10 hours ago
March 3, 2025
एजेन्सी – बार्सिलोनाले पुनः स्पेनिस ला लिगाको शीर्ष स्थानमा उक्लिएको छ।
१० खेलाडीमा सीमित रियल सोसिडाडलाई आइतवार ४- ० ले हराएसँगै एट्लेटिको म्याड्रिडलाई पछि पार्दै बार्सिलोना शीर्षस्थानमा पुगेको हो ।
२६ खेलमा बार्सिलोनाको ५७ अंक, एट्लेटिको ५६ र तेस्रो स्थानको रियल म्याड्रिड ५४ अंक छ । सोसिडाड ३४ अंकका साथ नवौं स्थानमा छ ।
बार्सिलोनाका लागि जेरार्ड मार्टिन, मार्क कसाडो, रोनाल्ड एराजो र रोबर्ट लेवनडोस्कीले गोल गरे ।
मार्टिनले २५ औं र कसाडोले २९ औं मिनेटमा गोल गरेपछि बार्सिलोनाले पहिलो हाफमा २-० को अग्रता बनायो।
दोस्रो हाफमा ४ मिनेट भित्र २ गोल थप्दै खेलमा बार्सिलोनाले बलियो पकड बनायो। एराजोले ५६ औं र लेवनडोस्कीले ६०औं मिनेटमा गोल गरे।
अन्य खेलमा ओसासुना र भ्यालेनिसयाले ३-३ तथा रियल मार्लोका र एलाभेसले १-१ को बराबरी खेले।
March 3, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाली राष्ट्रिय पुरुष फुटबल टोलीका अस्ट्रेलिया प्रशिक्षक म्याट रोसले आफ्नो मुख्य लक्ष्य नेपाललाई साफ च्याम्पियनसिपको च्याम्पियन बनाउनु रहेको बताएका छन् । अखिल नेपाल फुटबल संघ (एन्फा) ले आइतवार रोसलाई एक वर्षका लागि मुख्य प्रशिक्षक नियुक्त गरेको थियो। दक्षिण एसियाली फुटबल महासंघ (साफ) को आयोजनामा हुने साफ च्याम्पियनसिप जुन १५ सुरु हुनेछ । […]
March 3, 2025
सुमन अधिकारी, बुटवल रुपन्देहीको सैनामैना–४ मुर्गियामा प्रथम सुनगाभा सैनामैना गोल्ड कप आज सुरु हुँदैछ । सैनामैना फुटबल क्लबको आयोजनामा हुने प्रतियोगिताको उद्घाटन खेल आयोजक र गोर्खा ब्वाईज क्लबबिच प्रतिस्पर्धा हुनेछ। सैनामैना मैना रंगशालामा हुने प्रतियोगितामा दुई विभागीय टोली, आयोजक क्लब र एक भारतीय क्लबसहित १० टोलीको सहभागिता रहेको छ । सुनगाभा पब्लिक स्कुल मुर्गियाको टाइटल […]
March 3, 2025
काठमाडौं (हाम्रो खेलकुद)- सहिद स्मारक ए डिभिजन लिगका दुई टोली मच्छिन्द्र एफसी र त्रिभुवन आर्मी फुटबल क्लबबिच आज केपी ओली कप फुटबल प्रतियोगिताको फाइनलमा प्रतिस्पर्धा हुनेछ। दशरथ रंगशालामा साँझ ६ बजे खेल सुरु हुने आयोजक नेपाल युवा संघले जानकारी दिएको छ। आर्मीले यो वर्ष पहिलो पटक नकआउट प्रतियोगिताको उपाधिका लागि खेल्दैछ। आर्मीलाई माथ दिँदै केपी […]