्त प्रशिक्षक हुन्।यसअघि उनी सन् २०२० मा दक्षिण कोरियाको महिला राष्ट्रिय टोलीको सहायक प्रशिक्षक थिए।
उनी सहायक प्रशिक्षक रहँदा कोरियाको महिला टोलीले सन् २०२२ को एएफसी एसियन कपको फाइनल पुगेको थियो।
नेपाली टोलीको प्रशिक्षकका लागि ४ सय १६ जनाको आवेदन परेको र विभिन्न चरणको छनोट पछि रोसलाई नियुक्त गरेको प्रवक्ता शाहले बताए । यद्दपी उनको पारिश्रमिकको बारेमा भने उनले प्रस्ट पारेनन् ।
एएफसी एसियन कप २०२७ को छनोट चरणमा नेपाल समूह ‘एफ’ मा छ। नेपालसहित समूहमा भियतनाम, लाओस र मलेसिया छन्।
एसियन कप छनोटमा मार्चमा मलेसियासँग होम म्याच खेलेपछि नेपालले जुन १० मा लाओससँग , अक्टोबर ९ मा भियतनामसँग अवे म्याच खेल्नेछ । होम एन्ड अवेपछि समूह विजेताले सन् २०२७ मा साउदी अरेबियामा हुने एसियन कप खेल्नेछ।
March 3, 2025
काठमाडौं (हाम्रो खेलकुद )- केपी ओली कपमा च्याम्पियन मच्छिन्द्र क्लबका सनिश श्रेष्ठ सर्वोत्कृष्ट खेलाडी चुनिएका छन्। उनलाई १ लाख रुपैयाँ र यामाहा बाइक प्रदान गरियो। व्यक्तिगत पुरस्कारमा मच्छिन्द्रको वर्चस्व रहयो। स्टेफेन जनाहा जाली सर्वाधिक गोलकर्ता, विशाल श्रेष्ठ उत्कृष्ट गोल किपर र आर्मीका निराजन धामी उदयीमान खेलाडी चुनिए। तीनै जनाले जनही ५० हजार रुपैयाँ र यसमाहा […]
March 3, 2025
काठमाडौं (हाम्रो खेलकुद )- केपी ओली कपको फाइनलमा त्रिभुवन आर्मी फुटबल क्लबलाई २-० ले माथ दिंदै मच्छिन्द्र एफसी उपाधिमा ह्याट्रिक गर्न सफल भएको छ। विमल पाण्डेको आत्मघाती गोल र स्टेफनको गोलमा मच्छिन्द्रले सिजनको दोस्रो उपाधि जितेको छ। दशरथ रंगशालामा आज भएको फाइनल खेलको २९ औं मिनेटमा मच्छिन्द्रले अग्रता बनायो। एन्ड्रेस नियाको पासमा सनिश श्रेष्ठले गरेको […]
March 3, 2025
काठमाडौं (हाम्रो खेलकुद )-नेपाल सुपर लिग (एनएसल) को फ्रेन्चाइज टिम धनगढी एफसीले विदेशी खेलाडीको कोटामा अफ्रिकन फरर्वाड ओलावाले आफिजलाई निरन्तरता दिएको छ। धनगढीले सोमवार विज्ञप्ति जारी गर्दै ओलावालेलाई निरन्तरता दिएको जनाएको हो। यसअघि दुई संस्करणमा धनगढी फाइनलमा पुग्दा उनको भूमिका महत्वपूर्ण रहेको थियो। य उनी लागातर तेस्रो सिजन पनि धनगढीको रोजाईमा परे। नाइजेरियन फरर्वाड ओलावाले […]